Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२२ भदौ। जिल्ला अदालत ललितपुरले नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गुरुङलाई पुर्पक्षका लागि थुनामा (कारागार) पठाउने आदेश गरेको छ । बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी कसुरको अभियोगमा जिल्ला अदालत ललितपुरका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा (कारागार) पठाउने आदेश गरेको हो । आदेश पश्चात उनलाई नख्खु कारागारमा पठाइएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङविरुद्ध उनको पूर्वपत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर गरिएको थियो । गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए। उनले पूर्वपत्नीसँगै रहेकी छोरीसँग भेट्दा आफूमाथि अभद्र व्यवहार भएको दाबी गरेका…

Read More

काठमाडौं,२२ भदौ। नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न/नगराउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइसकेकाले सूचीकरण नभएका सञ्जालहरु नेपालभित्र निष्क्रिय भइसकेका छन्। यस्तो अवस्थामा असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो।’ हालसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) र ग्लोबल डायरी प्रालि सूचीकरण भइसकेका छन्। मन्त्रालयका अनुसार सामाजिक सञ्जाल ट्विटर (एक्स) र वीच्याटले आवश्यक विवरण माग गरेपछि सो जानकारी उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं,२२ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई गलत भन्दै आपत्ति जनाएका छन्। साथै, सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन जीहरुले गर्न लागेको प्रदर्शनलाई स्वाभाविक बताउँदै सरकारलाई शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न चेतावनी दिएका छन्। सामाजिक संजाल मार्फत प्रचण्डको यस टिप्पणीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिप्रश्न गर्दै प्रतिक्रिया जनाएका छन्। प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटक बन्द गरिएको प्रसंग स्मरण गर्दै बालेनले कमेन्टमार्फत भनेका छन्, ‘एकादेशमा टिकटक पनि बन्द भएको थियो। हजुर पीएम (प्रधानमन्त्री) हुँदा म मेयर नै थिएँ, तर काम हजुरबाट पनि केही भएन, कमरेड !’ त्यससँगै…

Read More

दाङ,२२ भदौ। जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवाका हिमराज खड्कासहित १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ लाख ६० हजार ९ सय ४० रुपैयाँ नगद र १२ बुक ताससहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

Read More

काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पारेको विषयमा सरकारसँग छलफल गर्ने भएको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्। सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि बन्द नै गर्ने निर्णय उचित नभएको उनले बताइन्। बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिइन्। त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि आमनागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने…

Read More

काठमाडौं,२२ भदौ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्युठान नौ बहिनी गाउँपालिका-१ का ३४ वर्षीय विशाल बुढा मगर, झापा बुद्ध शान्ति गाउँपालिका-२ का ३० वर्षीय निकेश ढुंगाना र महोत्तरी गौशाला नगरपालिका-९ का ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरुबाट १५ लाख ३० हजार रुपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रुपैयाँ र योगेन्द्रले अल्बानिया…

Read More

विराटनगर,२२ भदौ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा दूधपानी खोलाले मोटरसाइकल बगाउँदा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । बगाएको मोटरसाइकलमा सवार सर्लाही हरिवनका मनिष पाँचकोटी बेपत्ता भएका हुन्। उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बागमती प्रदेश–०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकलसहित दम्पतीहरुलाई बगाएको थियो । घाइते खड्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र बेपत्ताको पाँचकोटीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२२ भदौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुक पोस्टबारे व्यङ्ग्य गरेका छन्। शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा आयोजित नेपाल उराँव संघको कार्यक्रममा सहभागी भएको र सम्बोधन गरेको उल्लेख गर्दै केही तस्बिरसहित फेसबुकमा पोस्ट गरेका थिए। देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।’ त्यसै पोस्टमा बालेनले व्यङ्ग्यात्मक ढंगमा लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?’ उनले थप व्यङ्ग गरेका छन्, ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !’ बालेनले कमेन्ट गरेसँगै देउवाको उक्त पोस्टमा…

Read More

काठमाडौं,२२ भदौ। इजरायली सेनाले प्यालेस्टाइनको गाजा सहरस्थित फेरी अग्लो भवन भत्काएको छ। सेनाले ठुलो भवनलाई निशाना बनाएको यो लगातार दोस्रो दिन हो। इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा भवन भत्किँदाको भिडियो सार्वजनिक गरे । इजरायल रक्षा बल (आईडीएफ) ले हमासले सुसी टावर प्रयोग गरिरहेको बताएको छ। तर हमासले यो दाबीलाई अस्वीकार गरेको छ। शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरुलाई मानवीय क्षेत्र भनिने दक्षिणतिर सर्न आग्रह गर्दै पर्चा खसालेको थियो। सुसी टावर पछिल्ला केही दिनमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो। शुक्रबार सामाजिक सञ्जालमा शहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोटपछि भत्किएको भिडियो सेयर गरिएको थियो।

Read More

काठमाडौं,२२ भदौ । नेपालको स्थानीय बजारमा सुनको मूल्य आज फेरी बढेको छ । दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार प्रतितोला १६ सय रुपैयाँले बढेको हो। यो सँगै सुनको मूल्यले नेपालको बजारमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख १२ हजारमा कारोबार भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० मा किनबेच भएको थियो। यस्तै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० कायम…

Read More