


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं २५ भदौ। काठमाडौंस्थित महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ। नेपाली सेना लगायत सुरक्षानिकायहरु परिचालन भएपछि बुधवार विभिन्न स्थानमा तोडफोड, अगाजनी, चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालिएको छ। डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २५ सय बरामद भएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।
काठमाडौं, २५ भदौ। सर्वोच्च अदालतले तोकिएका मुद्दाहरुको पेशी स्थगित गरेको छ। बुधवार अदालतले एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि मुद्दाहरुको पेशी स्थगित गरेको हो । जेनजी आन्दोलनकारीहरुले अदालतमा तोडफोड र आगजनी गर्दा मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका भएका छन् ।
कपिलवस्तु, २५ भदौ। कपिलवस्तु कारागारमा रहेका ४ सय ३१ कैदीबन्दीहरु कारागारको गेट तोडेर भागेका छन्। बुधवार बिहान कारागारका २ ब्लकमा रहेका ४ सय ५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेको कारागारका कैदीबन्दी नाईके राजु तिवारीले बताए। साथै, उक्त कारागारमा रहेका २८ जना कैदी वन्दीहरु भने कारागारबाट नभागेको उनले बताए । कारागारबाट भागेका कैन्दीबन्दीले जिल्ला अदालत कार्यालय पुगेर जिल्ला अदालत कपिलवस्तुमा तोडफोड र आगजनी गरेका छन्। आगजनीले मुद्दाका मिसिल तथा कागजपत्रहरु जलेका छन्। साथै अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड तथा आगजनी गरिएको छ। कारागारबाट भागेर गन्तव्य तर्फ जादै गरेका ६५ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले तौलिहवा आसपासका विभिन्न क्षेत्रबाट…
काठमाडौं,२४ भदौ। मंगलबार प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गर्न थालेपछि सेवा नै अवरुद्व हुने भएकोले यस्ता गतिविधि नगर्न एनसेलले आग्रह गरेको छ । ‘मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड भएको छ। दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने सुनिश्चित छ। त्यसैले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपुर्याइदिन हुन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नुहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौं’, एनसेलले भनेको छ । यस्तै एनसेलले उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताको गर्न भन्दै आजदेखि लागू हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल,…
भैरहवा, २४ भदौ । रुपन्देही जिल्लामा अनिश्चनकालीन कर्फ्यू आदेश जारी गरिएको छ। मंगलबार जिल्लामा दिनभर तोडफोड र आगाजनी भएपछि प्रशासनले अनिश्चनकालीन कर्फ्यू आदेश जारी गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार अर्को आदेश नभएसम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो । उनले रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आदेश जारी गरिएको बताए । स्थानीय प्रशासन…
काठमाडौं,२४ भदौ । नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । यस किमिसका गतिविधी नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत नेपाली सेनाद्वारा जारी सूचनामा उल्लेख छ। यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण आजै रात १० बजेबाट दृढ रहने भन्दै देशबासीलाई सघाउन अपील गरिएको छ । सोहीअनुसार नेपाली सेना लगायत अन्य सुरक्षा निकाय तैनाथ हुने सेनाको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा कुटिएका छन् । मंगलबार बिहानै देखी उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरुले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई घरमै कुटपिट गरेका हुन् । जेनजी पुस्ताले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका शीर्ष नेताहरुको घरमा आगजनी गरिसकेका छन् ।
काठमाडौं,२४ भदौ। सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। मंगलबार बिहानै देखि नेताका घर, कार्यालय, प्रहरी कार्यालय लगायतमा तोडफोड गर्दै आगजनी गरिरहेका प्रदर्शनकारीहरुले अपरान्ह सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । यस्तै जिल्ला अदालत काठमाडौंमा पनि आगजनी गरिएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालेर आगजनी गरिएको छ। त्यस्तै विशेष अदालतका अदालतका दस्तावेज, कागजहरु पनि सडकमा फालेर अगाजनी गरिएको छ। अदालत परिसरमा रहेका सवारी साधनहरुमा पनि आगो लगाइएको छ।
काठमाडौं,२४ भदौ। काठमाडौं बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी गरिएको छ। प्रदर्शनकारीहरुले संसद् भवनमा आगजनी गरेका हुन् । जेनजीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन् ।
काठमाडौं,२४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय मुलुकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै उनले राजीनामा दिएका हुन् । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’ प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको बताइएको छ ।