


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ४ साउन। रुपन्देही प्रहरीले मोटरसाइकलको चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका-२ का २५ वर्षीय अमरनाथ गुप्ता, सोही पालिका-३ का १८ वर्षीय राम सतिश गुप्ता र ओमसतिया गाउँपालिका-५ का २० वर्षीय कलिम अन्सारी रहेको प्रहरीले जनाएको छ । गत शुक्रवार (साउन २ गते) भैरहवाको पवन मिष्ठान्न भण्डार अगाडि पार्किङमा राखिएको लु ५६ प ८०३२ नम्बरको मोटरसाइकल चोरी भएपछि वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक नेत्र बुढाको कमाण्डमा खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो। तीन जना युवाहरुलाई चोरिएको मोटरसाइकलसहित रोहिणी गाउँपालिका-२ बाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । घटनाका सम्बन्धमा आवश्यक…
काठमाडौं,४साउन। मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा(अहिराज) जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। विभिन्न आश्वासनमा किशोरीलाई यौन शोषण गरेको भन्दै केही महिनाअघि उनीविरुद्ध जाहेरी परेपछि झा फरार थिए। काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले झालाई पक्राउ गरिएको पुष्टि गरे। उनले पक्राउ परेका आरोपीलाई अदालतमा उपस्थित गराईएको र अदालतले पाँच दिनमा थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको बताए। गत चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।
काठमाडौं,४साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश फर्कनेछन् । ०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओली यसअघि नै भारत भ्रमणमा जान चाहे पनि भारतले निमन्त्रणा गर्न ढिलाइ गर्दा भ्रमण हुन सकेको थिएन । छिमेकी मुलुकमा नयाँ सरकार बनेसँगै भारतीय प्रधानमन्त्रीले समकक्षी प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिने प्रचलन छ । तर, नेपालको चुच्चे नक्सा लगायत विषयमा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको भारतले ओलीको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि लग्त्तै निमन्त्रण पठाएको थिएन ।
काठमाडौं,४ साउन। काठमाडौंको सुन्धारास्थित धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले उक्त विषयमा आफुहरुलाई जानकारी नभएको बताए । उनले भने- ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो। उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए। गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने…
काठमाडौं,४साउन। नेपाल र भारतबीच ९ वर्षदेखि हुन नसकेको गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले यो जानकारी दिएका हुन्। बैठकमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरुका साथै भारतीय पक्षका प्रतिनिधिहरु सहभागी हुनेछन्। गृहमन्त्री लेखकका अनुसार, यस बैठकमा सीमामा हुने अपराध नियन्त्रण, सीमास्तम्भहरुको मर्मतसम्भार लगायतका विषयमा छलफल हुनेछ। साथै, सीमा क्षेत्रमा हुने आवतजावतलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल गरिनेछ। सीमा निर्धारण र विवाद समाधानका लागि छुट्टै संयन्त्रहरु भए…
काठमाडौं,४साउन । साउदी अरेबियाका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको ३६ वर्षको उमेरमा निधन भएको छ। उनी २० वर्षदेखि कोमामा थिए। सन् २००५ मा १५ वर्षको हुँदा लन्डनमा सैन्य क्याडेटको रुपमा अध्ययनका क्रममा भएको कार दुर्घटनामा गम्भीर घाइते भएपछि उनको मस्तिष्कमा गहिरो चोट लागेको थियो। त्यसपछि उनी कहिल्यै पूर्ण रुपमा होसमा आउन सकेनन्। राजकुमारलाई अमेरिकी र स्पेनी चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो। उनको शरीरमा बेलाबेला देखिने स–साना अनियन्त्रित गतिविधिले परिवारमा आशा जगाउने गर्थ्यो। शरीरका केही अंगहरु चलेकोजस्तो देखिने भिडिओहरु पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ। सामाजिक सञ्जालमा धेरैले राजकुमार वालिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। दुर्घटनापछि लामो…
नवलपरासी,४साउन । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार, भारी वर्षासँगै आएको पहिरो वा माटो खसेको कारण सडक अवरुद्ध भएको हो। सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि सडक घण्टौँसम्म अवरुद्ध भएको थियो। बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो। १४ किलोमिटरको उक्त दाउन्ने खण्डमा गत आर्थिक वर्षमा पहिलेभन्दा धेरैपटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख जनक बन्जाराले बताए। वर्षामा लगातार पहिरो र हिलो तथा घाम लाग्दा खाल्डाखुल्डी…
काठमाडौं,४साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्-‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरुमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि निर्देशन गर्दछु।’ कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको…
काठमाडौं,२साउन। नेपाल दूरसंचार प्राधिकरणले टेलिग्राम एप बन्द गराएको छ। प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो। टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै प्राधिकरणद्धारा जारी सूचनामा भनिएको छ भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’ गत ०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा पनि टेलिग्राम जोडिएको थियो। ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको…
काठमाडौं,२साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् । ‘नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको छ। आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ’, ज्ञापन पत्रमा भनिएको छ ‘अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’ सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचारका काण्डहरुमा राजीनतिक नेतृत्वको छानबिनको दायरा पर्नुले आयोगको निष्पक्षता…