Author: admin

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकर्ताबीच परिवारको सदस्य जस्तो व्यवहार गर्न आग्रह गरेका छन् । केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्यहरुले एकअर्काको समस्या सुधारेर जानुपर्ने बताए । एकअर्कामा भएको कमजोरी सुधार्न पार्टीका सदस्यहरुबीच आत्मीय सम्बन्ध आवश्यक रहेको ओलीले बताए । ‘मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू’ अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुसँग आग्रह गरे । त्यसरी आलोचना गरेबापत कसैले पनि डर र त्रासमा पर्न नपर्ने अध्यक्ष ओलीले बताएका छन् । ‘मेरै आलोचना भएपनि महासचिवको आलोचना भएपनि अथवा कसैको बारेमा भन्नु परेपनि भेटेर कुनै डर राख्नु पर्दैन’, ओलीको भनाइ…

Read More

काठमाडौं : लुम्बिनी प्रदेश लोक सेवा आयोगले कर्मचारी बढुवाको विज्ञापन समावेशी नभएको भन्दै सातवटा संवैधानिक आयोगले त्यसलाई रद्द गरी पुनः विज्ञापन गर्न माग गरेका छन् । आयोगले २६ माघमा प्रकाशन गरेको र ३ फागुमा संशोधन गरेर पुनः प्रकाशित गरेको कर्मचारी बढुवासम्बन्धी विज्ञापन समावेशी सिद्धान्त अनुसार नभएको भन्दै राष्ट्रिय महिला आयोग दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले विरोध जनाएका हुन् । लुम्बिनी प्रदेश लोकसेवा आयोगले खुला प्रतिस्पर्धामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, शिक्षा र विविध सेवामा गरी १७८ जना कर्मचारी माग गर्दा खुला प्रतिस्पर्धा र महिला आरक्षण मात्र दिएको छ । महिलालाई पनि जम्मा १९…

Read More

बुटवल : रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । न्यूनतम मापदण्ड मुल्यांकनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात मंगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्यांकन तथा समीक्षा गोष्ठीमा…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ । पालिकाको वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै सो जग्गा जफत गर्ने निर्णय सुनाएको थियो । पालिकाले अदालतले जफत गरेको सो जग्गा संरक्षणको जिम्मा कानूनबमोजिम स्थानीय तहको हुने भन्दै ७ दिनको अल्टिमेटम दिएर खाली गर्न र सरकारी सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह गरेको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी,…

Read More

परासी : पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा औद्योगिक व्यापार महोत्सव (मेला) को आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुने महोत्सव फागुन १६ देखि ३० गतेसम्म सञ्चालन हुने छ । बुधवार परासीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले व्यापार महोत्सवमा कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रर्वद्धन गर्दे यस क्षेत्रको व्यापार प्रर्वद्धन गर्ने मुख्य उद्देश्य रहेको जानकारी दिए । महोत्सवले पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलहरुको थप प्रर्वद्धनमा सहयोगी पुग्ने विश्वास लिईएको उनले बताए । महोत्सवमा सूचना प्रविधिको प्रदर्शनी, सहित यस क्षेत्रको विकास तथा व्यापार प्रर्वद्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तरक्रिया कार्यक्रम पनि…

Read More

भैरहवा : रुपन्देहीमा ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी दुई चरणमा बालबालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइने बताए । त्यस्तै दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने उनले जानकारी दिए । ‘जिल्लाका…

Read More

कपिलवस्तु : कपिलवस्तुमा हत्या गरेर जमिनमा गाडिएको अवस्थामा बरामद शवको सनाखत भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमको लागि राखिएको शवको मृतकका भाइले सनाखत गरेको प्रहरीले जनाएको छ । मृतक कपिलवस्तुको महाराजगन्ज नगरपालिका-६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मी रहेको कपिलवस्तुका एसपी नवरत्न पौडेलले जानकारी दिए । कपिलवस्तुमा नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको अवस्थामा युवकको शव फेला परेको थियो। नजिकै घुमेर आउने भन्दै घरबाट निस्किएका कुर्मी गत शनिबार साँझ देखि सम्पर्कविहीन थिए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएको भन्दा बढी रुख कटान गरी भ्रष्टाचार गरेको आरोपमा वन अधिकृतहरु सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति भन्दा बढी काठ कटान गरी त्यसबाट भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आठ सयवटा रुख काट्ने क्रममा करिव १९ हजार क्यूफिटको बन पैदावर कम संकलन भएको अख्तियारको आरोप छ । अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत…

Read More

कपिलवस्तु : कपिलवस्तुमा एक युवकको शव फेला परेको छ । कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँदेखि दक्षिण तर्फको नहरको कुलोमा युवकको शव फेला परेको हो । शवको टाउको नरहेको (काटिएको) र शरीर कुलोमा खाल्टो खनेर गाडिएको अवस्थामा फेला परेको कपिलवस्तु प्रहरीका डिएसपी हरिबहादुर वलीले बताए। उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन। पोष्टमार्टमका लागि शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । हत्या अन्य स्थानमा गरेर बरामद स्थानमा शव गाडिएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको तालिम प्राप्त कुकुर सहित अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा । प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडित शेयरधनी र बचतकर्ताहरुलाई जाहेरी दरखास्त/उजुरी निवेदन दिन आग्रह गरेको छ । रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलले आइतबार एक सूचना जारी गर्दै संस्थाका शेयरधनी र बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको प्रमाणसहित कार्यालयमा जाहेरी दरखास्त/उजुरी निवेदन दिन आग्रह गरेको हो । प्रहरीले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई पक्राउ गरेपछि सार्वजनिक सूचना मार्फत सहकारीका सदस्य र बचतकर्ता पीडितहरुलाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित उजुरी दिन आह्वान गरेको हो । सहकारीका पदाधिकारीहरुले सहकारीमा शेयरधनी र बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना अपचलन गरी ठगी गरेको भन्ने…

Read More