


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लमजुङ,२५ कार्तिक । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको कव्होलासोथार गाउँपालिका-९ छापाका ५० वर्षीय मंगल परियार रहेका छन्। प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले घर नजिक जंगलको भीरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्था बरामद गरी परियारलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
भैरहवा, कार्तिक २६ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’अन्तर्गत सोमबार बुटवल युथ र स्टार क्रिकेट क्लबबीच भएको खेलमा स्टार क्रिकेट ७ विकेटले विजयी भएको हो । जितका लागि पाएको ९८ रनको लक्ष्य स्टार क्रिकेटले १७ ओभर ४ बलमा ३ विकेट गुमाउँदै एक सय रन बनाई सहजै जित निकाल्यो । उसको जितमा अस्मान थारुले नटआउट २३, समिप पौडेलले १९, नरबहादुर सार्कीले अविजित १८, राहुल नाउले १६ र राहुल क्षेत्रीले ११ रनको योगदान गरे । बलिङमा बुटवल युथका सन्तोष परियार र अजय चौधरीले १–१ विकेट लिए । यसअघि टस…
भैरहवा,२५ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिर्सोटले आफ्ना ग्राहकलाई ‘टाइगर रिवार्डस’ दिने भएको छ । जसका लागि उसले ‘टाइगर रिवार्डस’ कार्यक्रम समेत सार्वजनिक गरेको छ । रिसोर्टका अनुसार ग्राहकको नियमित संलग्नताका आधारमा उनीहरुले रिर्सोटप्रति देखाएको निष्ठाको सम्मान स्वरुप यो कार्यक्रम सञ्चालन गरिएको हो । नियमित सेवा लिने ग्राहकलाई सम्मान प्रकट गर्न सेवामा विशेष छुट व्यवस्था गरिएको रिसोर्टद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । ‘टाइगर प्यालेसमा आएर नियमित सेवा लिने ग्राहकलाई कोठा, खाना, स्पा लगायत सुविधामा विशेष छुटको व्यवस्था गरिएको छ’,रिर्सोटका प्रमुख कार्यकारी अधिकृत दीपक लेखक भने, ‘हामीप्रति ग्राहकले देखाएको मायाको सम्मान स्वरुप छुट व्यवस्था गरेका…
भैरहवा, २५ कार्तिक । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीका ताराबहादुर जिटीले विपन्न विद्यार्थी र मस्जिदमा आर्थिक सहयोग उपलब्ध गराएका छन् । वैदेशिक रोजगारका लागि नेदरल्याण्डमा बस्दै आएका जिटी घर विदा आएको बेला उनले ओमसतिया गाउँपालिका–२ पडसरी स्थित श्री कोटही आधारभूत विद्यालयमा अध्यरनत दुई जना विद्यार्थी र सोही वडाको बर्दिहवामा रहेको मस्जिदमा आर्थिक सहयोग प्रदान गरेका हुन्। कक्षामा ८ मा अध्यरनत विद्यार्थी अनुज धरिकार र कक्षा ५ मा अध्यनरत विद्यार्थी आयशा निशालाई जनही एघार हजार रुपैयाँ र मस्जिदमा आठ हजार रुपैयाँ उपलब्ध गराएको ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष सितल जिटीले बताए । अभिभावकको उपस्थितीमा विद्यार्थीलाई रकम हसान्तरण गर्दै उनले अध्यापन कार्यका लागि रकम…
भैरहवा,२५ कार्तिक ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सले दैनिक भैरहवा–पोखरा–भैरहवा एक उडान गर्ने भएको छ । भैरहवा विमानस्थलमा यात्रुहरुको संख्यावृद्धिमा टेवा पुर्याउने उद्देश्यले उडान सुरु गर्न लागिएको यति एयरलाइन्सले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–पोखरा उडानले दुवै क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ । एयरलाइन्सको विमान भैरहवाबाट पोखराका लागि ११ः०५ बजे र पोखराबाट भैरहवाका लागि ११ः४५ उडान भर्ने तालिका छ । उक्त रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।
भैरहवा,२५ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ । कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ । भैरहवा विमानस्थलबाट कतार एयरवेजले मंगलबार (भोली) देखि दोहा (कतार)–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन २ः४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट ४ः४५ बजे काठमाडौ हुँदै दोहा प्रस्थान गर्ने तालिका छ । कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतसम्भार सुरु भएको कारण दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट…
भैरहवा, कार्तिक २५ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट युनिटले भैरहवाले विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबार देवदह क्रिकेट युनिट र साई ग्लोबल क्रिकेट एकेडेमीबीच भएको खेलामा देवदह ७ विकेटले विजयी भएको हो । जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा ७० रन बनाउँदै सहजै जित हात पर्यो । उसको जितमा दीपक डुम्रेले २४ र संकेत भट्टराईले २३ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका आकाश केवट र मोहम्मद मोइनले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा २८…
काठमाडौं,२५ कार्तिक। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं लगिएको छ । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। जसकारण उनले मन्त्री पदबाट राजीनामा समेत दिएका थिए। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरेको छ । अधिकारी केहिदिन अघि कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ। उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान…
धनगढी,२५ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेको सडक आन्दोलनको कुनै तुक नभएको बताएका छन् । आइतबार धनगडी विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले अदालतप्रति विश्वास गर्नुपर्ने बताए । ‘हाम्रो पार्टीका नेताहरुमाथी पनि छानबिन भएको थियो।पक्राउ परेका थिए’,उनले भने, ‘हामीले कहिले हो-हल्ला गरेनौं । रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्यो नि।’ साथै उनले सत्ता गठबन्धमा कुनै असमझदारी र समस्या नरहेको भन्दै ०८४ सालसम्म गठबन्धन टिक्ने बताए ।
भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार देखि काठमाडौं-भैरहवा-दुबई-काठमाडौं उडान सुरु गरेको हो । शनिवार राति काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स केही समयपछि यहाँबाट दुबई प्रस्थान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । एयरलाइन्स भैरहवा विमानस्थलमा अवतरण गरेपछि पानीको फोहोराले स्वागत गरिएको थियो । उक्त विमानमा भैरहवाबाट जाने यात्रुहरु नरहेको विमानस्थल कार्यालयले जनाएको छ । उनका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन…