Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२७ भदौ। प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

Read More

काठमाडौं,२७ भदौ। अन्तिरम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायधीश सुशिला कार्कीलाई नियुक्त गरिएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति भवन शीतल निवासमा आजै ८:४५ बजे शपथ लिने तय भएको छ। साथै, संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएकी हुन्।

Read More

भैरहवा,२७ भदौ। भैरहवा भन्सार कार्यालयले अत्यावश्यक सामग्रीहरु आयातका लागि सेवा सुचारु गरेको छ। मंगलबार प्रदर्शनकारीहरुले भन्सार कार्यालयमा आगजनी गरेका थिए । जिल्ला सुरक्षा समितिको निर्णयपछि खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, औषधि, तरकारी लगायतका सामग्री भित्रिएका छन्। भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले विद्युत सेवा अवरुद्ध भए पनि नेपाल विद्युत प्राधिकरणको सहयोगमा आंशिक रुपमा कार्यालय सञ्चालन गरिएको भन्दै हाललाई सामान्य काउन्टरबाट अत्यावश्यक वस्तुहरुको जाँचपास भइरहेको बताए। उनका अनुसार बिहीबार ४ वटा ग्यास बुलेट र २१ वटा फलफूल, तरकारी तथा खाद्यान्न बोकेका गाडीहरु भन्सार पास भएका छन्। यसैबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका…

Read More

भैरहवा,२७ भदौ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लाका व्यवसायीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन्। शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै उनले मर्यादित र सुरक्षित ढङ्गले व्यवसायलाई अगाडि बढाउन आग्रह गरे। प्रदर्शनको क्रममा आगजनी, लुटपाट र तोडफोडका घटनाहरुमा संलग्नहरुको भिडियो फुटेज र फोटो संकलन गरिएको बताउँदै अब क्रमशः पक्राउ गरेर कारवाही गरिने उनले बताए । उनले अब सडकमा आएर अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने चेतावनी समेत दिए। शान्ति सुरक्षा कायम गर्न र व्यापारिक वातावरणलाई सहज बनाउन प्रशासन कटिबद्ध रहेको सन्देश उनले दिए। र्‍यालीले जिल्लामा शान्ति र सद्भाव कायम राख्न तथा व्यवसायीहरुलाई निर्धक्क…

Read More

भैरहवा, २७ भदौ। रुपन्देहीमा पुनः कर्फ्यु र निषेधाज्ञा आदेश जारी गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्म कफुर्य र निषेधाज्ञा आदेश जारी गरिएको हो। उनका अनुसार अर्को आदेश नभएसम्म राती १० देखि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ। कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन्। त्यस्तै अर्को आदेश नभएसम्म बिहान ६ बजेदेखि राती १० बजेसम्म निषेधाज्ञा…

Read More

काठमाडौं,२७ भदौ। नेपालको स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।

Read More

भैरहवा, २७ भदौ । जेनजीको प्रदर्शनको क्रममा नेपालका विभिन्न कारागारबाट फरार भएका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन कारागारबाट फरार भएका सवारी अंगभंग मुद्दाका भारतका २४ वर्षीय अब्बास खान, लागुऔषध मुद्दाका ४८ वर्षीय अनिल गिरी, लागुऔषध मुद्दाकै ४१ वर्षीय राजपाल सिंह र सवारी ज्यान मुद्दाका ३८ वर्षीय मोनु कश्याब रहेका छन् । यी सबै भारतीय नागरिक हुन् । त्यस्तै नवलपरासी कारागारबाट फरार बहुविवाह मुद्दाकी कैदी रुपन्देही सैनामैना नगरपालिका-७ को ५२ वर्षीय करिस्मा रानालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै केन्द्रीय कारगारबाट काठमाडौंबाट फरार भएका तान्जानियाका लागुऔषध मुद्दाका ५३ वर्षीय रामाधनी सिम्बा…

Read More

भैरहवा, २७ भदौ । रुपन्देही जिल्लाको भैरहवामा शान्ति–सद्भाव र्‍याली निकालिएको छ। भ्रष्टाचार र बेथितीविरुद्ध गरिएको प्रदर्शनमा मंगलबार सार्वजनिक र निजी सम्पतिहरुमा तोडफोड, लुटपाट, आगाजनी गरिएपछि भैरहवासहित मुलुकमा शान्ति–सद्भाव कायम राख्न कामना गर्दै र्‍याली निकालिएको हो। लुम्बिनी प्रेस क्लब, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, सिद्धार्थ होटल संघ, नेपाल, भैरहवा मर्निङवाक गु्रप, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही र पश्चिमाञ्चल यायायात प्रा.लि.को संयुक्त आयोजनामा नेपाल–भारत सीमा नाका बेलहियाबाट निकालिएको र्‍याली विभिन्न स्थान हुँदै बुद्धचोकमा समापन गरिएको थियो। लुम्बिनी प्रेस क्लबका…

Read More

काठमाडौं,२५ भदौ। मुलुकमा जेनजीको प्रदर्शनसँगै कार्यालय छाडेर सम्पर्कबिहीन भएका प्रहरीहरुलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरुले विभिन्न प्रहरी कार्यालयहरुमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरु कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए । कार्यालय छाडेर हिँडेकाहरुलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, ‘सम्पूर्ण प्रहरी कार्यालयहरुमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु आ–आफ्नो कार्यालयमा तुरुन्त सम्पर्कमा जानुहुन निर्देशानुसार अनुरोध गरिएको छ।’

Read More

पोखरा, २५ भदौ । पोखराको लेकसाइडस्थित अंशुभारा बिल्डिङ र नयाँबजारस्थित अटो शोरुममा दुई जना युवतीहरुको शव फेला परेको छ। मंगलबार प्रदर्शनकारीहरुले दुबै भवनमा आगजनी गरेका थिए। प्रदर्शनकारीले आगो लगाउँदा भित्रै रहेका उनीहरु जलेको हुन सक्ने बताइएको छ। शव भएको ठाउँमा नेपाली सेनाको टोली पुगेको छ । हालसम्म दुवै जनाको पहिचान खुलेको छैन।

Read More