


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ८ मंसिर। सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको जग्गाको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताए । नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत…
काठमाडौं,८ मंसिर। सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। सरकारका मुख्यसचिव एकनारायण अर्याल मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले अर्को मुख्य सचिव नियुक्त गरेको हो। २०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए।
काठमाडौं,८ मंसिर। नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले उनीहरु सरुवा गरेको हो। नेपाल प्रहरीको मुख्यालयले सोमबार जारी गरेको सरुवा सूची अनुसार प्रहरी हेडक्वार्टरको प्रबन्ध निर्देशनालयमा कार्यरत डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।कोशीका डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा भएपछि कोशी प्रदेश प्रहरी प्रमुखविहीन थियो। त्यस्तै प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। प्रदेश समन्वय विभागमा कार्यरत रहेका दिपककुमार बस्नेतलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा ल्याइएको छ ।
काठमाडौं,८ मंसिर। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरुमा पनि ऊर्जा थपिएको बताएका छन्। सोमबार बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढेसँगै अराजकता घटने बताए । मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबिच ध्रुवीकरण भएको उनको भनाई छ। ‘एमालेका कारण अरु दललाई पनि ऊर्जा थपिएको छ। एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो। जति राजनीतिक गतिविधि बढ्छन्, त्यति देशमा अराजकता घट्छ। एमाले फेरि लयमा फर्किएको छ’, उनले भने। बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी…
भैरहवा, ८ मंसिर। आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व संकलन गरेको हो। आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ। चार महिनामा चार अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व संकलनको लक्ष्य पाएको यो कार्यालयले पाँच अर्ब ३९ करोड ४६ लाख ६५ हजार संकलन गरेको छ। यो लक्ष्यको २७.३ प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव तीन प्रतिशत संकलन भएको प्रमुख पोख्रेलले जानकारी दिए। ‘गत आवको तुलनामा…
काठमाडौं,८ मंसिर। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ। भारतीय सीमा नाकामा कडाइले भारतीय अण्डा नआएको बेला संघले अण्डाको मूल्य बढाएको हो। संघको बैठकले एक्स एल साइजको ३० अण्डा रहने क्रेटको मूल्य ५२० रुपैयाँ पुर्याएको छ। यस्तै ठूलो साइजको अण्डाको प्रतिक्रेट ५०५ रुपैयाँ पुगेको छ। मिडियम अण्डाको ४९० रुपैयाँ प्रतिकेट मूल्य पुगेको छ। सानो साइजको अण्डाको मूल्य प्रतिपेटी ३ हजार १ सय ५० पुर्याइएको छ। चितवनबाट लोड हुने भएकाले सबै अण्डाको पेटीको डेलिभरी चार्ज थप १ सय ३० रुपैयाँ लाग्ने संघले जनाएको छ । संघका अनुसार एउटा अण्डा उत्पादनका लागि किसानको १६ रुपैयाँभन्दा बढी लागत पर्ने अनुमान…
काठमाडौं,८ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा पार्टी निर्वाचनमा नजाने दाबी गरेका छन्। अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने भएकाले नयाँ सभापतिको हस्ताक्षर जाने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्ने उद्घोष गरे। ‘बिहानदेखि धेरै साथीहरुले सोधिरहनुभएको छ, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने–होइन।’ उनले लेखेका छन्, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’ उनले यहि कारणले निर्वाचन अगाडि नै…
काठमाडौं,८ मंसिर। जेन जेड मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेन जेड मुभमेन्टले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । जेन जेड मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाएको छ। विज्ञप्तिमा यी सबै कार्य…
सुर्खेत,८मंसिर। सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथापाका अनुसार रुखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ। मृतकहरुको पहिचान भएको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं,४ मंसिर ।सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ। प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ‘कारण देखाऊ आदेश’सहित प्रसाईँलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश गरेको हो। नीराजनले आफ्ना बुबालाई गैर न्यायिक ढंगले सरकारले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रसाईँलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी थुनामा राखेको छ।