


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१२ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलेर भित्राइएको आइफोन लगायत विभिन्न सामग्री बरामद गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा ग २ ख २१५१ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको सामग्री बरामद भएको हो । कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार, बसबाट ५ थान आईफोन, कम्प्रेसर मेसिन, दूध पाउडर, सर्फलगायत ७ लाख १० लाख बढीमूल्य बराबरको सामग्री बरामद भएको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी पोष्ट बसपार्क, रुपन्देहीमा बुझाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सिरहा,१२ कात्तिक। सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता एंव डीएसपी जिवन निरौलाका अनुसार, सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट भारतका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले भारतबाट मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई रोक्न खोज्दा भागेपछि चेतावनी स्वरुपमा एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा, १२ कात्तिक। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण सम्भावित भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानसम्बन्धी सूचनाअनुसार चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएकाले आगामी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ। जिल्ला प्रशासन कार्यालयले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ। त्यस्तै, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई सर्वसाधारणलाई…
भैरहवा,१२ कात्तिक। भारतबाट भन्सार छलेर भित्राइएको लत्ताकपडा लगायतका सामग्री बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, पिपलबोट क्षेत्रमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरीको मुख्यालयका अनुसार, बरामद गरिएका सामानको अनुमानित मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं,१२ कात्तिक। नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने भएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार शुल्क संकलन सुरु गर्न लागिएको जनाएको हो। सरकारले गत चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने विभिन्न प्रकारका सवारीसाधनका लागि शुल्क निर्धारण गरेको थियो। सवारीसाधनको वर्ग र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा फरक–फरक दस्तुर निर्धारण गरेको छ। निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी,…
काठमाडौं,११ कात्तिक। नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) को डेरासहित काठमाडौंका विभिन्न घरमा चोरी गरेको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् । प्रहरीका अनुसार, उनीहरुले कलंकीको तासिङडोलमार्गस्थित किसन सिंह बस्नेतको घर, सांसद थपलियाको डेराकोठा र रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा चोरी गरेका थिए । दशैंलाई लक्षित गरी चोरी गरेका उनीहरु चोरीका सामान पोका पारेर भारत जाने तयारीमा रहेका बेला पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए । प्रहरीले…
काठमाडौं,११ कात्तिक। प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भन्सार छलेर गरी अवैध रुपमा चाँदीका तयारी गरगहना ल्याइएको सूचनाका आधारमा सर्राफ बस्ने कोठामा छापा मारेर उक्त परिमाणको चाँदी बरामद गरेको हो। पक्राउ परेका सर्राफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
काठमाडौं,११ कात्तिक। अमेरिकाबाट कुरियरमार्फत काठमाडौं ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतका २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार, अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
कपिलवस्तु,११ कात्तिक। कपिलवस्तुको वाणगंगा नगरपालिका–३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४, गजेहडाकी ६३ वर्षीया जलिया थारु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बुधबार वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले थारुलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
दाङ, ११ कात्तिक। थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ। विपद् प्रभावित नागरिकलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तरगत संकलित सामग्री बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहबरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गएिको हो। सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छोट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो । तीनवटा संकलन केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी…