


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ३ माघ ।गायक–गायिका मात्र होइन, अभिनेतालाई पनि यतिबेला विदेश दौडाहाको चटारो छ । यो सूचीमा अभिनेता राजेश हमाल अगाडि छन् । हमालका लागि विदेश पानीपँधेरोजस्तै देखिन्छ । उनी महिना दिन बिराएर विदेश घुम्न निस्किरहन्छन् । मंगलबार बेलुका हमाल र अर्का अभिनेता जितु नेपाल अमेरिका उडेका छन् । हमालको लागि यसपटकको अमेरिका यात्रा किन पनि महत्वपूर्ण छ भने उनले त्यहाँ बसोबास गर्ने र आ–आफ्नो क्षेत्रमा योगदान पुर्याएका नेपालीलाई भेट्दैछन् । ती नेपालीसँग अन्तरक्रिया र छलफल गर्ने हमालले बताएका छन् । स्रोतका अनुसार हमालले अमेरिकी डायस्पोरामा सफल कहलिएका नेपालीसँग छलफल चलाएर यसलाई टेलिभिजन शो वा डकुमेन्ट्रीको आकार दिने बताइएको छ ।…
काठमाडौं, ३ माघ ।नेपाली काँग्रेसले माघ ७ गते देखि ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । जसमा जिल्लामा सहभागी हुने केन्द्रिय नेताहरुलाई पार्टीले अभिमुखीकरण गरिने जनाएको छ । उक्त अभियान देशभर माघ २२ गतेसम्म चल्नेछ । जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ । प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन…
भैरहवा, ३ माघ ।७२ औं अन्तरास्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरि मनाईदै छ । माघ ५ गते देखि १२ गते सम्म बिभिन्न सचेतनामूलक एवम अन्य बिविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्ट सहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचार प्रसार सामाग्रीहरु तयार गरि दिवसको ब्यापक प्रचार गरिनेछ । माघ ७ गते समकक्षी भन्सार संग बैठक गरि ब्यपार सहजीकरणको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८…
भैरहवा, २ माघ । विपद् पूर्व र पछिको व्यवस्थापनमा स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २६ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका प्रमुख रहेको बताएका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद् पूर्व हुने सही सूचना देखि विपद् पछिका उद्दार र राहत कार्यहरुमा सरकारको पहिलो निकाय स्थानीय तहको भूमिका प्रमुख रहेको बताए । “नेपालमा गएका भुकम्प लगायतका विपद्का घटनाहरुमा जस लिने होडबाजी हुन्छ, त्यो राहतको नाममा होस वा उद्दारका…
मुम्बई, (एजेन्सी) । टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक खेलकुद पृष्ठभूमिका भए पनि बलिउडमा उनीहरुको क्रेज राम्रो छ । अहिले यो जोडी आफूहरुको वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन् । हालैमात्र सानियाले इन्स्टाग्राम एकाउण्टबाट शोएबका सबै तस्वीर हटाएपछि उनीहरुबीचको वैवाहिक खटपट छताछुल्ल भएको छ । सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन् । सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ । यही बीचमा उनले आफ्ना पति शोएबका सबै तस्वीर हटाएकी छन् । शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन् । यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू ‘सुपरवुमनको पति’…
नयाँदिल्ली, २ माघ । साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ । उत्तर भारतमा फिल्मले कमाइको हिसाबले ‘पुष्पाः द राइज’, ‘केजीएफः च्याप्टर १’ र ‘कान्तारा’को हिन्दी संस्करणलाई पछाडि छोडेको छ । ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो ।यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ । मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५…
भैरहवा, २ माघ ।रुपन्देहीको सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा कर्णाली प्रदेशको पहिलो हारसँगै सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । दुई ओपनर र मध्यक्रमका एकसहित तीन खेलाडीको अर्धशतकको सहयोगमा कर्णालीलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रनको बलियो योगफल बनाएको थियो । उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर…
नयाँ दिल्ली । विजय सेतुपति ४६ वर्षका भएका छन् । पक्कै पनि उनलाई शाहरुख खान स्टारर फिल्म ‘जवान’ मा खलनायक काली गायकवाडको भूमिकामा देख्नु भएकै होला । उनको अर्को फिल्म ‘मेरी क्रिसमस’ जनवरी १२, २०२४ मा रिलिज भयो । यसमा उनी कट्रिना कैफको अपोजिट देखिएका छन् । यी दुई हिन्दी फिल्महरू बाहेक, विजयले धेरै ठूला साउथ फिल्महरूमा काम गरिसकेका छन् । जस्तै विक्रम वेधा, सुपर डिलक्स आदि । उनी तमिल सिनेमाका चर्चित सुपरस्टारमध्ये एक हुन् । आफ्नो १० वर्ष लामो करियरमा उनले करिब ५० फिल्ममा काम गरिसकेका छन् तर विजयका लागि यो स्थानमा पुग्न भने सजिलो थिएन ।सुरुका दिनहरूमा उनले…
काठमाडौं, १ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । निगमले भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति मार्फत जनाएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र…
नुवाकोट,२९ पुस ।नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सडकले विकासको धेरै ठेलो सम्भावना खुलेको बताएका छन् । ‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ’, नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’ उनले थपे- ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र…