Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,११ बैशाख। प्रधानमन्त्री बालेन्द्र शाहले खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै उनले प्रत्येक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको र ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गराएका छन्। उनले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएकोले थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको जोड दिएका छन्। प्रधानमन्त्री शाहले खोला किनारका बस्तीका कारण डुबानको जोखिम मात्रै नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको बताएका छन् । जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनको तर्क छ। उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण…

Read More

भैरहवा, ११ बैशाख । पोखराबाट भैरहवा आउँदै गरेको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार, दुर्घटना भएको ग २ ख १८३६ नम्बरको बसमा करिब ३० जना सवार थिए । उद्दार कार्य भइरहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले बताए । उनका अनुसार, दुर्घटना घाइते भएका २७ जनालाई उपचारका लागि जीपी अस्पताल बेलचौतारामा लगिएको छ । ‘अहिलेसम्म कुनै हताहतीको सूचना प्राप्त भएको छैन’,उनले भने, ‘ प्रहरी घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।’

Read More

काठमाडौं,११ बैशाख। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष चार बुँदे माग पेश गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ। मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुम्वासी समुदायलाई बलपूर्वक विस्थापन गर्ने तयारीप्रति आपत्ति जनाउँदै उक्त निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्। मागपत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचना फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय बनाउँदै प्रमाणीकरण तथा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। हेर्नुहोस् पत्र

Read More

पोखरा, ११ बैशाख । यस एरियाको डन हुँ भन्दै भय सृजना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ व्यास नपा-२ घरभई हाल जिल्ला कास्की पोखरा मनपा-८ सिमलचौरका ३२ वर्षीय सुवास कायस्थ र सोही स्थानका ३१ वर्षीय सुरज कायस्थ रहेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार, लेकसाइड क्षेत्रमा पर्यटक तथा स्थानीय व्यवसायीहरुलाई धाकधम्की देखाउने, त्रास देखाउने तथा ‘यस एरियाको डन हुँ’ भन्दै भय सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई नक्कली पेस्तोलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको घर कोठा खानतलासी गर्दा नक्कली पेस्तोल,…

Read More

भैरहवा । लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, वडा प्रहरी कार्यालय भैरहवा र सिटी अस्पतालको प्राविधिक सहयोगमा ओमसतिया गाउँपालिका-१ ठुटिपिपलस्थित गरिएको चेकजाँचको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा साना तथा ठूला सवारी साधनका चालकहरुलाई मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षण गर्दा ८ जना चालक लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका थिए। उनीहरुलाई नियन्त्रणमा लिएर उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,११ बैशाख। सरकारले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा अन्य सबै निकायलाई पत्र पठाउँदै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । गत चैत १३ गते बसेको सरकारको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई उच्च प्राथमिकताका साथ लागू गर्ने क्रम जारी रहेकाले उक्त निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। ‘कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ’, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।

Read More

काठमाडौं,१० बैशाख। सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मीत पोखरेलले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भए पनि उक्त निर्णय खारेज गरिएको जानकारी दिए। प्रतिष्ठान१ सय १४ रोपनीभन्दा बढी जग्गा छ। उनका अनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ भदौ १ गतेको निर्णयअनुसार उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने भनिएको थियो। तर, मन्त्रिपरिषद् बैठकले सो निर्णय उल्ट्याउँदै जग्गा पूर्ववत् रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको हो। यससँगै बैठकले सरकारी निकायहरुमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन…

Read More

काठमाडौं,१० वैशाख। नेपालको स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीवार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, बुधवार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँ घटेको छ । बुधवार ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Read More

भैरहवा,९ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ (भैरहवा) स्थित कठौतियामा बस्दै आएका एक युवक बेपत्ता भएका छन् । आफुहरुसँगै बस्दै आएका १९ वर्षीय सलमान खान गत शनिबार (बैशाख ५ गते) साँझदेखि घरबाट रिसाएर निस्किएपछि सम्पर्कमा नरहेको युवकका भिनाजु कलामुद्दीन खानले बताए। बेपत्ता भएका युवकले निलो रंगको टिर्सट र निलो रंग जिन्स पाइन्ट लगाएको बताइएको छ । उनले दिएको जानकारी अनुसार, अपाङ्गता भएका व्यक्ति (हिड्डुल गर्नमा असहजता र बोल्न असमर्थ) समेत रहेको र उनको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। यदि कसैले उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर 9811988043 मा जानकारी गराउन उनले…

Read More

काठमाडौं,९ बैशाख। गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै राख्ने भएका छन्। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएसँगै शाहले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।

Read More