Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,असोज २९। युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस) को बार्षिक सभा तथा ६० औं बर्षगाठ शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मनाइएको छ। असोज २५ देखि लुम्बिनीमा सुरु भएको बार्षिक सभाको मंगलबार समापन तथा ६० औं बर्षगाठ मनाइएको हो। विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६० औं बर्षगाठ लुम्बिनीमा मनाउन पाउनु निकै गर्वको बिषय भएको इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए। सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा बैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन्। अध्यक्ष राईका अनुसार महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रबद्र्धन र…

Read More

भैरहवा, २९ असोज। रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पड्सरीस्थित भूमिदेव फर्निचर बजारले आफ्ना उत्पादनहरुमा ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ। प्रालिले पत्रकार सम्मेलनको आयोजना गरेर १५ औं वर्षमा कम्पनी प्रवेश र तिहारको अवसरमा ‘कम्पनीले भूमिदेव फर्निचर मेला’ सञ्चालन गरी उक्त अफर ल्याइएको जनाएको छ । यो छुटको अफर असोज २७ देखि अगामी छठ पर्वसम्मका लागि रहेको भूमिदेव फर्निचर बजारका उत्पादन प्रबन्धक अभिषेक अर्यालले बताए। पडसरीमा मुख्य कार्यालय रहेको कम्पनीको देशका विभिन्न स्थानमा ८ वटा शाखा रहेको छ ।र, सबै शाखामा अफर लागु गरिएको बताइएको छ । उनले आगामी दिनहरुमा अझ नविन डिजाइन, वातावरणमैत्री उत्पादन र आधुनिक प्रविधिको प्रयोगद्वारा सेवा विस्तार गर्ने कम्पनीको…

Read More

भारत,२८ असोज। भारतको उत्तर प्रदेश विशेष कार्यबल (एसटीएफ) ले नक्कली परमिट बनाएर नेपाल-भारत बस सेवा संचालन गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बस संचालन गरिरहेका रामप्रसाद र बाले थापा भनिने बालकिशन रहेका छन्। पक्राउ परेकाहरुका साथबाट ११ वटा नक्कली यात्रा परमिट, एउटा ल्यापटप, र तीनवटा मोबाइल फोन बरामद गरिएको एसटीएफले जनाएको छ। बसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको छ।

Read More

काठमाडौं,२८ असोज। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको छ। उनले यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुने बताए। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। कात्तिक २ गते आइतबार काग तिहार परेको छ। यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। कात्तिक ३ गते सोमबार दिउँसो…

Read More

काठमाडौं,२८असोज। नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारमा सुनका असर्फी बिक्री नगर्ने भएको छ । तर, चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले तिहारमा सुनका असर्फी बिक्री नहुने र चार प्रकारका चाँदीका मेडालियन सिक्का भने बिक्री भइरहेको बताए। जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन । उनका अनुसार चाँदीका मेडालियन सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ। एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ। सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

Read More

काठमाडौं,२८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले चन्दा संकलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो नाममा भइरहेका सबै आर्थिक कारोबार तथा संकलनहरु पूर्णतः अनधिकृत र गैरकानुनी ठगी भएको स्पष्ट पारेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न आग्रह…

Read More

काठमाडौं,२८ असोज। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट परेका छन्। सर्वोच्चका सहायक प्रवक्ता एवं उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार अहिलेसम्म ७ वटा रिट प्राप्त भएको र अध्ययनको क्रममा रहेको छ। केही रिट निवेदनमा अन्तिरम सरकार गठनको प्रक्रियामा र केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठाइएको बुझिएको छ। आगजनीकारण सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएपछि गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम बढेको हो । सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। लगत्तै मन्त्रीपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री…

Read More

काठमाडौं,२८ असोज। आइसीसी टी-२० टिमको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ को अपडेट अनुसार १८ औं स्थानमा रहेको नेपाल वरीयतामा एक स्थान माथि उक्लिदै १७ औं स्थानमा पुगेको छ। ओमानमा जारी आइसीसी टी-२० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो अविजित यात्रा कायम राखेको छ। वरियतामा सुधार हुने अर्को महत्वपूर्ण पक्ष भने नेपालले ३ खेल सम्मेलित वेष्ट इन्डिजसँगको सिरिज २–१ ले जित्नु पनि हो। नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग सिरिज खेलेको थियो जसमा नेपालले जित निकालेको थियो। नेपालले हाल आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको खेलमा लगातार २…

Read More

काठमाडौं,२८ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्यले दैनिकजसो नयाँ रेर्कड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Read More

भैरहवा,२७ असोज। भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको भएको क्लबका अध्यक्ष याम बहादुर थापाले बताए। कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गले क्लबले स्थापनाको छोटो समयमा खेलकुद, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापका अतिरिक्त रक्तदान जस्तो पवित्र कार्य गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण कार्य गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका सभापति राकेश गुरुङ्ग, आमा समाजका अध्यक्ष तथा जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपा…

Read More