Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२असोज। प्रहरीले लागुऔषधसहित तीन जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका-१ का २६ वर्षीय शैलेश कुमार सहानी, कोटहीमाई गाउँपालिका-२ का २१ वर्षीय रामकरण हरिजन र भारत, महाराजगंज जिल्लाका नौतनवा बरवाभुज-१३ का ३० वर्षीय सुरज कुम्हाल रहेको प्रहरीले जनाएको छ। लागुऔषधको कारोबार भइरहेको विषयमा प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रणमा ब्यूरो शाखा भैरहवाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई भैरहवाको लुम्बिनी रोडबाट पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकाहरुका साथबाट फेनरागन, डाईजेपाम, टालजेसिक एक हजार २ सय एम्फुल र लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ…

Read More

भैरहवा,२असोज। लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई निर्देशन दिने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसंग शिक्षा दिवसको अवसरमा बुधबार भएको छलफलमा विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको हो । समितीले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले अन्तराष्ट्रिय पहिचान बनाउँदै विदेशी विद्यार्थी ल्याउन सक्ने निष्कर्ष निकालेको छ। संसदीय समितिको अध्ययन टोलीले विशिष्टिकृत विश्वविद्यालयका रुपमा स्थापित विश्वविद्यालयलाई सोही रुपमा सरकारले ध्यान दिनुपर्ने बताएको छ । ‘हामी विश्वविद्यालयका समस्या समाधान तथा उच्च शिक्षाका नीतिका सन्दर्भमा मन्त्रालयसंग छलफल…

Read More

भैरहवा,२असोज। स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। बुधवार अयोगले विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १० गते देखि १६ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ। यस्तै असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ। त्यस्तै कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गते निर्वाचन कार्यक्रम सञ्चाल गर्ने विज्ञप्तिमा उल्लेख छ। सरकारले…

Read More

भैरहवा,२असोज। गृह मन्त्रालयले १२ जना सीडिओसहित मातहतका ३६ जना कर्मचारीहरुको सरुवा र पदस्पथान गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको सरुवा र पदस्थापन गरेको हो। मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । हेर्नुहोस् सूची, कसको सरुवा कहाँ?

Read More

दाङ,२ असोज। उमेरले ६० वर्ष पुगे सुर्खेतका दिलबहादुर शाही । दसैं पर्व आउन लागेकोमा नागरिकमा खुशीयाली छ। सबै खर्चको जोहोमा छन् । तर, दसैं नजिकिदै गएसँगै शाहीलाई पर्वको खर्चको सताउन थाल्यो। त्यसपछि उनले प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेट्ने सोच बनाए। र, शिरमा ढाका टोपी ढल्काएर र खुट्टामा प्लाष्टिकको चप्पल लगाएर पिठ्यूमा भारी बोकी उनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीका लागि हिडे। बुधवार उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गरे। र, घरबाटै ल्याएको हातले बनाएको काठको कोसीले उनले मुख्यमन्त्रीलाई कोसेलीको रुपमा दिए। ‘यो काठको कोसी हो । हातैले बनाएको हो। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उनले भने ,‘मुख्यमन्त्री ज्यू, दसैं आईहाल्यो त ।…

Read More

काठमाडौं,२असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसनधान गर्नका लागि जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्नका लागि प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो। जसअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रसाईंसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्नका लागि पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले बताए।

Read More

दाङ,२ असोज। लुम्बिनी प्रदेशमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माणका लागि यत्रतत्र विनियोजित बजेटले उपलब्धी हुन सकेको छैन्। जसकारण प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर व्यवस्थित सडक पूर्वाधारको विकास गर्न खोजेको छ। ‘गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो गुरुयोजना प्रदेशको समृद्धि र विकासको आधार बन्ने विश्वास लिएका छौँ’,भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले भने,‘प्रदेशको आफ्नै लोकमार्ग र प्रदेशिक सडकको क्षेत्र निर्धारण हुन्छ। बार्षिक योजना अनुसार बजेट विनियोजन गरेर विकासका कार्यका लागि अघि बढाउने छौँ।’ लुम्बिनी प्रदेश सरकारले सडक निर्माण, मर्मत संभार तथा विस्तार…

Read More

दाङ,२ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागी प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा बुधवार लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै उनले संघीयताको सवलिकरणका लागी प्रदेश सरकारलाई पूर्णरुपमा अधिकार सम्पन्न बनाइनुपर्ने बताए। संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमाथी संघीय सरकारले हस्तक्षेप गर्न नहुने उनको भनाई छ। ‘संविधानले प्रदान गरेका अधिकार माथि कसैले हस्तक्षेप गर्न हुदैन’उनले भने,‘संविधानले दिएको अधिकार संघले रोक्ने काम गर्न हुदैन । समानिकरण अनुदान रोकेर राम्रो भएन् । प्रदेशलाई ऋणात्मक बनाउने काम भयो ।’ राजनीतिक अस्थिरताको कारणले केही समस्याहरु देखिएपनि अव ति समस्याहरु गौण भएर…

Read More

वीरगञ्ज,२असोज। वीरगञ्ज प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरी रहेको प्रहरीले जनाएको छ। वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट पक्राउ परेका गिरीको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्ने क्रममा करिब तीन किलो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका वीरगञ्जका एसपी कुमोद ढुंगेलले जानकारी दिए। गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने भएपनि प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । मंगलबार कांग्रेसको कानुन विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘प्रदेश संरचना हट्ने कुरा छैन। हटाउने अवस्था पनि छैन। यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ।’ उनले संविधानमा सुधार हुने विषयहरू संशोधन हुने भन्दै संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने बताए। संविधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै उनले भने ‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन…

Read More