


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, १९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । राप्ती गाउँपालिका–८, मिलनडाँडामा निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गरे । उनले यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने जनाए । ‘अमानवीय व्यवहारले मानिसलाई सडकमा पुर्याएको छ । यसखाले समस्या समाधानका लागि मानिसमा चेतना बढाउन जरुरी छ’, उनले भने, ‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ रु कारण खोजेर चेतना अभिवृद्धिका लागि…
काठमाडौं,१८ पुस। सशस्त्र प्रहरी बल नेपालका चार जना नायव महानिरीक्षक (डीआईजी)हरुको पदावधि थप्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पुगेपनि निर्णय हुन सकेको छैन । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार सशस्त्र प्रहरी ऐन २०७२ अनुसार नै सशस्त्र प्रहरी बलले डीआईजीको पदावधि थप्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएको हो। ४ वर्षे पदावधिका कारण डीआईजीहरू गणेश ठाडामगर, कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्बाङ पुस २३ मा अनिवार्य अवकाशमा जाँदै छन्। सशस्त्रको नियमावली–२०७२ अनुसार आईजीपी, एआईजी र डीआईजीको पदावधि ४ वर्षको हुनेछ। नियमावली अनुसार सरकारले चाहेको अवस्थामा एक वर्ष थप्न मिल्ने व्यवस्था छ। सशस्त्र प्रहरी नियमावलीको परिच्छेद १० खण्ड ६४ मा व्यवस्था भएअनुसार आईजीपीको सिफारिसमा…
भैरहवा,१८ पुस। पछिल्लो समय रुपन्देही प्रहरीले धमाधम फरार प्रतिवादीहरु पक्राउ गरिरहेको छ । अदालतमा विभिन्न मुद्दामा दोषी ठहर भई कैद र जरिवाना सजाए पाएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको हो । पुस महिनामात्रै ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले बताए । जिल्लाका विभिन्न प्रहरी युनिटबाट खटिएका प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । ‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’ रुपन्देहीका एसपी रंजितसिंह राठौरले भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ ।’…
बुटवल, १८ पुस । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिष्पर्धाबाट छनोट गरिएको नगर गान छकार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट समेत अनुमोदन गरिएको छ। प्रतिस्पर्धामा १४ जना सहभागी मध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको थियो। सोही नगर गान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् । यस्तो छ नगरगान चुरे पहाड, उर्वर तराई, तिनाउ कलकलरामापिथेकश, बुद्धवल्ली गौरव बुटवल । बहु भाषा, धर्म संस्कार, थरिथरि जातिवसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि । मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटोघिउ…
भैरहवा, १८ पुस । नेपालको बौद्ध सर्किट रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुले ‘शान्ति र समृद्धिका लागि सञ्चार अभियान नेपाल’ नामक संस्था गठन गरेका छन् । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा सम्पन्न प्रथम भेलाले नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईको संयोजकत्वमा संस्था गठन गरेको हो । अभियानको सह–संयोजकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष मनोज पौडेल चयन भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका पौडेल लुम्बिनी क्षेत्रबाट बौद्ध धर्मदर्शन र बुद्धभूमिको प्रचारप्रसारमा दशकौदेखि कलम चलाउँदै आएका छन् । अभियानको सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, पूर्वअध्यक्ष हरि शर्मा, पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी., लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल…
भैरहवा, १७ पुस । नेपाल एएसी कम्पनी प्रालिले उत्पादित अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लकमा छुट दिने भएको छ। प्रालिले ग्रेगोरियन पात्रो अनुसार आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा तीन महिनासम्म ब्लक खरिदमा पाँच प्रतिशत छुट दिने भएको हो । पर्खाल वा घरको गारो लगाउनमा उक्त ब्लकको प्रयोग हुने गरेको छ । जर्मन प्रविधिबाट निर्मित उक्त ब्लक हलुका, वातावरणमैत्री, भूकम्प प्रतिरोधी, उच्च तापधारण क्षमता, ध्वनी र अग्नी प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषता रहेको कम्पनीका निर्देशक धिरज कुमार मल्लिकले बताए । नेपाल एएसी कम्पनी प्रालिका अध्यक्ष प्रमोद कुमार यादवले उद्योगमा उत्पादित ब्लक विदेश निर्यातको तयारीमा रहेको बताए ।…
आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक नचल्ने बताइएको छ । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो । यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओएस) मा ह्वाट्सएप र फेसबुक चल्ने छैन । सामसङः ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी । मोटोरोलाः माटो जी (फस्ट जेन),…
भैरहवा, १७ पुस। ग्रेगोरियन पात्रोअनुसार आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्षको दिनको सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा सुनको मूल्य बढेको हो। मंगलबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य बुधवार प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार नेपालको स्थानीय बजारमा चाँदीको मूल्य स्थिर छ। बुधवार चाँदी प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा खरिदविक्री भइरहेको छ।
भैरहवा, १७ पुस। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुँदै छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले एक्स्ट्राटेक ओभल प्रालिमार्फत ६० करोड रुपैयाँ लागतमा तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । ६ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भीआईपी बक्स लगायत पूर्वाधार निर्माणका काम भइरहेका छन् । ‘क्रिकेट खेलको विकासका लागि रंगशालाको निर्माण गरिएको हो र राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि मैदान तयारी अवस्थामा छ’, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं रंगशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनले भने, ‘अहिले पनि खेल खेलाउन सकिन्छ । र, अन्य पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् ।’ शिलान्यास…
भैरहवा, १६ पुस। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समिति बैठकले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाललाई यथावत् राखिएको छ। हेर्नुहोस् विज्ञप्ति: