Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ७ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान काँग्रेस–एमाले संयुक्त सरकारले भ्रष्टाचार गर्नका लागि टेन्डर पाएको जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको टिप्पणी गरे। उनले वर्तमान सरकारका एक-दुई जना मात्र नभई दर्जनभन्दा बढी मन्त्रीहरुमाथि छानबिन गरिनुपर्ने माग गरे। पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न पनि गाह्रो भइसकेको उनको भनाइ थियो। उनले केही कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार नियन्त्रण गर्न नसकिने भन्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले भिजिट भिसा प्रकरणमा दुई प्रमुख विपक्षी दलहरु आन्दोलनमा…

Read More

सर्लाही,७ साउन।सर्लाहीको गोडैता नगरपालिका–८ मा एकै रातमा चारवटा घरमा सुरुङ खनेर चोरी गरिएको छ । स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुरको घरमा अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।घरको माटो खनी सुरुङ बनाएर घरमा नगद, गरगहना र अन्य सामग्री चोरी गरिएको छ। जोगी मण्डलको घरबाट दुई थान मोबाइल र नगद ३५ हजार रुपैयाँ, सफी महम्मद दर्जीको घरबाट भारु १० हजार नगद चोरी भएको छ । त्यस्तै रहमत दर्जीको घरबाट एक थान मोबाइल, नगद २ हजार रुपैयाँ चोरी र पीर मिहम्मद मन्सुरको घरबाट लत्ता–कपडा, नगद ५ लाख ६ हजार रुपैयाँ, गरगहना समेत चोरले…

Read More

बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेलाई विभाजन गर्न खोज्नेहरुको प्रयास असफल भएको बताएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा बुटवलमा एमालेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले राष्ट्रपति जस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने एमाले भनेर केन्द्रीय कमिटीको एकमतको निर्णयले विभाजन चाहनेहरुको सपनामा तुहिएको बताए। ‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए। तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ’, उनले भने,‘पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्वहरु सपना विफल भएको छ।’ पूर्वराष्ट्रपति विद्यादेवी…

Read More

जनकपुर,७ साउन । भारतको सशस्त्र सीमा बल (एसएसबी) ले मैनाथपुर सीमामा गोली चलाएको छ । भारतबाट खेतमा हाल्नका लागि मल ल्याउने क्रममा विवाद भएपछि धनुषा जिल्लाको सीमासँग जोडिएको भारत विहारको मधुवनी जिल्ला ग्रामपञ्चायत ६ मैनाथपुर सीमामा एसएसबीले चार राउण्ड गोली चलाएको हो। भारतीय व्यापारी लालमोहन पासवानसँग भएको विवादमा अवस्थालाई नियन्त्रणमा लिन एसएसबीको गोली चलाउँदा दुई राउण्ड गोली भर्ता पासवानको कम्मरमा लागेको भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै नेपाली सुरक्षाकर्मी अधिकारीले जानकारी दिए। घटनापश्चात नेपालस्थित विदेह नगरपालिका-१ स्थित महिनाथपुर सीमाबाट आवतजावत रोकिएको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति डीआईजी कृष्ण ढकालले जानकारी दिए ।

Read More

काठमाडौं,५साउन। नेकपा एमालेको सदस्य संख्या ६ लाख ५० हजार बढी पुगेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक २८ प्रतिशतले सदस्य संख्या बढेको जानकारी दिए। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार, सबै विवरण नआए पनि हालसम्म ६ लाख ५० हजार सदस्य संख्या नाघेको छ। अघिल्लो वर्ष एमालेको सदस्य संख्या साढे ५ लाख थियो ।

Read More

काठमाडौं,५साउन। नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरु सिफारिस भएका छन् । प्रहरी मुख्यालयस्थित बढुवा समितिले योग्य ठहरिएका १३ जना इन्सपेक्टरहरु बढुवा सिफारिस भएका हुन् । हेर्नुहोस् सूची :

Read More

काठमाडौं,५साउन। साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ। लिग चरणको अन्तिम खेलमा नेपाललाई ४-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली बंगलादेशले उपाधि उचालेको हो। ढाकास्थित किङ्स एरेनामा भएको खेलमा बंगलादेशको जितमा सागोरिकाले एक्लै ४ गोल गरिन्। उनले खेलको ८औं मिनेटमा पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। दोस्रो हाफमा थप आक्रामक देखिएको बंगलादेशका लागि सागोरिकाले ५१औं, ५८औं र ७७औं मिनेटमा गोल थप्दै टोलीलाई च्याम्पियन बनाइन्। पहिलो हाफमा १-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गरेको थियो।

Read More

धनगढी,५ साउन। अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुससहित पक्राउ गरेको छ। आयोगका अनुसार कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगद्दी गरिएको काठसम्बन्धी बिमर्का (बिवरणपत्र) र छोडपूर्जीका लागि सेवाग्राहीसँग माग गरेको घुससहित यादव पक्राउ परेका हुन्। उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले ७ लाख ३१ हजार घुससहित यादवलाई कार्यालयबाटै नियन्त्रणमा लिएको आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

Read More

काठमाडौैं,५साउन। नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो। हेर्नुहोस् सूची :

Read More

काठमाडौं,५साउन। नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। हेर्नुहोस् सूची :

Read More