Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ५ चैत। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेशले जित आफ्नो पोल्टामा पार्न सफल भएको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो। बागमतीका ओपनर इशान पाण्डेले ८२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रन जोडे। यस्तै, विपिन आचार्यले अविजित ६३, शुभ कंसाकारले ५२, विवेक रानाले ३४ र रिजन ढकालले नटआउट २३ को योगदान गरे। गण्डकी लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास…

Read More

भैरहवा, ५ चैत। नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ६ दरबन्दी रिक्त भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दीपक थापालाई नियुक्त र पाँच जना एआईजी अनिवार्य अवकाशमा गएसँगै संगठनमा एआईजीको ६ दरबन्दी रिक्त भएको हो। नेपाल प्रहरी एआईजीको आठवटा दरबन्दी छ। जसमध्ये आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ हाल कार्यरत छन्। रिक्त ६ पदका लागि प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु बढुवाका लागि लबिङमा लागेका छन्। प्रदेशमा रहेका डीआईजीहरु विदा लिएर काठमाडौंको शक्तिकेन्द्र धाउन थालेका छन्। एआईजी बढुवाको लाईनमा रहेका डीआईजी चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र…

Read More

काठमाडौं, ५ चैत। नेपाल प्रहरीका आईजीपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुरु गर्ने बताए। ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीमा सुधार आवश्यक छ र अब त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’ , उनले भने, ‘सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’  उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए। उनले आफ्नो…

Read More

काठमाडौं, ५ चैत। प्रहरीको काठमाडौंको टोखाको झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ । ना ७ ख १६५२ नम्बरको ट्रकबाट बरामद उक्त रकम डलर र युरो मुद्रा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। साथै घटनामा संग्लन आरोपमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(१ का ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको जनाएको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो। उक्त ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका लामा…

Read More

लुम्बिनी, ४ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरेको परीक्षामा भारतीय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयमा गत वर्षदेखि चिनियाँ भाषा परीक्षण हुने गरेको हो। विश्वविद्यालय अन्तर्गत देवदह शिक्षा विकास परियोजना अन्तर्गत देवदहमा भाषा परीक्षण परीक्षा हुँदै आएको छ । एसएसके परीक्षामा सहभागीताका लागि आवेदन दिने विद्यार्थीमध्ये करिब आधा विद्यार्थी भारतबाट रहेको परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए। उनका अनुसार पछिल्लो परीक्षामा सहभागी ७२ विद्यार्थीमध्ये ३४ जना भारतीय नागरिक रहेका छन्। भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थीहरु परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन्। एसएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरेको छ। लुम्बिनीमा…

Read More

भैरहवा,४ चैत। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन्। सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट भयो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२, आरिफ शेखले ४०, सागर ढकालले २२, दीलिप नाथले १९ र अमित श्रेष्ठले १८ रनको योगदान दिए। सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त…

Read More

भैरहवा,४ चैत। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई नियुक्त गरिएको छ। ३० वर्षे सेवा अवधिका कारण आईजीपी बसन्त बहादुर कुँवर अनिवार्य अवकाशमा जान लागेपछि (आज राती १२ बजेबाट) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई ३१औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। आईजीपीका लागि थापासहित एआईजी सुदीप गिरी र टेकबहादुर तामाङबीच प्रतिस्पर्धा थियो । एकै ब्याचमा भर्ना भए पनि गिरी र तामाङ भन्दा थापा पहिल्यै बढुवा भएकाले एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए। ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६…

Read More

भैरहवा, ४ चैत। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे सात किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाईल्याण्डबाट थाई एयर एशियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा साढे सात किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले क्लिक लुम्बिनीसँग भन्यो, ‘कसका लागि कहाँ लैजानका लागि ल्याएको हो ? लगायत विषय खुलेको छैन,अनुसन्धान पछि खुल्नेछ ।’ स्रोतका अनुसार बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एशियाको विमान मार्फत ल्याइएको थियो। गाँजासहित पक्राउ परेको महिलालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी…

Read More

कालीकोट, ४ चैत। कालीकोट जिल्लामा नदी तर्ने क्रममा एक जना युवक बेगर बेपत्ता भएका छन् । बालुवा बजारदेखि पचालझरना गाउँपालिका-६ नानिकोट जानका लागि कर्णाली नदी तर्ने क्रममा युवक बगेर वेपत्ता भएको प्रहरी निरीक्षक किशोर केसीले बताए । उनका अनुसार नदी तर्नका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा मुगुको छायाँनाथ रारा नगरपालिका-१० का २३ वर्षीय देवनाथ सेजवाल नदीमा वेपत्ता भएका हुन् । उनले कर्णाली करिडोरमा काम गर्न आएका सेजुवालको खोजी कार्य जारी भइरहेको जनाए। डुंगामा चारजना सवार रहेकोमा सेजुवाल बेपत्ता भएका हुन्।

Read More

काठमाडौं, ४ चैत। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रबर्द्धन, सांस्कृतिक आदान–प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । ‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा…

Read More