


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
कैलाली, २९ पुस। कैलालीको बर्दगोरिया गाउँपालिकाबाट ११ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । पालिकाको वडा नं. ३ खैरेनीस्थित जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ । गएराति प्रहरीले उनीहरुलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोबाइलसहित पक्राउ गरेको हो । घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
भैरहवा,२९ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै सम्पन्न भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकले नगरपालिकाको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन २०८१) पारित गरेको छ । त्यस्तै नगरपालिकाको विभिन्न बाँकी रहेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित गरेको छ। सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राधा शाहीले प्रस्तुत गरेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित भएको हो । नगरसभामा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले प्रस्तुत गरेको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन २०८१) र न्यायिक समितिको प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ । सभाले व्यवसाय करसँग सम्बन्धित विषयका प्रस्तावहरु र सम्पत्ति कर…
बाँके,२९ पुस। प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-६ का २२ वर्षीय अर्जुन थारु र कैलाली गोदाबरी नगरपालिका-२ तेघरीका २१ वर्षीय कमल खड्का रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित थारु र लौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय १० मिलिग्राम सहित खड्का पक्राउ परेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भैरहवा, २८ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकामा गाउँ शिक्षा समिति पुर्नगठन गरिएको छ ।गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले समितिमा तीन जना सदस्य मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा धार्मिक विद्यालय (मदरसा) बाट हैदर अली, शिक्षविद्बाट कलामुद्दीन खाँ र विद्यालय व्यवस्थापन समितिबाट पोखरभिण्डी माध्यमिक विद्यालयका अध्यक्ष कान्छा कोहार रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ । समितिका सदस्यहरुको कार्यकालको अवधि सकिएकाले बैठकले नयाँ सदस्यहरु मनोनित गरेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । ‘समितिमा रहेका सदस्यहरु जसको कार्यकालको अवधि सकिएकाले छ, उहाँहरुको ठाउँमा नयाँ सदस्यहरुलाई मनोनित गरिएको हो’ घिमिरेले भने,…
पाल्पा,२८ पुस। पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-११ सामाकोटकी ४६ वर्षीया सिता गहतराज रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तानसेन-रिडी सडकखण्डमा बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु२ख ५६१८ नम्बरको गाडीले सामाकोट नजिकै हिँडिरहेको अवस्थामा गहतराजलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि मेडिकल कलेज प्रभासमा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले बताए । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पश्चिम नवलपरासी,२८ पुस। पश्चिम नवलपरासीमा शिक्षकको कुटाईबाट विद्याथीको आँखा फुटेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाको शिक्षिका सन्जु चौधरीले यूकेजी कक्षमा अध्यनरत ६ वर्षीय प्रशान्त चौधरीलाई लठ्ठीले हान्दा उनको बायाँ आँखा फुटेको हो । घटना गत मंसिर १८ गतेको हो ।तर, प्रहरीमा ढिलो गरेर उजुरी परेपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीले गत पुस १९ गते शिक्षिका चौधरीविरुद्ध अदालतबाट पक्राउ पूर्जी लिएपछि उनी फरार छिन् । प्रहरीका अनुसार दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले नबालकलाई हान्दा उनको आँखामा चोट लागेको थियो। अभिभावकले स्थानीय अस्पताल हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा लगेपछि चिकित्सकले बालकको आँखाको…
भैरहवा, २८पुस। लुम्बिनी प्रदेश सरकारले यातायातसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेको छ । यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा यातायातसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेको हो । यातायातसम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउनका लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायातसम्बन्धी सेवालाई विस्तार गर्ने निर्णयमा पुगेको हो। मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीहरूले यातायात सेवालाई विस्तार गरिनुपर्ने र सबैको पहुँचमा यातायातसम्बन्धी सेवा पुर्याईनु पर्ने सुझाव दिएका थिए। उक्त सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो। मन्त्रालयले यसै योजना अन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा विस्तार गरेको…
काठमाडौ,२८पुस। राष्ट्रिय स्वतन्त्र पार्टी एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका लामिछाने गत बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए। जिल्ला प्रहरी कास्कीको हिरासतबाट रिहा भएका लामिछाने शनिवार साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले आइतबार हाजिर भएका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन पुगेका हुन। उक्त सहकारीबाट ६ सय ९०…
भैरहवा,२८पुस। नेपालको बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा प्रतितोला १६०० ले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेको छ। आज सुन प्रतितोला १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रति तोला १ लाख ५४ हजार एकसयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ८ सय ६० कायम गरिएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ मा कारोबार भएको थियो।
भैरहवा, २७ पुस । विश्वकै प्रसिद्ध संचारमाध्यम द न्यूयोर्क टाइम्सले विश्वका गन्तव्य सूचीमा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि समावेश गरेको छ । हालै सार्वजनिक गरिएको विश्व ५२ गन्तव्य स्थलमध्ये न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौं स्थानमा राखेको छ । सन् २०२५ मा जाने ५२ स्थानहरु शिर्षकमा ‘नयाँ वर्षले कहाँ लैजान्छ ? हाम्रो वार्षिक सूचीबाट मनपर्नेहरू चयन गरेर आफ्नो यात्रा योजनाहरू सुरु गर्नुहोस्’ भन्दै विश्वका ५२ गन्तव्य स्थलहरुबारे संक्षिप्त जानकारीका साथ न्यूयोर्क टाइम्सले सूची सार्वजनिक गरेको छ । लुम्बिनीको ऐतिहासिक महत्वसहितको जानकारी समेत वेभसाइटमा राखिएको छ । गन्तव्य सूचीमा परेकोले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह…