


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २९ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले वादीको मागदावी नपुग्ने फैसला गरेको छ। सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा वादीको मागदाबी नपुग्ने फैसला गरेको हो। संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने ०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए ।
भैरहवा, २९ फागुन। ‘भागेर जाऊँ कुन ठाउँ जाऊँ ? नसमातिने स्थल हुँदैन ।’ अपराध पश्चात मुद्दाका आरोपी/प्रतिवादी जतिसुकै लामोसमय सम्म ‘लुकिछिपी’ बसेपनि अन्ततः सजाए भोग्नु पर्ने नै हुन्छ। अपराध गर्ने वा गर्ने मनसाय बनाउने व्यक्तिका लागि माथी उल्लेखित वाक्य सोचनीय विषय हो। अदालतबाट फौजदारी/देवानी मुद्दामा कैद वा जरिवाना वा दुवै सजाए पाएका फरार प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । अदालतको फैसला कार्यान्वयन सिलसिलामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले फैसला भएको पाँच वर्षपछि एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का मानबहादुर थारु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना…
भैरहवा, २९ फागुन। नेपाल प्रहरीले दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ। बढुवाका लागि सिफारिस गर्न बधुवार बसेको बढुवा समितिको बैठकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा दरबन्दी रहेका डीएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा दरबन्दी रहेका ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवा सिफारिस गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयका बढुवा समितिको सचिवालय अनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।
बुटवल, २८ फागुन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको ब्यवस्थामाथी प्रहार भएको बताएका छन्। नेपालको अहिलेको शासन प्रणाली बिश्वकै उत्कृष्ट भएको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था कार्यान्वयनकै चरणमा रहेको बताए। ‘संघ र प्रदेशमा छिटो छिटो सरकार परिवर्तन भईरह्यो। यसले सकारात्मक सन्देश दिएको छैन’,पाल्पाली समाज नेपालले बुटवलमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार फेरबदल भई रहने र नेता तथा जनप्रतिनिधिको कार्यशैलीप्रति ईंगित गर्दै केहीतत्वले ब्यवस्था माथी नै प्रश्न उठाएको छ।’ होली पर्वको शुभकामना दिदै उनले जनताको कामबाट त्यसको जवाफ दिनुपर्ने पनि बताए। समाजका अगुवाहरुको पहलले नै समाजमा समाजिक आर्थिक, सास्कृतिक र राजनीतिक बिकास…
काठमाडौ, २८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन् । काठमाडौँमा हुलाक सेवा विभागले आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा उनले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रस्ट पारे। सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै नेपाल सरकारका प्रवक्तासमेत मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरु लोकतन्त्र विरोधी भएको उल्लेख गरे। राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रुपमा समापन भएको तर्क गर्दै उनले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु…
काठमाडौ, २८ फागुन। देशभरका ८४ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। केही क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन्। निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबी गरेको छ । त्यस्तै, अनेरास्ववियुले ३० वटा क्याम्पसमा र अखिल क्रान्तिकारीले २१ क्क्याम्पसको अध्यक्ष जितेको दाबी गरेको छ। त्यस्तै काठमाडौं उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । काठमाडौँको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको…
काठमाडौ, २८ फागुन। सरकारले ल्याएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ संसद्मा पेस गरिएको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक सुशासनको खिलाप रहेको भन्दै सांसदहरुले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विधेयक पेस गरेका हुन्। अब उक्त विधेयकमाथि संशोधन दर्ता गराउन सांसदहरुलाई ७२ घण्टाको अवधि हुनेछ। त्यसपछि उक्त विधेयक माथि संसदीय समितिमा छलफल हुनेछ। सरकारले मुलुकमा सुशासन कायम गर्न र गैरआवासीय नागरिकको अधिकार अभिवृद्धि गर्न भन्दै १२ वटा ऐनलाई संशोधन गर्न भन्दै अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो।
काठमाडौ, २८ फागुन । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ। बा.प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई सह-चालक सुमन खड्का गम्भिर घाइते भएका थिए। रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
हुम्ला, २८ फागुन। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्नका लागि नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न नागरिकता पेश गर्नुपर्ने भएको हो। त्यहाँ नागरिकताको फोटोकपी गर्दा १० रुपैयाँ लाग्छ। लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरेको बताए। वडा कार्यालयले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्नका लागि नागरिकताको प्रतिलिपि माग गरिएको उनले बताए। यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एकजनालाई १० केजी नुन बिक्री गर्ने…
भैरहवा, २८ फागुन। पश्चिम नवलपरासी जिल्लामा स्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा संचालित प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम संचालनमा छ । जसअन्र्तगत तालिमका १०६ प्रशिक्षार्थीहरुले पर्वत जिल्लाको कुस्मास्थित द क्लिफमा बन्जी जम्प गरेका छन्। नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई विभिन्न साहसिक गतिविधिमा सहभागी गराउँदै आएको छ। महाविद्यालयका प्राचार्य एसएसपी दीपशमशेर जबराले प्रहरीलाई जुनसुकै अवस्थामा तयार रहनका लागि कमाण्डो तालिम अन्र्तगत साहसिक गतिविधिमा संग्लन गराइएको बताए । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा मुलुकमा हुनसक्ने सशस्त्र बिद्रोह, आंतककारी गतिविधि, साम्प्रदायिक दंगा, प्राकृतिक प्रकोप जस्ता गम्भिर प्रकृतिको घटनाहरुको नियन्त्रण तथा व्यवस्थापन गर्नको साथै सार्वजनिक सुरक्षा, महत्वपूर्ण स्थलको सुरक्षा, विशिष्ट…