Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १०असोज। भैरहवा भन्सार कार्यालयले किर्ते प्रज्ञापन पत्र बनाएर गाडी चलाउने व्यक्तिसहित संग्लन आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गाडी चालक चितवन रत्नगर नगरपालिका–३ घर भई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ का ४१ वर्षीय सुरेश साह कलवार, संग्लन सोही स्थानका ४१ वर्षीय ललन ठाकुर र सिद्धार्थनगर नगरपालिका–१ का ३१ वर्षीय विकास गुरुङ र सोही स्थानका २३ वर्षीय सोनु मधेसिया रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ। कार्यालयले डीएल वान सीएए ५५७८ भारतीय नम्बर प्लेट क्रेटा कार लामो समय देखि शंकास्पद रुपमा सीमानाकाबाट आवजावत गरेको पाएपछि कार चालक कलवार र कार नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको थियो । पक्राउ परेका चालक कलवारले…

Read More

काठमाडौं,१०असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली चीन भ्रमणबाट फर्किएको छ। पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चीन गएको रास्वपाको टोली बिहीबार बिहान स्वदेश फर्किएको हो। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर दश दिने भ्रमणका लागि डा. वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो । भ्रमण टोलीमा पार्टी उपसभापति डा. वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम,…

Read More

भैरहवा,१०असोज। इन्टरपोलबाट रेड नोटिस जारी भएर ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका तीन जना नेपाली नागरिकहरुलाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। ठगी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा फरार रहेको तीन जना नेपालीहरु विरुद्ध रेड नोटिस जारी भएपछि उनीहरुलाई कारवाही गर्नका लागि दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो। नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ का २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ का २६ वर्षीय रोमन कार्की रहेका छन् । पक्राउ परेकामध्ये…

Read More

बुटवल, ९ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । चाडपर्वलाई लक्षित गरेर बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाई अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताए । उनले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको बताए । बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाई तथा हरियाली…

Read More

लुम्बिनी,९ असोज । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालाहरुसँग छलफल गरेको छ ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको लुम्बिनी गुरुयोजना कार्यान्वयनबारे राष्ट्रिय सभा अन्तर्गत गठित संसदीय समितिले चासो राख्दै लुम्बिनीमा छलफल गरेको हो । छलफलमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको तथा बृहत्तर लुम्बिनी क्षेत्रको काम गर्नका लागि लुम्बिनी विकास कोष ऐन २०४२ संशोधनका लागि आवश्यक पहल गर्ने बताए । सभापति शेर्पाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा देखिएका चुनौतीसँगै गुरुयोजनाविपरीत भएका काम, स्थानीयहरुको मागका सम्बन्धमा पनि…

Read More

अर्घाखाँची,९असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई एमालेमा समाहित गर्न सफल भएका छन् । पार्टीमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिको रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगो देशको नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्‍याउने उद्घोष गरे । नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमोर्चा युवक संघका पूर्व केन्द्रीय…

Read More

काठमाडौँ,९असोज। नेपालीहरुको महान पर्व दसैं नजिकिदैँ सँगै सर्वसाधरणमा खुशीयाली छ। सर्वसाधरणहरु पर्वको तयारी जुटिसकेका छन् । बजारमा किनमेल भइरहेको छ। तर, यही बीचमा हर्षोउल्लासका साथ मनाइने पर्वलाई छाडेर बाध्यताबस झिन्टीगुन्टा बोकेर वैदेशिक रोजगारीका लागि खाडीमा विदेसिनु परेको छ। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि भदौ महिनामा मात्रै ५७ हजार ४९३ जना नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा ३९ हजार ५५७ पहिलो पटक र १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेसिएका छन् । जसमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना…

Read More

झापा,९असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले घुससहित वडाअध्यक्षलाई पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि माग गरेको ८० हजार रुपैयाँ घुस सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सहायक प्रवक्ता थपलियाका अनुसार ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानलाई पनि पक्राउ गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

भैरहवा,९असोज। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले बुधवार सूचना जारी गर्दै ०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई बिहिवार (भोली) देखि दर्ताका लागि आह्वान गरेको हो। आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन अनुरोध गरेको छ। हेर्नुहोस् सूचनाः

Read More

भैरहवा,९असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य दिनदिनै उकालो लाग्दै गएको छ। बुधबारको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

Read More