


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२६ मंसिर। नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा दरखास्तका लागि आह्वान गरेको हो। खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ। योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। हेर्नुहोस् सूचना:
काठमाडौं,२६ मंसिर। सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो । सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रहेर अन्य सुरक्षानिकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिनेलगायत नीतिमा उल्लेख छ । त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरि…
काठमाडौं,२६ मंसिर। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिने बताइएको छ। हेर्नुहोस् सूचना:
पाल्पा, २६ मंसिर। पाल्पाको निस्दी गाउँपालिका-४ चिउरीबासमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको । साथै, आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं डीएसपी होम प्रकाश चौधरीका अनुसार नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको लु १ ज ३९०८ नम्बरको जिप सडक करिब २ मिटर तल खस्दा दुर्घटना भएको हो । मृतक तीनै जनाको सनाखत नभएको र घाइतेहरुको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको उनले बताए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा, २६ मंसिर। नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) का वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिदै गएकोले चुनाव केन्द्रीत गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकताहरुलाई आग्रह गरेका छन्। शुक्रवार पार्टीका नेता तथा कार्यकताहरुसँग अन्तरक्रिया गर्न भैरहवा पुगेका उनले अगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचन हुनेमा कुनै शंका नरहेकोले चुनाव केन्द्रीत गतिविधि गर्न आग्रह गरे। ‘जेनजीको आन्दोलन पश्चात गठन सरकारको म्याण्डेट नै चुनाव सम्पन्न गराउने हो। नेकपा एमाले पनि निर्वाचनमा सहभागी हुनका लागि तयारीका साथ दल दर्ता लगायतको प्रक्रिया पुरा गरेको अवस्था छ’,उनले भने, ‘केही दिन तलमाथी हुन सक्छ तर चुनाव निश्चित हुन्छ । जेनजी आन्दोलनको निश्कर्ष पनि चुनाव नै…
काठमाडौं, २५ मंसिर। सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो। मन्त्रिपरिषद्को निर्णयपछि अब उक्त सम्झौता राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खरेलले बताए। उनका अनुसार सम्झौता कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढ्ने छ।
लुम्बिनी, २५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना भएको छ। चीनको बेईजिङमा भएको एक कार्यक्रमकाबीच कन्फ्युसियस इन्स्टिच्यूटको ब्राण्ड लुम्बिनी बौद्ध विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो। बुद्ध जन्मस्थल र अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षाको सहकार्यबाट नयाँ सभ्यता संवाद मञ्च स्थापना हुने उद्देश्यसहति कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ। सन् २०२५ नोभेम्बरमा बेइजिङ राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित २०२५ विश्व चिनियाँ भाषा सम्मेलनको क्रममा नेपाल लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूटको हस्तान्तरण समारोह विशेष कार्यक्रमभित्र भव्य रुपमा सम्पन्न भएको थियो। चिनियाँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषका अध्यक्ष याङ वेइले र बेइजिङ भाषा विश्वविद्यालयका अध्यक्ष प्रा.डा. त्वान फङले लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति…
काठमाडौं,२५ मंसिर। प्रहरीले काठमाडौंको त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतका २२ वर्षीय विशाल कुमार रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका विशाल नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका थिए। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले उनको लगेज चेकजाँच गर्ने क्रममा १ किलो ३५० ग्राम गाँजा बरामद भएपछि उनलाई नियन्त्रण्मा लिइको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको बताइएको छ।
डडेल्धुरा,२५ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरिएको छ । डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार बिहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णयका आधारमा उम्मेदवारका लागि देउवाको एकल नाम सिफारिस गरेको हो । देउवाले पार्टीका जिल्ला नेताहरुसँग यसअघि नै आसन्न निर्वाचनमा अन्तिमपटक निर्वाचन लड्ने बताएका थिए। २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा उम्मेदवार हुँदै आएका देउवाको निरन्तर विजय यात्रा तय गर्दै आएका छन् । साउँदका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाबाट दुईजनाको नाम सिफारिस भएको छ। यस्तै समानुपातिकमा नरभान कामी र…
काठमाडौं, २५ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उक्त प्रकरणमा बिहीवार सात जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। भिजिट भिसामा विभिन्न मुलुक जाने व्यक्तिहरुबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान भएको थियो। अख्तियारले अनुसन्धानका लागि गत जेठ ७ गते विमानस्थलबाट सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो।