


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १७ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्धारा आयोजना गर्न लागिएको ९ औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी धमाधम भइरहेको छ । भैरहवाको अंचलपुरमा आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना हुन लागेको महोत्सवको सफल पार्नका लागि गठन गरिएको ३३ वटा समितिहरु सक्रिय छन् । आर्थिक मन्दीले थलिएको बजार चलायमन गराउन र सर्वसाधरणहरुको तनावको जीवनमा मनोरञ्जन मार्फत खुशी ल्याउनका लागि संघका पदाधिकारी देखि सदस्यहरुसम्म महोत्सवका निम्ति बिहान देखि रातीसम्म खटिएका छन् । महोत्सवमा कृषि क्षेत्रलाई लक्षित गर्दै निःशुल्क माटो परिक्षणको व्यवस्था मिलाइएको छ भने ४० बढी जिल्लाबाट उद्योगी-व्यवसायी, कृषकले अ-आफ्नो उत्पादन देखाउने/विक्री गर्ने भएका छन् । महिला उद्यमी,…
भैरहवा, १७ मंसिर । रुपन्देहीको भैरहवामा संचालनमा नौ लुम्बिनी राष्ट्रिय महोत्सवमा ४० जिल्लाका उत्पादन देखिने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना गरेको महोत्सवमा ४० बढी जिल्लाबाट उद्योगी–व्यवसायी, कृषक र संघसंस्थाले अआफ्नो उत्पादन देखाउने भएका हुन् । जसका लागि महोत्सवमा रहेको तीन सय स्टल बुकिङ भइसकेको संघका बरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समिति सह–संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार आफ्नो उत्पादन तथा सेवाको बिक्री बितरण तथा प्रचारप्रसार गर्न हिमाली तथा पहाडी जिल्लाका कृषक र निजी व्यवसायीको समेत महोत्सवमा स्टल बुकिङ राम्रो छ । आर्थिक मन्दीले निजी क्षेत्रका…
भैरहवा, १७ मंसिर । रुपन्देहीका सात जना क्रिकेट खेलाडीहरुले मासिक रकम सुविधा पाउने भएका छन् । क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नका लागि चालु आर्थिक वर्षमा सात जना खेलाडीहरुलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । ‘खेलाडीको संरक्षणका लागि कल्याणकारी कोष स्थापना गरेका थियौं । जसबाट अहिले हामीले सात जना खेलाडीहरुलाई मासिक रकम सुविधा उपलब्ध गराउने भएका छौँ’, उनले भने, ‘खेलाडी कल्याणकारी कोषको रकम बृद्धि गर्न सकेमा अन्यलाई उक्त सुविधा उपलब्ध गराउने छौँ ।’ मासिक सुविधा पाउने खेलाडीहरुमा सिनियरतर्फ २, यु–१९ तर्फ २ र महिला क्रिकेट खेलाडीतर्फ ३ जना…
भैरहवा, १७ मंसिर । भैरहवा क्षेत्रका उद्योगी–व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बद्धिजीवीहरुले आयोजना हुन लागेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सबैको साझा पर्व भएको बताएका छन् । उनीहरुले नेपालीहरुका ठूला चाडपर्व जस्तै यो महोत्सवमा सबै क्षेत्रको प्रबद्र्धन हुने भएकाले साझा पर्व भएको जनाए । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना स्थल भैरहवास्थित अंचलपुरमा आइतबार आयोजना गरेको छलफलमा बोल्ने वक्ताहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र नयाँ उद्यमशिलता विकासमा सहयोग पुग्ने भएकाले मेलालाई सबैले साझा पर्व सम्झिएर सहयोग गर्नुपर्नेमा जोड दिए । उद्योग ब्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सव निजी क्षेत्रसँगै सबै तह र तप्काका…
भैरहवा, १६ मंसिर । रुपन्देही नागरिक समाजको अध्यक्षमा समाजसेवी एवं पर्यटन व्यवसायी अमित कुमार गुप्ता निर्वाचित भएका छन् । तिलोत्तमा नगरपालिकास्थित भलवारीमा सम्पन्न भएको समाजको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गुप्तासहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा शारदा पोखरेल, उपाध्यक्षमा कल्पना अर्याल, महासचिवमा दीपक के.सी., सचिवमा तुलसा शर्मा वाग्ले र कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिकले बताए । त्यस्तै सदस्यहरुमा नरेन्द्र क्षेत्री, शेर बहादुर काफ्ले र अरुण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । रुपन्देही नागरिक समाजको अध्यक्ष ईश्वर प्रसाद चापागाईंको अध्यक्षता, सर्वोच्च अदालतका पूर्व न्यायाधिश तेज बहादुर…
परासी, १६ मंसिर । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको २१ लाख मूल्य बराबरको मोबाइलका साम्रगी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीले बर्दघाट नगरपालिका-८ सूर्यपुरा स्थित घरमा लुकाएर राखेको अवस्थामा विभिन्न ब्राण्डका मोबाइलका टेम्पर ग्लास, कभर, एयर फोन र घडी बरामद भएको जनाएको छ । बरामद भएका सामग्रीमा टेम्पर ग्लास १४ हजार ३०० पिस, कभर ४ हजार ६८०, एयर फोन ४९८ र घडी ३७५ पिस रहेको गणका प्रमुख एसपी प्रकाश वाग्लले बताए । बरामद सामग्रीको मूल्य २० लाख ८६ हजार रहेको र आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको…
भैरहवा, १६ मंसिर। सिद्धार्थनगर नगरपालिका कार्यालयद्धारा निर्मित सेमिनार हल र फोहोर व्यवस्थापन भवन आइतबार भीम अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालमा सेमिनार हल नहुदाँ तालिम, गोष्ठीका लागि अन्यत्र स्थान खोज्नुपर्ने बाध्यता थियो भने फोहोर व्यवस्थापन भवनको अभावका कारण उक्त क्षेत्रको वातावरण दुषित बन्नुका साथै अस्पताललाई चुनौती थपिदै गएको थियो । तर, अब यी दुवै समस्याबाट अस्पताल मुक्त हुने विश्वास लिइएको छ । आइतबार आयोजित हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले अस्पतालको फोहोर व्यवस्थापन गर्नका लागि प्रशासन तथा व्यवस्थापन पक्ष जिम्मेवार हुनुपर्ने बताए । ‘यो अस्पताल क्षेत्र अब सफा हुनुपर्छ’, उनले भने, ‘उपचारमा आउने बिरामीलाई पनि अस्पतालमा…
भैरहवा, १६ मंसिर । कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । आगामी मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षण मध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले जनाएको छ । महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले विगतका सिजनमा जस्तै यसपटकको आइडलले दर्शक र स्रोतको मन जित्ने विश्वास गरे । ‘धेरै प्रतिभाहरु अझै हाम्रै छेउछाउ छन् तर उनीहरुले प्लेटफर्म नपाउँदा ओझेलमा छन्’, उनले भने, ‘यसरी लुकेर…
हृदयराम गुप्ता मर्चवार, १६ मंसिर । रुपन्देहीमा गहुँ जोन संचालन समन्व्य समिति पुर्नगठन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ,रुपन्देही अन्तर्गत संचालन भएको उक्त समिति शुक्रबार भैरहवामा एक कार्यक्रका बीच पुर्नगठन भएको हो । पुर्नगठन उक्त समितिको संयोजकमा कोटहीमाई गाउँपालिका ५ स्थित श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद कुर्मी चयन भएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ,रुपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिए । उनका अनुसार उक्त समितिमा ३ महिलासहित ९ जना सदस्य छनौट गरिएको छ र रुपन्देहीमा गहुँ जोन कार्यक्रम कार्यान्वयन भएका मर्चवार क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाँउपालिकाको विभिन्न…
कपिलवस्तु, १६ मंसिर । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राखेको छ । एकिकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नेगरी कार्यक्रम तर्जुमा गरिने भएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदाय स्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउने सम्मका योजना अघि सारिने बताए। बाणगंगा नगरपालिका–८ मधवुन कपिलवस्तु स्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दिर्घकालिन समस्या समाधान गर्नेगरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताउनु भएको हो । ‘उत्पादन दिन…