


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ५ कार्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सुरु गरेको छ। नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नविकरण सम्बन्धी सबै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर सचांलनमा ल्याईएको नगरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए। उनका अनुसार आईतबारबाट सुरु गरिएको शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सचांलन हुनेछ। शिविर सबै वडास्तरमा संचालन गरिनेछ। शिविर आईतबार वडा नम्बर ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सचांलन भैरहेका वा लामो समय देखि नविकरण नगरेका व्यवसायीलाई घुम्ती शिविर मार्फत लाभ लिन आग्रह…
काठमाडौं,४कार्तिक। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ। प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । गत भदौ २५ र २६ गते पूरक परीक्षा लिईएको थियो।एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए। तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने २ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले…
काठमाडौं,४ कार्तिक। शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा कार्त्तिक १० गते लिने भएको छ। आयोगले परीक्षार्थीको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरिसकेको छ। आयोगका अनुसार माध्यमिक तह अध्ययन अनुमति पत्रका लागि ४४ हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन्। जसअनुसार कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र मोरङ तोकिएको छ। मधेश प्रदेशबाट ७ हजार २ सय २२ जना रहेको र परीक्षा केन्द्र धनुषा तोकिएको छ। यसैगरी बागमती प्रदेशबाट ५ हजार परीक्षार्थीहरूले परीक्षा दिँदैछन्। परीक्षा केन्द्र मकवानपुर रहेको छ। बागमती प्रदेशबाट ५ हजार १२५ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र ललितपुर तोकिएको…
भैरहवा, ४ कार्तिक। राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ सही भएको बताएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका छन्। ‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ’, केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ।’ सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथी अनुसन्धान हुनुपर्ने राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्त आवाज उठाउँदै आएपनि तत्कालीन माओवादी-एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै…
पोखरा, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रास्वपाले पोखरामा लगाइएको निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरिरहेको छ। जसकारण स्थिती तनावग्रस्त बनेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेका छन् ।निषेधित क्षेत्रबाट प्रर्दशनीकारीहरुलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच ठेलमठेलको अवस्था छ। रास्वपाका नेता, कार्यकर्ताहरु अदालतअघि भेला भएका छन्। प्रहरीको बाक्लो उपस्थित छ। साथै, रवि लामिछानेलाई कारवाहीको मागसहित सहकारी पीडितहरुले पनि आजै प्रदर्शनको तयारी गरेका छन् । दुई पक्षीय प्रदर्शनले निम्तिन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिएर उच्च सतर्कता…
पोखरा, ४ कार्तिक। जिल्ला प्रशासन कार्यालय पोखराले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। रास्वपाका नेता, कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरुले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको रवि लामिछानेलाई आज अदालतमा पेश गरिदैँछ । रास्वपाले पोखरामा विरोध…
भैरहवा, ४ कार्तिक। भारतको राजस्थानमा सवारी दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ। राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति जयपुर जाँदै गरेको बस र अटो ठोक्किदाँ सवारी दुर्घटना भएको थियो। जसमा आठ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ। मृतकहरु सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ।
भैरहवा, ४ कार्तिक। नेपालको बजारमा आईतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा मूल्य बढ्दै गइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आइतबार प्रतितोला चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको…
काठमाडौ, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएपछि पार्टीले विरोध प्रर्दशनका लागि प्रत्येक जिल्लाबाट एक सय जनाको दरले नेता कार्यकर्ताहरुलाई पोखरा पुग्न सर्कुलर जारी गरेको छ। शनिबार मध्यरातमा पार्टीका नेता-कार्यकर्ताहरुलाई म्यासेज गरेर जति सक्दो कम्तीमा एक सय जनाको दरले पोखरा पुग्न भनिएको छ । पार्टीले आफ्ना नेता कार्यकर्तालाई मध्यरातमा पठाएको सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११ः३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’ केन्द्रीय सचिवालयको निर्देशनअनुसार प्रदेश…
जलेश्वर,४ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ऋृण थोपार्नु मात्र रहेको दावी गर्दै उनीहरु विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए । जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा.सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष…