Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१३ कात्तिक। अवैध रुपमा दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, यादवले विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत कानुनविपरीत क्रिप्टोकरेन्सी (यूएसडीटी) को ठूलो परिमाणमा कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले यादवको बाइनान्स खातामार्फत दुई अर्ब १६ करोड एक लाख २० हजार आठ सय २१ रुपैयाँ बराबरको कारोबार भएको फेला पारेको जनाएको छ। पक्राउ परेका यादवमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी…

Read More

अर्घाखाँची,१३ कात्तिक। लुम्बिनी प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण गर्दै युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्न ब्याज अनुदान कार्यक्रम ल्याउने तयारी गरेको छ। कृषि, उत्पादन तथा साना उद्योग सञ्चालन गर्न चाहने युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको कार्यविधि निर्माण कार्य भइरहेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार अर्घाखाँचीमा उद्योगी तथा व्यवसायीसँगको छलफलमा युवालाई उद्यमी बनाउने कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताए। उनले कृषि र उत्पादनमूलक क्षेत्रमा युवाको आकर्षण बढाउन ब्याज अनुदान उपलब्ध गराउने योजना रहेको जानकारी दिए। व्यवसाय सञ्चालनमा देखिएका कानुनी तथा नीतिगत समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले व्यवसायीका सुझावका आधारमा आवश्यक कानुन र नीतिमा सुधार गरिने…

Read More

भैरहवा, १३ कात्तिक। सशस्त्र प्रहरी बल, नेपालले लामो समयदेखि बिदा तथा अनुमति बिना कार्यस्थलमा अनुपस्थित रहेका सात जना कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आ-आफ्नो कार्यालयमा हाजिर हुन भनेको हो। कार्यालयले गैरहाजिर रहनुको उचित कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। तोकिएको अवधिभित्र कार्यालयमा उपस्थित नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) अनुसार विभागीय कारबाही हुने सूचनामा उल्लेख छ।

Read More

काठमाडौं, १३ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेका छन्। सुरुवाती ६ खेलमा सबै ‘प्लेयर अफ द म्याच’ अवार्ड नेपाली खेलाडीले जित्दै नयाँ कीर्तिमान बनाएका हुन्। प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीका शेर मल्ल, दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरी, तेस्रो म्याचमा कर्णालीका युनिसविक्रम ठकुरी, चौथो म्याचमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्सका राहुल यादव र छैठौँ म्याच कर्णाली याक्सका कप्तान सोमपाल कामी खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। विशेषगरी युवा बलर राहुल यादवले दुई खेलमा ६ विकेट लिँदै आफ्नो क्षमता देखाएका छन्। यस्तै, कप्तान सोमपाल कामीले…

Read More

अर्घाखाँची,१३ कात्तिक। अर्घाखाँची जिल्लाका नागरिकले अब सवारी साधनको राजस्व बुझाउन तथा सवारी दर्ता किताब (ब्लूबुक) नवीकरण गर्न बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। जिल्लामै पहिलोपटक ब्लूबुक नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अर्घाखाँचीबाटै गर्न सकिने भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित एक कार्यक्रमबीच उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री आचार्यले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरणसमेत गरे। लामो समयदेखि जिल्लावासीले माग गर्दै आएको सेवा प्रदेश सरकारले जिल्लामै उपलब्ध गराउन सफल भएको मुख्यमन्त्री आचार्यले बताए। जिल्लाबाटै यातायातसम्बन्धी सेवा सुरु हुनु स्थानीय नागरिकका लागि खुसी र गौरवको विषय भएको उनको…

Read More

भैरहवा,१२ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलेर भित्राइएको आइफोन लगायत विभिन्न सामग्री बरामद गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा ग २ ख २१५१ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको सामग्री बरामद भएको हो । कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार, बसबाट ५ थान आईफोन, कम्प्रेसर मेसिन, दूध पाउडर, सर्फलगायत ७ लाख १० लाख बढीमूल्य बराबरको सामग्री बरामद भएको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी पोष्ट बसपार्क, रुपन्देहीमा बुझाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Read More

सिरहा,१२ कात्तिक। सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता एंव डीएसपी जिवन निरौलाका अनुसार, सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट भारतका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले भारतबाट मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई रोक्न खोज्दा भागेपछि चेतावनी स्वरुपमा एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, १२ कात्तिक। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण सम्भावित भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानसम्बन्धी सूचनाअनुसार चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएकाले आगामी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ। जिल्ला प्रशासन कार्यालयले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ। त्यस्तै, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई सर्वसाधारणलाई…

Read More

भैरहवा,१२ कात्तिक। भारतबाट भन्सार छलेर भित्राइएको लत्ताकपडा लगायतका सामग्री बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, पिपलबोट क्षेत्रमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरीको मुख्यालयका अनुसार, बरामद गरिएका सामानको अनुमानित मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१२ कात्तिक। नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने भएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार शुल्क संकलन सुरु गर्न लागिएको जनाएको हो। सरकारले गत चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने विभिन्न प्रकारका सवारीसाधनका लागि शुल्क निर्धारण गरेको थियो। सवारीसाधनको वर्ग र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा फरक–फरक दस्तुर निर्धारण गरेको छ। निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी,…

Read More