


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३० असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका कमजोरी र विकृति हटाउँदै कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढ्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी आन्तरिक अलमलमा अल्झिएर बस्न नहुनेमा जोड दिएका हुन्। थापाले पार्टीलाई स्वच्छ र व्यवस्थित बनाउँदै विभिन्न पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताए। सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धामा मात्रै सीमित नभई समसामयिक मुद्दामा गम्भीर छलफल र बहस गर्नुपर्ने उनको भनाइ थियो। समाजमा रहेका विभिन्न समस्या समाधान गर्न सबै प्रश्नको उत्तर आफूसँग नहुन सक्ने उल्लेख गर्दै उनले समस्याबाट भाग्नुभन्दा तिनको पहिचान र समाधानका लागि गहन विमर्श आवश्यक रहेको बताए। कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार…
काठमाडौं,३० असोज। पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। विजया दशमीको शुभकामना सन्देश जारी गर्दै उनले यस वर्षको वर्षायाममा भोटेकोशी र बुढीगण्डकीमा आएको बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन्। विपद्बाट उत्पन्न पीडा न्यूनीकरण गर्न पूर्वतयारी र सावधानी अपनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्। उनले जनताको पीडा नै सिंगो देश र राज्यको साझा पीडा भएको उल्लेख गर्दै विपद् प्रभावित नागरिकको शीघ्र पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। पुनर्निर्माणका क्रममा बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने…
भैरहवा,३० असोज। भारतबाट अवैध रुपमा ल्याइएको पेन्ड्राइभ सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको मोबाइल टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित बाइपास क्षेत्रमा चेकजाँचका क्रममा ५ लाख ३९ हजार रुपैयाँ बराबरको ९८० थान पेन्ड्राइभ बरामद गरेको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार, बरामद सामग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।
भैरहवा,३० असोज। रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले दसैँ बिदाको अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा भए पनि बहिरङ्ग सेवा (ओपीडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित रुपमा संचालनमा रहने जनाएको हो। अस्पतालका अनुसार, बिदाको समयमा कुकुरले टोकेपछि लगाइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोप सेवा आकस्मिक सेवा विभागमार्फत सञ्चालन हुनेछ। यस्तै, सामाजिक सेवा इकाईबाट उपलब्ध हुँदै आएका सेवाहरु अस्पतालको काउन्टरबाट प्रदान गरिनेछ। अस्पतालले बिदाका बेला स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा आकस्मिक सेवा विभागमा सम्पर्क गर्न सेवाग्राही तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
काठमाडौं,३० असोज। अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट ठहरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यस वर्षको प्रहरी व्याटन–२०८३ प्राप्त गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन प्रदान गरेका हुन्। प्रहरी प्रधान कार्यालयले विभिन्न प्रदेश प्रहरी कार्यालयको कार्यसम्पादन, कार्यकुशलता, व्यावसायिक दक्षता तथा जिम्मेवारी निर्वाहको मूल्याङ्कन गरेको थियो। उक्त मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रथम हुँदै प्रहरी व्याटन प्राप्त गर्न सफल भएको हो।
काठमाडौं,२९ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना कारवाही गरेको छ। नेपाल प्रहरीका एक डीआईजीले सहकारीको ऋण असुलीको विषय मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको र धम्की दिएको दाबीसहित ‘एबी राई’ को नाममा आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले उजुरी नदिएको र हस्ताक्षरसमेत आफ्नो नभएको आयोगसमक्ष सनाखत गरेका थिए। त्यसपछि मगरले राईको जानकारी र सहमतिबिना उनको नाम र हस्ताक्षर प्रयोग गरी उजुरी दिएको स्वीकार गरेका थिए। दुवैले डीआईजीले रकम मागेको वा धम्की दिएको भनिएको घटना…
भैरहवा,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार, योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन, आधुनिक प्रयोगशाला र पुस्तकालय निर्माण गरिने बताइएको छ। पहिलो चरणमा छनोट भएका विद्यालयमध्ये मधेश प्रदेशका ३३ वटा छन्। लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्। जसमा भैरहवास्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयसहित रुपन्देहीको ८ र दाङका ६ वटा विद्यालय समावेश छन्। त्यस्तै…
भैरहवा, २८ असोज। रुपन्देही प्रहरीले ठूलो परिमाणमा चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-९ का ५३ वर्षीय लुकबहादुर रखाल रहेको प्रहरीले जनाएको छ। बुटवलको नयाँ बसपार्कमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले ३६ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित रखाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
भैरहवा,२८ असोज। रुपन्देहीको भैरहवामा डान्डिया र भगवती रात्रि जागरण कार्यक्रम हुने भएको छ। श्री श्री सार्वजनिक दुर्गा पूजा समितिको आयोजनामा आगामी कार्तिक २ गते सोमबार डान्डिया कार्यक्रम तथा कार्तिक ३ गते मंगलबार भगवती रात्रि जागरण सञ्चालन गरिने भएको हो। आयोजकका अनुसार कार्तिक ३ गते साँझ ७ बजेदेखि राति १ बजेसम्म भगवती रात्रि जागरण सञ्चालन हुनेछ। कार्यक्रममा भारतका विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ। नेपाली समाजको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै माता दुर्गाप्रतिको श्रद्धा र भक्तिभाव अभिव्यक्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको समितिका अध्यक्ष रवि जयसवालले बताए। धार्मिक आस्था र सांस्कृतिक उत्सवलाई एकै ठाउँमा जोडेर समाजमा आपसी सद्भाव, एकता र…
मर्चवार,२७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवर क्षेत्रीले रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–५ स्थित प्रसिद्ध मर्चवारीदेवी मन्दिरमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएकी छन्। मन्दिरको दर्शन गर्न पुगेकी सांसद कुँवरले मन्दिरको प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने बताइन्। ‘मर्चवारीदेवी मन्दिरका बारेमा मैले पहिलेदेखि नै सुन्दै आएकी थिएँ । दर्शन गर्न धेरैपटक आउने प्रयास गरे पनि विभिन्न कारणले सम्भव भएको थिएन । यसपटक दशैंको अवसरमा दर्शन गर्न पाउँदा खुसी छु’,उनले भनिन्। रुपन्देही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले मर्चवारीदेवी मन्दिरलाई पर्यटनसँग जोड्न तथा राष्ट्रियस्तरमा…