


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२ मंसिर। सशस्त्र प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, पत्थरडाँडाबाट करिब २१ लाख १० हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स र ढुवानीमा प्रयोग भएको गाडी बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो। बरामद सामग्रीमा अन्दाजी ५ लाख रुपैयाँ मूल्यको मोबाइल कभर, १ लाख १० हजार रुपैयाँ मूल्यको मोबाइल टेम्पर ग्लास र ढुवानीका लागि प्रयोग गरिएको १५ लाख रुपैयाँ मूल्य बराबरको बोलेरो गाडी रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि…
भैरहवा,२ मंसिर। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा स्वच्छ बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले यात्रु, चालक र सहचालकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममार्फत सार्वजनिक यातायातमा अनिवार्य रुपमा डस्टबिन राख्न, सवारीसाधनभित्र जथाभावी फोहोर नगर्न तथा निस्कने फोहोर डस्टबिनमै व्यवस्थापन गर्न आग्रह गरिएको छ। त्यसैगरी, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु नराख्न र यात्रुको सुरक्षित तथा सहज यात्रालाई प्राथमिकता दिन चालक तथा सहचालकलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सार्वजनिक यातायातलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन यात्रु, चालक, सहचालक तथा यातायात व्यवसायी सबैको सक्रिय भूमिका आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ।
म्याग्दी, २ मंसिर। म्याग्दीको मालिका गाउँपालिका-५ मल्कवाङ घरथोकस्थित वनमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले गस्तीका क्रममा लुकाएर राखिएको उक्त बन्दुकहरु फेला पारेको नेपाल प्रहरीले जनाएको छ । बरामद बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत अवस्थामा छन्। ती बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २ मंसिर। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटघाट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरुले तयारी तीव्र पारेको बताए। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने दलेलाको भनाइ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
काठमाडौं, २ मंसिर। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चार सय ग्राम बढीे सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दुई वटा छुट्टाछुट्टै घटना सुनसहित दुवै पक्राउ परेका हुन्। विमानस्थल सुरक्षा कार्यालयले नेपाल एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका चीनको जिलिनका ५८ वर्षीय जियानहुवा वाङले मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३.७७ ग्राम सुन बरामद गरेको हो। भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुन बरामद बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यस्तै बुधवार नै हिमालयन एयरलाइन्समार्फत दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लिलाई पनि १ किलो ६०५ ग्राम सुनसहित विमानस्थलमा पक्राउ गरिएको सशस्त्र प्रहरीले…
सर्लाही,२ मंसिर। प्रहरीले सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन रायलाई पक्राउ गरेको छ। उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको दस्तखत किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको विषयमा प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो। सोही उजुरीको आधारमा गत असोज १६ गते जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पालिका अध्यक्ष रायलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा,१ मंसिर। लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन हुँदै आएको छ। लुम्बिनी बचाउ महाअभियानले मंगलबार पनि डोल्माउपर छानबिन र नियुक्ति खारेजीको माग गर्दै लुम्बिनीमा प्रदर्शन गरेको छ। स्थानीय महिला, जेनजी युवा, महाअभियानका पदाधिकारीको सहभागीतामा लुम्बिनीको पर्सा चोकदेखी सुरु भएको प्लेकार्डसहितको र्याली लुम्बिनी बिकास कोष परिसरमा पुगेर कोषण सभामा परिणत भएको थियो । महाअभियानले नियुक्ति खारेज नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिदैँ आएको छ। लुम्बिनी बिकास कोषको कार्यालय परिषरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको मान्यताविपरीत रहेको बताए। उनले नियुक्ति तत्काल बदर गर्न सरकारसँग…
काठमाडौं,१ मंसिर। प्रहरी महानिरीक्षक पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि (बुधवार) पहिलो सुनुवाइ हुने भएको छ। यसअघि हिजोका लागि पेसी तोकिएको भए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा…
काठमाडौं,१ मंसिर। नेपाल प्रहरीका आईजीपी डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले वित्तीय अपराधको स्वरुपमा आएको परिवर्तन र अपराधमा प्रविधिको बढ्दो प्रयोगले अनुसन्धानका क्षेत्रमा नयाँ चुनौती थपिएको बताए। उनले वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच आपसी समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान अपरिहार्य रहेको उल्लेख गरे। उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीले…
भैरहवा,१ मंसिर। पछिल्लो केहीदिन यता नेपालको स्थानीय बजारमा सुन र चाँदी मूल्य निरन्तर ओरालो लागिरहेको छ। तिहारपछि कारोबार सुरु भएयता लगातार तेस्रो दिनपनि सुन र चाँदीको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा १ हजार ९०० र चाँदीमा ३० रुपैयाँले गिरावट आएको छ। अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० कायम भएको छ। त्यस्तै सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा किनबेच भएमो आज ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।