


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौंं, २५ कार्तिक। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबा उर्फ भरत लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले हाडनाता करणी मुद्दामा २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेपश्चात सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी छ । भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेलाई नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।
बुटवल, २५ कार्तिक। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन्। त्यस्तै दलित…
काठमाडौं, २५ कार्तिक। जेन–जी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै उनले जेन–जी मुभमेन्टले बर्खास्तीको माग गरिएको हो । जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तीमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुनेगरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको उल्लेख छ । यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको…
पर्वत, २५ कार्तिक । पर्वतमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मोदी गाउँपालिका–६ दराकका ५१ वर्षीय जित बहादुर विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विजय यादवका अनुसार बलात्कार मुद्दामा जिल्ला कारागारबाट सोमबार निस्किएका जितबहादुरले राति ५२ वर्षीया सीता बिकलाई कुटपिट गरी सिरक ओढाएर घरमा राखेका थिए । घटनाबारे जानकारी प्राप्तपछि प्रहरीले अचेत अवस्थामा रहेकी सीताको उपचारका लागि अस्पताल पठाएको र जितबहादुरलाई नियन्त्रणमा लिएको थियो । प्रदेश अस्पताल पर्वतमा उपचारको क्रमममा मंगलबार बिहान सीताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
काठमाडौं,२५ कार्तिक। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन ४ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २९ सयले बढेर प्रतितोला सुन २ लाख ४१ हजार ५०० मा खरिदबिक्री भएको थियो। सुनसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला३ हजार १७० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौं,२५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ।’ होटलमा मधेशको मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो। मन्त्रिपरिषद् बैठकले मधेशको प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई…
काठमाडौं, २३ कात्तिक। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डेडिकेटेड तथा ट्रंक लाइनको विषयमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गर्दै सहमति कार्यान्वयन गर्न निर्देशन दिएको हो। गत कार्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग मौखिक सहमति गरेको थियो। बैठकमा उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको २८ किस्ताको एक किस्ता बराबर रकमलाई किस्ताका रुपमा नभई विवादित रकम मानी धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युत् लाइन तुरुन्त जोडिने सहमति भएको थियो । महासंघ अध्यक्ष चन्द्र…
काठमाडौं,२३ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका छन्। काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेटम सकिएको र भत्काउन लागेको भन्दै सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले मन्त्री गुप्ताले पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका हुन्। पौडेल तिनै हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी रुटिन अफ नेपाल बन्द नामक सामाजिक सञ्जालका सञ्चालक हुन्। पौडेल मेयर साह निकट मानिन्छन्। प्रसाईंले सुकुम्बासी बस्ती आफूले भत्काउन नदिने आश्वासन दिए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिब र सर्वहारा वर्गको उठिबास लगाएको पनि…
काठमाडौं,२३ कार्तिक। एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ। एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो। अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए। बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ। यसैगरी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाडौं,२३ कार्तिक । नेपालका क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् । हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ। योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ । शरदले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए। नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन् । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र…