


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ४ भदौ। रुपन्देहीमा पछिल्लो साउन महिनामा महिला छिमेकी सँग झगडाको घटनामा कमी आएको छ। गत असार महिनामा मात्रै जिल्लामा महिला छिमेकी सँगको झगडा भएको भन्दै प्रहरी कार्यालयमा ६३ वटा घटना (ठाडो निवेदन) दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको साउन महिनाको विवरण अनुसार, साउनमा महिनामा जिल्लामा महिला छिमेकीसँग झगडाको ४४ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा दर्ता भएको थियो। जसमध्ये २४ वटा निवेदनउपर छलफल गरी मिलापत्र गराइएको छ। ४४ वटा उक्त घटनामा सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका ४२ जना व्यक्ति संग्लन रहेको विवरणमा उल्लेख छ।
नवलपरासी,४ भदौ। पूर्वी नवलपरासीमा दुई दिनदेखि बेपत्ता रहेका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्दार गरिएको छ। प्रहरीका अनुसार, भदौ २ गते बिहान गैँडाकोट नगरपालिका–१४, भागरकी हेमकुमारी आले घरनजिकै शंखदेवी सामुदायिक वनबाट च्याउ टिपेर फर्किएपछि नाती शिवान तामाङ घरमा थिएनन् । नाबालक शिवान फेला नपरेपछि परिवारले प्रहरी कार्यालयमा निवेदन दिएको थियो। खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवान शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।
काठमाडौं,४ भदौ। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधवार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै बुधवार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएकोले बिहीवार २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भैरहवा,४ भदौ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज शोक बिदा दिएको छ। नगर कार्यपालिका सदस्य सुभावती चमारको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो। नगरप्रमुख इश्तियाक अहमद खाँका अनुसार, सुभावतीको भदौ ३ गते बुधबार राती आफ्नै निवासमा निधन भएको हो। ‘सुभावती चमारले नगरपालिकाको विकास, सुशासन र जनसेवामा पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ,‘दुःखद घडीमा सिद्धार्थनगर नगरपालिका परिवार दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रतिन गहिरो समवेदना व्यक्त गर्दछौं।’ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ निवासी सुभावती नेकपा (एमाले) बाट निर्वाचित भएकी थिइन्।
काठमाडौं,३ भदौ। प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरुबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छलफल गरेका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल जारी रहेको छ। दलको बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ। पार्टीको नीति र अनुशासन विपरीत सांसद बोल्न थालेपछि पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशन दिने बताइएको छ। सदनमा विधि र प्रक्रियाको पालना नगरेको भन्दै रास्वपा सांसदको आलोचना हुँदै आएको छ। संसदीय दलका नेता रास्वपाका वरिष्ठ नेता एवम् प्रधानमन्त्री भएपछि उनी बैठकमा सहभागी छैनन्। बैठकमा रास्वपाका मन्त्री र सांसद सहभागी छन्।
कपिलवस्तु,३ भदौ। कपिलवस्तुमा ५ नाल भरुवा बन्दुक बरामद भएको छ । जिल्ला वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार, फेला परेका बन्दुकमध्ये ३ नाल साबुत अवस्थामा रहेका छन् भने २ नाल बेसाबुत अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
दाङ,३ भदौ। सरकारी अनुदानमा प्राप्त रासायनिक मल कालोबजारी गरेको आरोपमा दाङमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ। घोराहीका सोहनलाल चौधरी , कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले उनीहरुलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७, सिसहनियामा ट्याक्टरमार्फत डिएपी र युरिया मल बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनीहरुको साथबाट ५३ बोरा डिएपी र चार बोरा युरिया बरामद गरिएको थियो। अनुसन्धानका क्रममा बङ्गलाचुली–५ स्थित सहकारीका लागि १३० बोरा डिएपी र १८० बोरा युरिया खरिद गरिएको खुलेको छ। उक्त मल लक्षित…
भैरहवा, २ भदौ।जनता समाजवादी पार्टी नेपाल, लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेसँग स्पष्टीकरण माग गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको विश्वासको मतको पक्षमा मतदान गर्ने प्रदेशसभा संसदीय दलको निर्णय र ह्वीप विपरीत कार्य गरेको भन्दै संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयले काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेका हुन्। यता, लुम्बिनी प्रदेश सरकारलाई निर्णय विपरीत मतदान गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशसभा सदस्य एवं संसदीय दलको नेता सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण माग गरिसकेको छ। लुम्बिनी प्रदेश सांसद पाण्डेयसँग पार्टीले माग्यो स्पष्टीकरण पार्टीले पाण्डेयसँग स्पष्टीकरण माग गरेकै दिन पाण्डेयले पनि सांसद काफ्लेसँग स्पष्टीकरण माग गरेका हुन्। पाण्डेयले…
काठमाडौं, २ भदौ। नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहितका पूर्वपदाधिकारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराका अनुसार, रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। अनियमितताबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
काठमाडौं,२ भदौ। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाको पद रिक्त भएको छ। प्रदेशसभा सचिवालयका अनुसार, संविधानमा भएको व्यवस्थाबमोजिम सभामुख भीमबहादुर भण्डारीले देउवाको प्रदेशसभा सदस्य पद रिक्त गर्ने निर्णय गरेका हुन्। देउवा पूर्वजानकारी नदिई लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहँदै आएका थिए। उनी लगातार २७ वटा बैठकमा सहभागी नभएको सचिवालयले जनाएको छ। देउवा पछिल्लो ११ महिनादेखि अमेरिकामा रहेको बताइएको छ। लामो समयसम्म बैठकमा अनुपस्थित रहे पनि त्यसबारे प्रदेशसभा सचिवालयलाई आवश्यक जानकारी नदिएको आधारमा सभामुखले पदमुक्त गर्ने निर्णय गरेका हुन्।