Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,७ असोज। चाडपर्व लक्षित सुपथ मूल्य पसल रुपन्देहीको भैरहवामा पनि सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले दसैं,तिहार, नेपाल सम्वत, छठ् पर्वको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता बाबुराम घिमिरेलाई चामल हस्तान्तरण गर्दै उक्त पसलको उद्घाटन गरे। आयोजित समारोहलाई सम्बोधन गर्दै अधिकारी अर्यालले आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई लक्षित गरेर सूपथ मूल्य पसल सञ्चालन गरिएको बताए । उनले भने,‘लक्षित वर्गको पहिचान गरी ती वर्गसम्म पुग्नुपर्छ । यसको उद्देश्य अनुसार लक्षित वर्षसम्म पुगोस् । पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले पाउने नहोस् ।’ खाद्य व्यवस्था तथा व्यापार…

Read More

भैरहवा,७असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलाको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको महासंघले जनाएको छ।

Read More

भैरहवा,७असोज। नेपाली कांग्रेस क्षेत्र नंम्बर ३, रूपन्देहीले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । भैरहवामा भएको कार्यक्रममा नेता खाणले वर्तमान गठबन्धन सरकार निर्माणको औचित्य र चुनौतिहरु, शान्ति प्रक्रिया, अन्य राजनैतिक दलका गतिविधिहरु, कांग्रेसका नेता–कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विकासका गतिविधिहरुबारे भनाइ राखेका थिए । उनले कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले आगामी कार्तिक ३० देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको दुईदिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम आफैमा महत्वपूर्ण र रुपन्देही जिल्लाको लागि नै गौरवको विषय भएको बताए । उनले यो कार्यक्रमलाई सफल बनाउन सबैजना लाग्नुपर्नेमा जोड…

Read More

धनुषा,७ असोज। धनुषा प्रहरीको हिरासतबाट नौ जना थुनुवाहरु फरार भएका छन्। हिरासत कक्षको भेन्टिलेसन तोडेर एका बिहानै नौ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन्। हिरासतबाट कुल ९ जना फरार भएकोमा एक जना सत्यम झालाई पक्राउ गरिएको डिएसपी अवाले बताए। फरार भएका अन्य आठ जनाको खोजी भइरहको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा दुईतले हिरासत…

Read More

भैरहवा,७असोज। नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दर्जाका अधिकृतहरुको सरुवाको गृहकार्य थालिएको छ ।एक वर्ष अवधि पुगेको र कार्यक्षमता कमजोर देखिएका एसपीहरुको सरुवाको गृहकार्य थालिएको हो। कपिलवस्तु, दाङ, बाँके, कास्की, सुनसरी, सप्तरी, मकवानपुर, पूर्वीनवलपरासी लगायत जिल्लाका एसपीहरुको अवधि पुगिसकेको छ भने धनुषा, सर्लाही, बारा, सिरहा लगायत जिल्लाका एसपीहरुको कमाण्ड कन्ट्रोल प्रभावकारी र आर्थिक पारदर्शीता नदेखिएकोले उनीहरुको पनि सरुवा गर्न गृहकार्य थालिएको छ। दस जिल्लाका लागि २५ भन्दा बढी एसपीको दौडधूप भइरहेको छ। एसपीहरु ढकेन्द्र खतिवडा, कोमल शाह, अर्जुन तिमल्सिना, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे आर्कषक जिल्लामा जानका लागि दौडधुपमा लागेको बुझिएको…

Read More

भैरहवा,६असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको आरोपमा प्रहरी आइतबार प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित उनको निवासबाट पक्राउ गरेको थियो।साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

Read More

काठमाडौं,६असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई पक्राउ गरिए त्यसको प्रतिवादमा उत्रने चेतावनी दिएका छन्। गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि पार्टीको केन्द्रीय कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले भने-‘बचत फिर्ता गराउनेमा ध्यान छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ। जुन हामी हुनै दिदैनौ। कुनै हालतमा हुन दिदैनौ।’ उनले आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका छन्। ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु…

Read More

भैरहवा,६असोज। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा अदालतले पक्राउ गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले बताए। प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको टोली भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको निवासमा पुग्दा घरको गेट एक घण्टासम्म पनि नखोलिएपछि प्रहरी भर्‍याङ लगाएर कम्पाउन्डबाट घरमा प्रवेश गरेको थियो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

Read More

भैरहवा,६असोज। रुपन्देही प्रहरीले जबरजस्ती करणीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। जसमध्ये चार जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्जका ३७ वर्षीय अफरोज समी, २७ वर्षीय सालु खान, ३१ वर्षीय अत्तर खान र गोरखपुरका २७ वर्षी बब्लु खान, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षिय साहरुख तेली र २५ वर्षिय अकबर खान रहेका छन् । पक्राउ परेका युवाहरुले गत असोज ३ गते जबरजस्ती करणी गरेको पीडित युवतीको आरोप छ। जाहेरी अनुसार युवकहरुलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी…

Read More

दाङ,६असोज। लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुका लागि १४ बुँदे निर्देशन जारी गरेको छ। आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरे भएलग्त्तै कर्मचारीहरुका लागि निर्देशन जारी भएको हो। ‘सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्बोधन गर्ने गरी योजना बनेको छ’मुख्यमन्त्री चेतनारायण आचार्यले भने,‘बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्बोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न निर्देशन जारी गरेका हौं ।’ लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिथा…

Read More