


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
विराटनगर, २१ माघ । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनमा देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए । सम्मेलनको नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा एक हजारभन्दा बढी थारू समुदायको…
काठमाडौं, २१ माघ । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला सुनाएको हो । सजाय निर्धारण गर्दै अदालतले तामाङलाई बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ भराउन समेत आदेश दिएको छ । त्यस्तै, तामाङकी श्रीमती सृजना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको छ । सहकारी ठगी प्रकरणमा…
भैरहवा, २१ माघ । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनित भएका छन् । गुप्तालाई आइतबार (आज) पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले जिल्ला इन्चार्जमा मनोनित गर्नुभएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि आफू जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँछन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । ‘विकास, सुशासनका लागि काम गर्छौं, जनताको हकअधिकारका निम्ति लागिपरेका छौं र लागिपर्नेछौं, पूराना नेता–कार्यकर्ताको उचित मूल्यांकन गर्दै नयाँ कार्यकर्तालाई पनि…
काठमाडौं, २१ माघ । चिकित्सकहरुले महिलाहरुले प्रजनन् अंगहरुको उपचारमा ढिलाइ गर्दा क्यान्सरको जोखिम बढेको बताएका छन् । नेपालमा स्तन र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको उनीहरुको भनाई छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक एक जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताए । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष दुईसय पुगिसकेको जानकारी उनले दिए । नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर र…
भैरहवा, २१ माघ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर स्थापना दिवस मनाउने भएको छ । कार्यालयले माघ २२ गते सोमबार विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको हो । वि.स.२०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको रुपमा हालको सिद्धार्थनगर नगरपालिका स्थापना भएको थियो । स्थापना भएदेखि कार्यालयले पहिलो पटक स्थापना दिवस मनाउन लागेको हो । ‘माघ २२ गते हामी सबै नगरवासीहरुको लागि ऐतिहासिक दिन हो’ उनले भने, ‘त्यसैले उक्त दिन विभिन्न कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाउने र मनाउनका लागि नगरवासीहरुमा आग्रह समेत गर्दछौँ ।’ स्थापना दिवसको अवसरमा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान, दीप प्रज्वलन लगायत कार्यक्रम गरी मनाइने सिद्धार्थनगर नगरपालिका वडा…
काठमाडौं, २० माघ । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे । आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १/१ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो…
बागमती, २० माघ । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ थियो । रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५…
उदयपुर, २० माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् । रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबिच सहमतिको प्रयास जारी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए । प्रधानमन्त्री प्रचण्डले उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरे ।
भैरहवा, २० माघ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ कार्यालय, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रथम वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० को उपाधि मेउडिहवा सुपर किंग्सले जितेको छ । सिद्धार्थनगर–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा झण्डीबजार सुपर किंग्सलाई ६ रनले पराजित गर्दै मेउडिहवा सुपर किंग्सले उपाधि जितेको हो । विजेता मेउडिहवा सुपर किंग्स टीमले नगद रु. ११ हजारसहित ट्रफी तथा उपविजेता झण्डीबजार सुपर किंग्सले नगद रु. ८ हजारसहित ट्रफी पाएको सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । उनले प्रथम वडा कप क्रिकेट प्रतियोगितामा खेलाडीहरुको उत्साहजनक सहभागीता रहेको बताए । फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको मेउडिहवा…
काठमाडौं,२० माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् । ‘…देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘ देश बर्बाद हुदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं ।’ उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने,…