Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ८पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेल समपक्ष नवनियुक्त राजदूत रुसी महासंघका जंगबहादुर चौहान, संयुक्त अधिराज्यका चन्द्रकान्त घिमिरे, स्पेनका शनिल नेपाल, गणतन्त्र कोरियाका डा.शिवमाया तुम्बाहाङफे र गणतन्त्र भारतका डा.शंकर प्रसाद शर्माले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ।

Read More

काठमाडौ, ८ पुस । भक्तपुरको बालकोटमा बुबा र छोरा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको उनीहरु आ–आफ्नै कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य रहेका छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

Read More

भैरहवा, ८ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग साझेदारी गर्न ब्रिटिश दूतावासले चासो देखाएको छ ।नगरमा रोजगारी सिर्जना गर्न, बालबिकास कार्यक्रम, प्रणाली सुधार, नव प्रर्वद्धन कार्यक्रम, स्थानीय पुर्वाधार बिकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दुतावासले चासो देखाएको हो । नेपाल सरकार मार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रिटिश सरकारले दूतावासका कर्मचारीहरुमर्फत सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधिकृत जनक थापासँग भेट गरी यहाँको बस्तुस्थिती बारे बुझेको छ। भेटको क्रममा दूतावासका सुशासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजश्व प्रणाली सुधार, स्थानीयको क्षमताबृद्धि गर्न विभिन्न तालिमहरु, नेपाल ईन बिजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताए । त्यस्ता…

Read More

भैरहवा, ८ पुस । रुपन्देही जिल्लामा निरन्तर मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीको टाउको दुखाई बढ्यो । दुःखाई नबढोस् पनि किन ? सीमित स्रोत, साधन र जनशक्तिले जिल्लाभर शान्ति-सुरक्षा कायम राख्दै कार्यसम्पादन उत्कृष्ट देखाउनुपर्ने । यसैमाथी थप यस्ता अपराधका घटना घटेपछि बढिहाल्छ नि टाउको दुःखाई ! शान्ति सुरक्षाको जिम्मेवारीले नागरिकको धनमालको पनि सुरक्षा गर्नैपर्यो । सेवाग्राहीहरुको निवेदन उपर कारवाही गरेर प्रहरीप्रतिको नागरिकको विश्वास कायम राख्नैपर्यो । घटना बढेपछि प्रहरीले चोरी भएका मोटरसाइकल खोजतलास गर्ने, चोरी नियन्त्रण गर्ने साथै संग्लनहरुलाई ‘खोरमा’ हालेर कारवाही गर्ने उद्देश्यले गत मंसिर २० गते देखि जिल्लाभर ‘क्लिन स्विप अपरेशन’ चलायो । प्रहरीको दिनरात खटाईले अपरेशन फलदायी देखियो…

Read More

भैरहवा, ७ पुस । रुपन्देहीको भैरहवा बजारलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले मुख्य चोक एवं बढी भिडभाड हुने स्थलहरुमा इन्टरनेट जडान गरी बजारलाई ‘फ्री वाईफाई जोन’ बनाएको हो । स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहीया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोक गरी पाँच स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई ‘फ्री वाईफाई जोन’ बनाएको जानकारी दिए । उनले प्रबिधिको युगमा नगरवासीहरुको सहजताका लागि नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइएको बताए । नगरवासीका…

Read More

काठमाडौँ,७ पुस । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित मुद्दा दायर भएको हो ।

Read More

वीरगंज, ७ पुस । सशस्त्र प्रहरीले किराना पसलमा ठुलो परिमाणमा भण्डारण गरी राखिएको लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–३ प्रगतिनगर स्थित सृष्टी किराना जनरल स्टोरमा खानतलासी गर्दा ठूलो परिमाणमा ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागुऔषध बरामद भएको हो । सशस्त्र प्रहरीका अनुसार उक्त पसलबाट पाँच वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० थान ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको छ । सोही स्थानका पक्राउ गरिएका पसलका संचालक राजाराम महतो कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा…

Read More

पोखरा, ७ पुस । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध तीनवटा मुद्दा दर्ता भएको छ । पक्राउ परेको ९२ दिन पछि कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्मालेजानकारी दिइन । उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । उनी सहित ४४ जनालाई विपक्षी बनाइएको छ ।

Read More

भैरहवा, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्टसले उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि उचालेको हो । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी भएको बोल्टसले सुदूरपश्चिमले दिएको १ सय ८५ रन लक्ष्यलाई पछ्याउँदै १९.२ ओभरमा पाँच विकेटले जित हात पारेको हो। जनकपुरको जितका लागि खेलाडी लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाउन सफल भए । यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्। जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन…

Read More

भैरहवा, ५ पुस । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्रीहरु बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भैरहवाको बुद्धचोकमा चेकजाँचका क्रममा अवैध रुपमा भित्राइएको मोबाइलका डिस्प्ले, कपडा लगायतका साम्रगीहरु बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार १३ लाख २६ हजार बढी मूल्य बराबरको एक हजार दुई सय थान विभिन्न ब्राण्डका मोबाइल डिस्प्ले, ४१ थान सुट, ४२ थान बेल्ट, २३ थान स्विटर, किरानाका साम्रगीहरु बरामद भएको छ । बरामद सामग्रीहरु नियन्त्रण लिएर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ…

Read More