Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

स्याङ्जा,२९ पुस। स्याङ्जा प्रहरीले भरुवा बन्दुक, बारुद लगायतका सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरुवा गाउँपालिका–६ लेवाका ७२ वर्षीय रामबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारको घर खानतलासीका क्रममा भरुवा बन्दुकको मर्मत कार्य भइरहेको अवस्थामा बन्दुकसहित सामग्री बरामद भएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए । उनका अनुसार एउटा एकनाले भरुवा बन्दुक, दुई वटा नाल भएको तर पाट पुर्जा जडान नभएको भरुवा बन्दुक र एउटा नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक बरामद भएको छ । त्यस्तै फलामे रड चार वटा, भरुवा बन्दुकको छुच्ची छ वटा, बारुद १४२ ग्राम, सिसाका छर्रा १०७ वटा, केप…

Read More

काठमाडौं,२९ पुस। नेपालबाट गत सन् २०२५ मा ५ सय १ जना विदेशी नागरिकलाई डिपोर्ट गरिएको छ । अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये ४ सय ३७ जना पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी समय ओभरस्टे गरेर बसेको र ६४ जना आपराधिक गतिविधिमा संलग्न थिए । भिसाको उद्देश्यविपरीत नेपालमा बसोबास गर्ने, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसुरमा संलग्न भई सजायँ भुक्तान गरिसकेकाहरुलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । सन् २०२५ मा ३६ विभिन्न मुलुकका १ सय १६ जना विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । अध्यागमन विभागका अनुसार भिसाको म्याद सकिएको, भिसाको…

Read More

भैरहवा, २९ पुस । भारतमा अवैध रुपमा भन्सार छलेर भित्राइएको मोबाइलको प्राईभेसी ग्लास प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका-९ ईट्टाभट्टीस्थित वेवारिसे अवस्थामा यूपी ५६ एन ६९२५ नम्बरको मोटरसाइकलमा रहेको चार हजार थान मोबाइलको प्राईभेसी ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जनाए । उनका अनुसार बरामद सामग्री १२ लाख मूल्य बराबरको रहेको छ । बरामद सामग्री र मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२९ पुस। चीनबाट अवैध रुपमा भित्राइएको इलेक्ट्रिक चुरोट (भेप) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी, भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा ना ६ ख ७५९१ नम्बरको कन्टेनर चेकजाँच गर्दा ८० कार्टुन इलेक्ट्रिक चुरोट बरामद भएको हो । भेप बरामदसँगै कन्टेनर चालकलाई पक्राउ गरिएको हो । बरामद भेप २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको रहेको बताइएको छ । उक्त इलेक्ट्रिक चुरोट ३–४ दिनअघि…

Read More

काठमाडौं,२९ पुस। नेपालको स्थानीय बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएकोमा मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ।

Read More

काठमाडौं,२९ पुस। भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। द न्यूज हिमाचलका अनुसार मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको हो । मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ टाकुराका रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले बताए। मृतक सबै एउटै गाउँका दुई परिवारका ९ जना रहेका छन् । मृत्यु हुनेहरुमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् । त्यस्तै ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक,…

Read More

काठमाडौं,२८ पुस । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक थिए। भण्डारीको ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ जस्ता कृतिहरु प्रकाशित छन्।

Read More

काठमाडौं,२८ पुस। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरण अनुसार, मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पदस्थापन गरिएको छ। यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पठाइएको छ भने बागलुङका सहायक प्रजिअ जनकराज…

Read More

काठमाडौं,२८ पुस। सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने निर्णय गरेको हो । यस्ता छन् निर्णयहरु : –अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने । –वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने । –२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने…

Read More

काठमाडौं,२८ पुस। नेपाल प्रहरीका १६ डीएसपी एसपी पदमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १६ डीएसपीलाई एसपी पदमा बढुवा गरेको हो। हेर्नुहोस् सूची :

Read More