


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२४ भदौ। सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। मंगलबार बिहानै देखि नेताका घर, कार्यालय, प्रहरी कार्यालय लगायतमा तोडफोड गर्दै आगजनी गरिरहेका प्रदर्शनकारीहरुले अपरान्ह सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । यस्तै जिल्ला अदालत काठमाडौंमा पनि आगजनी गरिएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालेर आगजनी गरिएको छ। त्यस्तै विशेष अदालतका अदालतका दस्तावेज, कागजहरु पनि सडकमा फालेर अगाजनी गरिएको छ। अदालत परिसरमा रहेका सवारी साधनहरुमा पनि आगो लगाइएको छ।
काठमाडौं,२४ भदौ। काठमाडौं बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी गरिएको छ। प्रदर्शनकारीहरुले संसद् भवनमा आगजनी गरेका हुन् । जेनजीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन् ।
काठमाडौं,२४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय मुलुकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै उनले राजीनामा दिएका हुन् । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’ प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको बताइएको छ ।
काठमाडौं,२४ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरुले राजीनामा दिएका छन्। मुलुकमा विकसित घटनाक्रमलाई देखाउँदै सांसदहरुले राजीनामा दिएको बताइएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरुले राजीनामा दिएका हुन्। रास्वपाका सांसदहरुले पनि सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।
काठमाडौं,२४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन्। ‘वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु…
भैरहवा, २४ भदौ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थलबाट उडान तथा अवतरण बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
भैरहवा,२३ भदौ । रुपन्देही जिल्लामा अनिश्चतकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लाको शान्ति सुरक्षा भंग हुने सक्ने परिस्थितीलाई दृष्टिगत गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी गरिएको सूचना अनुसार निषेधाज्ञा अवधिमा जिल्लाभर पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाईँदैन। स्थानीय प्रशासन ऐन, २०२८ (संसोधनसहित) को दफा ६ को उपदफा घ ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवधिमा आदेशको…
काठमाडौं, २४ भदौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै उनले मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। उनले भनेका छन्,ʻ देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि साह्य भएन । स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रुपमा क्षमायाचना गर्दै, सरकारको यो…
भैरहवा, २४ भदौ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले बताए । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको…
काठमाडौं,२३ भदौ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको बताइएको छ। जेनजीहरुको प्रदर्शन हिंसात्मक भएपछि हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन्।