Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

विराटनगर, २१ माघ । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनमा देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए । सम्मेलनको नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा एक हजारभन्दा बढी थारू समुदायको…

Read More

काठमाडौं, २१ माघ । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना गरेको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला सुनाएको हो । सजाय निर्धारण गर्दै अदालतले तामाङलाई बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ भराउन समेत आदेश दिएको छ ।  त्यस्तै, तामाङकी श्रीमती सृजना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको छ । सहकारी ठगी प्रकरणमा…

Read More

भैरहवा, २१ माघ । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनित भएका छन् । गुप्तालाई आइतबार (आज) पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले जिल्ला इन्चार्जमा मनोनित गर्नुभएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि आफू जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँछन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । ‘विकास, सुशासनका लागि काम गर्छौं, जनताको हकअधिकारका निम्ति लागिपरेका छौं र लागिपर्नेछौं, पूराना नेता–कार्यकर्ताको उचित मूल्यांकन गर्दै नयाँ कार्यकर्तालाई पनि…

Read More

काठमाडौं, २१ माघ ।  चिकित्सकहरुले महिलाहरुले प्रजनन् अंगहरुको उपचारमा ढिलाइ गर्दा क्यान्सरको जोखिम बढेको बताएका छन् । नेपालमा स्तन र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको उनीहरुको भनाई छ ।  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक एक जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताए । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष दुईसय पुगिसकेको जानकारी उनले दिए । नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर र…

Read More

भैरहवा, २१ माघ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर स्थापना दिवस मनाउने भएको छ । कार्यालयले माघ २२ गते सोमबार विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको हो । वि.स.२०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको रुपमा हालको सिद्धार्थनगर नगरपालिका स्थापना भएको थियो । स्थापना भएदेखि कार्यालयले पहिलो पटक स्थापना दिवस मनाउन लागेको हो । ‘माघ २२ गते हामी सबै नगरवासीहरुको लागि ऐतिहासिक दिन हो’ उनले भने, ‘त्यसैले उक्त दिन विभिन्न कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाउने र मनाउनका लागि नगरवासीहरुमा आग्रह समेत गर्दछौँ ।’ स्थापना दिवसको अवसरमा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान, दीप प्रज्वलन लगायत कार्यक्रम गरी मनाइने सिद्धार्थनगर नगरपालिका वडा…

Read More

काठमाडौं, २० माघ । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे । आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १/१ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो…

Read More

बागमती, २० माघ । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ थियो । रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५…

Read More

उदयपुर, २० माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् । रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबिच सहमतिको प्रयास जारी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए । प्रधानमन्त्री प्रचण्डले उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरे । 

Read More

भैरहवा, २० माघ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ कार्यालय, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रथम वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० को उपाधि मेउडिहवा सुपर किंग्सले जितेको छ । सिद्धार्थनगर–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा झण्डीबजार सुपर किंग्सलाई ६ रनले पराजित गर्दै मेउडिहवा सुपर किंग्सले उपाधि जितेको हो ।  विजेता मेउडिहवा सुपर किंग्स टीमले नगद रु. ११ हजारसहित ट्रफी तथा उपविजेता झण्डीबजार सुपर किंग्सले नगद रु. ८ हजारसहित ट्रफी पाएको सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । उनले प्रथम वडा कप क्रिकेट प्रतियोगितामा खेलाडीहरुको उत्साहजनक सहभागीता रहेको बताए । फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको मेउडिहवा…

Read More

काठमाडौं,२० माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् । ‘…देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘ देश बर्बाद हुदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं ।’ उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने,…

Read More