Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताप्रति उत्तरदायी भएर कानुन बनाउन आफ्नो पार्टी पूर्ण तयारीका साथ यसपालीको सदनमा आएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकपश्चात उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । विधेयकहरुमा सरकारले ध्यान दिएन भने जिम्मेवार दलका तर्फबाट गर्नुपर्ने कामको तयारीका साथ आएको उनले बताए । उनले भने, ‘ध्यान दिनुपर्ने विधेयकहरुमा सरकारले ध्यान दिएन भने प्राइभेट बिल समेत ल्याएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुका लागि हामी काम गरिरहेका छौ । यसपटकको सदनलाई प्रभावकारी बनाउनको लागि जिम्मेवार राजनीतिक दलका तर्फबाट हामीले गर्नुपर्ने कामको तयारीका साथ आएका छौं ।’ उनले जनताप्रति उत्तरदायी सदन भएको भन्दै यसलाई सत्ता टिकाउने…

Read More

विराटनगर, २२ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा माघ २६ देखि २८ गतेसम्म १३औँ संस्करणको ‘प्याब्सन स्पोट्र्स मिट’ हुने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्याब्सनले स्पोट्र्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २ सय १० वटा विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने जनाएको छ । अध्यक्ष प्रेमलाल सिंह सुवालका अनुसार ती विद्यार्थीले दर्जनभन्दा बढी विधाका खेल प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता अन्तर्गतका खेलहरू सहिद मैदान, विराटनगर जुट मिलको खेलमैदान र एभरेस्ट कलेजको खेल मैदानमा हुनेछ । प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुन सहयोग गर्ने उनले बताए । स्पोट्र्स मिटमा एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट लगायत…

Read More

भैरहवा, २२ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रवक्तामा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) नियुक्त भएका छन् ।  गत माघ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले यादवलाई नगर प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव चेतनशील लम्सालले जानकारी दिए । यादव ०७४ र ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

Read More

काठमाडौं, २२ माघ । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले डीपीआर बनाउन छलफल अगाडि बढाएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले डीपीआर बनाइने बताए । गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजनाको उक्त समस्याको स्थायी समाधानका लागि मन्त्रालयले पुल्चोक क्याम्पसलाई तीन हप्तामा अनुसन्धान गरि प्रतिवेदन बुझाउन आग्रह गरेको जानकारी उनले दिए । क्याम्पसले अनुसन्धान प्रतिवेदन बुझाएपछि सम्बन्धित निकायहरुसँग छलफल गरि संरचना सार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मेलम्ची खानेपानीका लागि स्थापनाकालमा जुन इन्टेक बन्यो, त्यो इन्टेक दुई वर्षअघिको बाढीले ठूलो क्षति गरिदिएको छ । आयोजनाका…

Read More

भैरहवा, २२ माघ ।सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५६ वर्षपछि नगरपालिकाको कार्यालयले पहिलो पटक विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । वि।स २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालिन श्री ५ को सरकारद्धारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरवासीहरुको सहभागितामा नगरमा…

Read More

विराटनगर, २१ माघ । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् । हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनमा देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए । सम्मेलनको नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा एक हजारभन्दा बढी थारू समुदायको…

Read More

काठमाडौं, २१ माघ । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना गरेको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला सुनाएको हो । सजाय निर्धारण गर्दै अदालतले तामाङलाई बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ भराउन समेत आदेश दिएको छ ।  त्यस्तै, तामाङकी श्रीमती सृजना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको छ । सहकारी ठगी प्रकरणमा…

Read More

भैरहवा, २१ माघ । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनित भएका छन् । गुप्तालाई आइतबार (आज) पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले जिल्ला इन्चार्जमा मनोनित गर्नुभएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि आफू जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँछन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । ‘विकास, सुशासनका लागि काम गर्छौं, जनताको हकअधिकारका निम्ति लागिपरेका छौं र लागिपर्नेछौं, पूराना नेता–कार्यकर्ताको उचित मूल्यांकन गर्दै नयाँ कार्यकर्तालाई पनि…

Read More

काठमाडौं, २१ माघ ।  चिकित्सकहरुले महिलाहरुले प्रजनन् अंगहरुको उपचारमा ढिलाइ गर्दा क्यान्सरको जोखिम बढेको बताएका छन् । नेपालमा स्तन र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको उनीहरुको भनाई छ ।  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक एक जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताए । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष दुईसय पुगिसकेको जानकारी उनले दिए । नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर र…

Read More

भैरहवा, २१ माघ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर स्थापना दिवस मनाउने भएको छ । कार्यालयले माघ २२ गते सोमबार विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको हो । वि.स.२०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको रुपमा हालको सिद्धार्थनगर नगरपालिका स्थापना भएको थियो । स्थापना भएदेखि कार्यालयले पहिलो पटक स्थापना दिवस मनाउन लागेको हो । ‘माघ २२ गते हामी सबै नगरवासीहरुको लागि ऐतिहासिक दिन हो’ उनले भने, ‘त्यसैले उक्त दिन विभिन्न कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाउने र मनाउनका लागि नगरवासीहरुमा आग्रह समेत गर्दछौँ ।’ स्थापना दिवसको अवसरमा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान, दीप प्रज्वलन लगायत कार्यक्रम गरी मनाइने सिद्धार्थनगर नगरपालिका वडा…

Read More