


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
कपिलवस्तु,२९ भदौ। कपिलवस्तुमा सुनका गहना चोरीको आरोपमा प्रहरीले ६ जना महिलाहरुलाई पक्राउ गरेको छ । हरितालिका तीजको दिन जिल्लाको तौलेश्वरनाथ महादेव मन्दिरमा पूजाआजाका लागि आएका श्रद्धालुको सुनको सिक्री र लकेट चोरी गरेर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए । पक्राउ परेका सबै महिला भारतीय नागरिकहरु हुन्। उनका अनुसार, गत वर्षको तीजमा समेत तौलेश्वरनाथ मन्दिरबाट यही समुहले सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानका खुलेको छ। पक्राउ परेका महिला समूहबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका आरोपीहरुको नामवली : १) देश भारत उत्तर प्रदेश राज्य महराजगंज जिल्ला प्रतावल पोष्ट सम्देवराह थाना…
काठमाडौं,२९ भदौ। गृह मन्त्रालयले सेवाग्राहीलाई छिटोछरितो, सरल, प्रभावकारी र विचौलियामुक्त सेवा उपलब्ध गराउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानूनी रुपमा रकम असुल गर्ने व्यक्तिमाथि निगरानी बढाई कानूनबमोजिम कारबाही गर्न निर्देशन दिइएको छ। त्यस्तै, अपांगता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न भनिएको छ। परिपत्रमा जिल्ला प्रशासन कार्यालयका नागरिक सहायता कक्षबाट कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि…
काठमाडौं,२९ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै परिचय दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी एंव प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीका अनुसार, पक्राउ परेका विश्वकर्माले आफू विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरुमा प्रवेश गरी दबाब दिने तथा धाक–धम्की दिने गरेको सुचनाका आधारमा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनी कुनै पदमा नरहेको पाइएको रउनीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर…
मर्चवार,२९ भदौ। रुपन्देही मर्चवारी गाउँपालिकामा बाल दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ। गाउँपालिका–६ हणसरीस्थित श्रीराम गुरुकुल शिक्षालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षक तथा सुरक्षाकर्मीको सहभागितामा निकालिएको प्रभातफेरी हणसरी टोल र फुलवरिया चोक हुँदै गुरुकुलको प्राङ्गणमा सम्पन्न भएको थियो। मर्चवार क्षेत्रमा गुरुकुल शिक्षाको सुरुवातका रुपमा चालु शैक्षिक वर्षदेखि सञ्चालनमा आएको श्रीराम गुरुकुलमा पहिलोपटक बाल दिवसका अवसरमा प्रभातफेरी आयोजना गरिएको वडा नं. ६ का वडाध्यक्ष रामसेवक खरबिन्दले जानकारी दिए। उनका अनुसार बालबालिकालाई औपचारिक शिक्षासँगै संस्कार, अनुशासन, नैतिकता र धार्मिक ज्ञान प्रदान गर्ने उद्देश्यले स्थानीय तहको पहलमा गुरुकुल सञ्चालन गरिएको हो।
भैरहवा,२५ भदौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। यसअघि गत वैशाखमा पनि लुम्बिनी प्रदेशका डीआईजीको विशेष टोलीले यही क्यासिनोमा छापा मारेको थियो। त्यस क्रममा जुवा खेलिरहेको आरोपमा १५ जना नेपाली नागरिक तथा जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीसहित १९…
भैरहवा,२५ भदौ। जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशले समितिका कोषाध्यक्ष बच्छुलाल केवट र सदस्य राजकुमार लोधलाई कारवाही गरेको छ। पार्टीको नीति, सिद्धान्त, निर्णय र विधानविपरीत गतिविधिमा संलग्न भएको तथा पार्टीको हित र अनुशासनविपरीत कार्य गरेको आरोपमा उनीहरुमाथि कारबाही गरिएको जसपा नेपाल लुम्बिनी प्रदेशले जनाएको छ। अन्य राजनीतिक दलको प्रचारप्रसारमा समेत सक्रिय रहेको पार्टीको दावी छ। जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार विधान तथा प्रचलित नियमबमोजिम दुवैजनालाई भदौ २४ गतेदेखि लागू हुने गरी पार्टीको सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको हो।
दाङ, २५ भदौ। लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रुपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले यातायात सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयमार्फत सेवा सञ्चालन गर्ने निर्णय छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए। सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यातायातसम्बन्धी अधिकार विस्तार गर्न लागिएको बताए।…
कपिलवस्तु,२५ भदौ। कपिलवस्तुको पुरातात्विक सम्पदा तिलौराकोटको संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिने भएको छ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातत्व विभागले अधिग्रहण प्रक्रिया अघि बढाएको हो। किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष र अन्य पुरातात्विक अवशेष फेला परेपछि ती क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको विभागले जनाएको छ। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ (ख) र मालपारा–४ (क) अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ। जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम सम्बन्धित जग्गाधनी तथा सरोकारवालालाई सूचना जारी गरी प्रक्रिया अघि बढाइएको छ। थप जग्गा अधिग्रहणपछि तिलौराकोट क्षेत्रका…
राजविराज, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक विपन्न महिलाले सडकपेटीमै शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवान प्रसव पीडा सुरु भएपछि मंगलबार राति श्रीमान् र आफन्तसँगै अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार, अस्पतालमा अल्ट्रासाउन्ड, रगत तथा पिसाब परीक्षण गर्न करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताइएको थियो। रकम अभाव भएपछि परीक्षण नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूहरुलाई अस्पतालबाट बाहिर निकालिएको पीडित परिवारको दाबी छ। त्यसपछि अस्पताल परिसरबाहिर औषधि पसलनजिकै बसेकी ववितालाई प्रसव पीडाले च्यापेपछि बाध्यताबस सडकपेटीमै छोरालाई जन्म दिइन्। छोरा जन्माएपछि परिवारले सालनालसहितको शिशु बोकेर अस्पतालमा पुगे । तर पनि…
काठमाडौं,२५ भदौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनमा दिएकी छिन्। मन्त्री यादवले बिहीवार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार संसदको उद्योग समितिको बैठकमा उनले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’ उनको अभिव्यक्तिप्रति उद्योगीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।