


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१२ कार्तिक। नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा बुझाएका छन्। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले बुधवार आइजिपीको सचिवालयमा राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामा स्विकृत हुन बाँकी रहेको बुझिएको छ। पारिवारिक कामको कारणले राजीनामा दिएको पत्रमा उनले उल्लेख गरेका छन् । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए । उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए।
काठमाडौं, १२ कार्तिक । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताए । उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।आन्दोलन शान्तिपूर्वक हुने उनले दाबी गरे ।
काठमाडौं,१२ कार्तिक । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका प्रहरीलाई स्पष्टिकरण सहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विभिन्न पदमा कार्यरत प्रहरी आफुखुशी गैरहाजिर भएको र खोजतलास गर्नुका साथै प्रक्रिया अनुसार सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकोले उपस्थित हुनका लागि प्रधान कार्यालयले बुधवार सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले जारी गरेको सूचना अनुसार ०८२ साउन ६ देखि असोज १ गतेसम्म कार्यालय सहयोगी देखि प्रहरी हवल्दार तहसम्मका कर्मचारीहरु सगँठनको सम्पर्कमा छैनन्। सबैभन्दा बढी प्रहरी जवान सम्पर्कबिहिन छन्। प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १५ जना कर्मचारीहको नामसहितको विवरण सार्वजनिक गर्दै उपस्थित हुन निर्देशन…
बुटवल, १२ कार्तिक । रुपन्देहीमा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साथै, चार जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गएराति रुद्रपुरतर्फ जाँदै बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको यात्रुवाहक ईभी गाडी अनियन्त्रित भई रुखमा ठोक्किएर सडकदेखि तल झरेको थियो। दुर्घटनामा रुपन्देहीको कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा, ४२ वर्षीय खेम बिक र सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनीहरुको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२…
काठमाडौं,१२ कार्तिक। नेपाली सेनाले हिमाली क्षेत्र भएको हिमपातसँगै फसेका परेका एक हजार पाँच सय नागरिकको उद्दार गरेको छ । मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले सोमबारदेखि भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका नागरिकहरुको उद्दार गरेको हो। दुई सयभन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० जनाको उद्दार गरिएको सैनिक मुख्यालयले जनाएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरिएको सेनाले जनाएको छ।
काठमाडौं,९ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले २५ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नतिरेको भन्दै प्राधिकरणले कुल २५ उद्योगको विद्युत्को लाइन काटेको हो । उद्योगीहरुले विद्युत उपभोग गरेको प्राधिकरणले प्रमाण दिए आफुहरुले महसुल बुझाउन तयार रहेको बताउँदै छन् । तर, प्राधिकरणले प्रमाण उपलब्ध गराउन सकेको छैन् । २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको अवधिमा नआएका उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ। गत मंगलबार प्राधिकरणले मुख्य ठूला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको बिजुली आपूर्ति काटेको हो। शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट,…
काठमाडौं,९ कार्तिक । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ लिनेमा डा. सुधा शर्मा र बब्लु गुप्ता रहेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीले मन्त्रीमा सिफारिस गरेको मध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिम समयमा आएर रोकिएको हो । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो। तर सुनारका अनेक काण्ड बाहिरएपछि शपथ ग्रहण रोकिएको हो भने…
काठमाडौं, ९ कार्तिक। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार यो अवधिमा ४ खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो। यसरी असोज मसान्तसम्ममा कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापारमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको छ। पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२…
काठमाडौं,९ कार्तिक । प्रहरीको हत्या गरेको अरोपमा थप ६ जना पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको हत्या गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाइएको छ। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजना होम प्रसाद पौडेल, टिकाराम विक, वुद्धिलाल तामाङ र युवराज क्यापछापीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।
भैरहवा, ९ कार्तिक ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयले मंगलबार नगरमा स्थानीय विदा दिएकोे छ। छठ पर्वको अवसरमा कार्यालयले विदा दिइएको जानकारी दिदैं आईतबार जारी गरेको सूचनामा भनिएको छ,‘लुम्बिनी साँस्कृतिक नगरपालिकाको बैठकको निर्णयअनुसार यस लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरुलाई कार्तिक ११ गते एक दिनका लागि स्थानीय विदा रहने …।’ साथै कार्यालयले पर्वलाई सभ्य, सुसंस्कृत र सुरक्षित तरिकाले मनाउन सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।