


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
देउखुरी, ९ पुस ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सीमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की सँगको भेटमा उनले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए । ‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’उनले भने ,‘मुल नाकाको साथसाथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैध कारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ…
भैरहवा, ९ पुस। रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासमा लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । पुष ९ गते देखि १२ गते सम्म सियारी गाउँपालिका-५ पब्लिक माध्यमिक बिद्यालयमा प्रतियोगिता संचालन हुनेछ । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए । प्रतियोगितामा सियारी गाउँपालिका भित्रका…
देउखुरी, ९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेकोले त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केली लगायतका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञान विज्ञान तथा सम्पदाहरुको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् । ‘प्रदेशको विकासका लागि पर्यटनसँगै कला, साहित्य, संस्कृति, सम्पदाहरुको संरक्षण र विकासमा हामीले ध्यान दिन्छौं । यी विषय सरकारका प्राथमिकताका क्षेत्रभित्र पर्छन्’, उनले भने,‘यहाँहरुसँग प्रदेश सरकारसँगै जान चाहन्छ । साझेदारी गरेर…
काठमाडौं, ८पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेल समपक्ष नवनियुक्त राजदूत रुसी महासंघका जंगबहादुर चौहान, संयुक्त अधिराज्यका चन्द्रकान्त घिमिरे, स्पेनका शनिल नेपाल, गणतन्त्र कोरियाका डा.शिवमाया तुम्बाहाङफे र गणतन्त्र भारतका डा.शंकर प्रसाद शर्माले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ।
काठमाडौ, ८ पुस । भक्तपुरको बालकोटमा बुबा र छोरा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको उनीहरु आ–आफ्नै कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य रहेका छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
भैरहवा, ८ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग साझेदारी गर्न ब्रिटिश दूतावासले चासो देखाएको छ ।नगरमा रोजगारी सिर्जना गर्न, बालबिकास कार्यक्रम, प्रणाली सुधार, नव प्रर्वद्धन कार्यक्रम, स्थानीय पुर्वाधार बिकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दुतावासले चासो देखाएको हो । नेपाल सरकार मार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रिटिश सरकारले दूतावासका कर्मचारीहरुमर्फत सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधिकृत जनक थापासँग भेट गरी यहाँको बस्तुस्थिती बारे बुझेको छ। भेटको क्रममा दूतावासका सुशासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजश्व प्रणाली सुधार, स्थानीयको क्षमताबृद्धि गर्न विभिन्न तालिमहरु, नेपाल ईन बिजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताए । त्यस्ता…
भैरहवा, ८ पुस । रुपन्देही जिल्लामा निरन्तर मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीको टाउको दुखाई बढ्यो । दुःखाई नबढोस् पनि किन ? सीमित स्रोत, साधन र जनशक्तिले जिल्लाभर शान्ति-सुरक्षा कायम राख्दै कार्यसम्पादन उत्कृष्ट देखाउनुपर्ने । यसैमाथी थप यस्ता अपराधका घटना घटेपछि बढिहाल्छ नि टाउको दुःखाई ! शान्ति सुरक्षाको जिम्मेवारीले नागरिकको धनमालको पनि सुरक्षा गर्नैपर्यो । सेवाग्राहीहरुको निवेदन उपर कारवाही गरेर प्रहरीप्रतिको नागरिकको विश्वास कायम राख्नैपर्यो । घटना बढेपछि प्रहरीले चोरी भएका मोटरसाइकल खोजतलास गर्ने, चोरी नियन्त्रण गर्ने साथै संग्लनहरुलाई ‘खोरमा’ हालेर कारवाही गर्ने उद्देश्यले गत मंसिर २० गते देखि जिल्लाभर ‘क्लिन स्विप अपरेशन’ चलायो । प्रहरीको दिनरात खटाईले अपरेशन फलदायी देखियो…
भैरहवा, ७ पुस । रुपन्देहीको भैरहवा बजारलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले मुख्य चोक एवं बढी भिडभाड हुने स्थलहरुमा इन्टरनेट जडान गरी बजारलाई ‘फ्री वाईफाई जोन’ बनाएको हो । स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहीया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोक गरी पाँच स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई ‘फ्री वाईफाई जोन’ बनाएको जानकारी दिए । उनले प्रबिधिको युगमा नगरवासीहरुको सहजताका लागि नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइएको बताए । नगरवासीका…
काठमाडौँ,७ पुस । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित मुद्दा दायर भएको हो ।
वीरगंज, ७ पुस । सशस्त्र प्रहरीले किराना पसलमा ठुलो परिमाणमा भण्डारण गरी राखिएको लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–३ प्रगतिनगर स्थित सृष्टी किराना जनरल स्टोरमा खानतलासी गर्दा ठूलो परिमाणमा ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागुऔषध बरामद भएको हो । सशस्त्र प्रहरीका अनुसार उक्त पसलबाट पाँच वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० थान ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको छ । सोही स्थानका पक्राउ गरिएका पसलका संचालक राजाराम महतो कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा…