


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्रमा ५ बाट तौफिक अहमद खानलाई चुनावी मैदानमा उतार्ने भएको छ । युवापुस्ताले निर्वाचन क्षेत्रमा युवा उम्मेदवार खोजिरहेको बेला रास्वपाले रुपन्देही-५ बाट खानलाई उम्मेदवार बनाएको हो ।खानको रुपन्देही-५ मा राम्रो पकड रहेको मानिन्छ । खान एक रणनीतिक सल्लाहकार, वातावरणीय अभियन्ता र नीति विशेषज्ञ हुन् । खानको करियर १५ वर्षभन्दा बढी समयदेखि शासन, दिगो विकास र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धसँग सम्बन्धित क्षेत्रमा फैलिएको छ। उनले वातावरणीय नवप्रवर्तन, नगरपालिका विकास र सीमापार सहयोगका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका छन्। रणनीतिक सल्लाहकारको रुपमा, खानले राष्ट्रिय नेताहरु, स्थानीय सरकार र युवा…
भैरहवा, ५ माघ। लुम्बिनी प्रदेश सभाका सदस्य कन्हैया बनियाले पदबाट राजीनामा दिएका छन् । ०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट उनी निर्वाचित भएका थिए । राजीनामा दिएका कन्हैयाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-४ मा उम्मेदवारी दिने बुझिएको छ । प्रदेश सरकारले क्षेत्रमा विकास गर्न नसकेको अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले पदबाट राजीनामा दिएको सार्वजनिक गरिएको पत्रमा उल्लेख छ ।
भैरहवा, ५ माघ। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले ४८ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लाग्नुअघि नै प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो। को कहाँ पुगे ? हेर्नुहोस् सूची :
काठमाडौं,५ माघ। नेपाल प्रहरीका ६७ जना डीएसपीहरुको सरुवा भएको छ । निर्वाचन आचारसंहिता लाग्नुअघि नै प्रहरी मुख्यालयको मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ६७ जना डीएसपीको सरुवा गरेको हो। को-कहाँ पुगे ? हेर्नुहोस् सूची :
काठमाडौं, ५ माघ । नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा भएको छ। सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका भूपेन्द्र बहादुर खत्रीलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिइएको छ भने लुम्बिनीमा रहेका राजेन्द्र प्रसाद भट्टलाई प्रहरी मुख्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको छ । कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :
काठमाडौं, ५ माघ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते मन्त्री भएका गुप्ताले राजीनामा दिएका हुन्। चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उनले राजीनामा दिएको बुझिएको छ ।
काठमाडौं,४ माघ ।घुस असुलीको आरोपमा दुई जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। उनीहरुमाथी दुई लाख रुपैयाँ लिएको आरोप छ । पक्राउ परेका दुवै जना प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
काठमाडौं,४ माघ । संयुक्त राष्ट्र सङ्घीय अन्तरिम सुरक्षा बल अबिये मिसन (युनिस्फा) को फोर्स कमाण्डरमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ नियुक्त भएका छन्। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले रथी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन्। यो नियुक्तिसँगै युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी प्राप्त गरेको छ। जसलाई ऐतिहासिक उपलब्धिका रुपमा लिइएको छ। नेपाली सेनाले सन् १९९३ देखि हालसम्म विभिन्न पाँचवटा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरुमा सात जना उच्च सैनिक अधिकृतलाई फोर्स कमाण्डरका रुपमा सफलतापूर्वक परिचालन गरिसकेको छ। रथी श्रेष्ठको नियुक्तिले नेपाली सेनाको शान्ति मिसनमा लामो समयदेखिको योगदान र विश्वासलाई निरन्तरता दिएको छ। नेपाली सेनाले यस…
काठमाडौं,४ माघ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि दश र पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ। निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातबारे जानकारी दिएको छ। त्यसमा उम्मेदवारी दर्ता गर्दा १० र पाँच हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख छ। आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर।’ महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। आयोगले भनेको छ, ‘महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो…
काठमाडौं,४ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा आचारसंहिता लागू हुने सरकारलाई जानकारी गराएको हो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।