Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

तनहँ, २४ साउन। तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीमा पौडीमा खेल्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी का ४० वर्षीय हरि परियार रहेका प्रहरीले जनाएको छ। उनी नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको छ। पिकनिक गएका मध्य तीन जना नदीमा पौडी खेल्ने क्रममा परियार बेपत्ता भएका थिए।

Read More

काठमाडौं,२४ साउन। प्रहरीले कम्प्यूटर स्रोत संकेत (सोर्स कोड) चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ का २६ वर्षीय सुजन कुमार महतो र धादिङको ज्वालामूखी गाउँपालिका-४ का २४ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई साइबर ब्यूरोको टोलीले काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरुको विरुद्ध विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिएर घटनाको अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

Read More

काठमाडौं,२४साउन। आज राति देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रमा, साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँहरुमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै ठाउँहरुमा मध्यम वर्षा हुने सम्भावना छ। आइतबार पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

पोखरा,२४ साउन। कास्की प्रहरीले सुन र चाँदीसहित ११ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ परेकाहरुका साथबाट ६ किलो चार सय ग्राम सुन, ४ सय ४४ ग्राम चाँदी र पाँच लाख १४ हजार ६ सय…

Read More

भैरहवा, २३ साउन । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला कारागार कार्यालय भैरहवामा भीआइपी सुविधा प्रदान गरेको पाइएको छ । अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार प्रशासनले लामिछानेको सुविधाको लागि एटज ट्वाइलेट, बाथरुम भएको कोठा उपलब्ध गराएको छ । जसलाई प्रशासनले ‘४ नम्बर ब्लक’ को नाम दिएको छ । उनी आउनु अघि कारागारमा ‘४ नम्बर ब्लक’ थिएन । त्यस्तै मन लागेको बेला कोठाबाहिर निस्किएर ‘ग्राउण्ड’ मा घुम्ने व्यवस्था समेत कारागार प्रशासनले मिलाएको छ । ‘उहाँ (लामिछाने) कोठा बाहिर निस्किएको बेला बाहिरबाट कसैले नदेखोस् भनेरै उहाँ आएपछि डण्डीले…

Read More

राजविराज,२३ साउन। प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५, महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३ सय ९६ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतलृे बताए। उनका अनुसार बरामद गाँजा १७ वटा पोकामा प्याक गरिएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, २३ साउन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर रुपन्देहीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । अनेरास्ववियुले भैरहवाका विद्यालय र भैरहवामामा स्थायी बसोबास गर्ने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने जनाएको छ। कक्षा १२ मा ३.२ र सो भन्दा माथि जीपीए ल्याउने करिब १ हजार विद्यार्थीहरुलाई सम्मान गरिने अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल. पाण्डेले दिए। ‘अघिल्ला वर्षहरुमा पनि यो कार्यक्रम गरेका थियौं, यस वर्ष पनि निरन्तरता दिदैछौं,’ उनले भने। अगामी साउन ३१ गते दिउँसो सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम तय भएको प्रचार विभाग प्रमुख प्रतीक नेपालले बताए।

Read More

वीरगन्ज,२३ साउन। पर्सा प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्रा पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेको प्रहरीले जनाएको छ। प्रहरी अनुसार पक्राउ परेका साहले बुधबार बिहान बाख्रा चराउन गएका बेला ११ वर्षीया नाबालिकालाई साहले १० रुपैयाँको नोट दिएर फकाएर नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी एवं प्रवक्ता किशोर लम्सालले बलात्कारको उजुरीको आधारमा साहलाई पक्राउ गरिएको बताए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२३ साउन। भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपलाी दूतावासले जनाएको छ। दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको बताएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको अवस्था, हराइरहेका नेपालीको खोजी तथा उद्दारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको बताइकाृ छ।  ‘बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजि तथा उद्दार,घाइतेहरुको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकायहरु तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ…

Read More

काठमाडौं, २३ साउन । तस्करहरुले तस्करीका अनेक जुक्ति अपनाउँछन्। भरपर्दो सूचना नहुने हो भने समात्नै मुस्किल । जुक्ति पनि यस्ता यस्ता हुन्छन् कि अनुमान गर्नै कठिन । यस्तै लागुऔषध तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएर गरेको लागुऔषध तस्करीको एउटा घटना बाहिरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको काठमाडौं विमानस्थलको टोलीले लागुऔषध कोकिन सहित ब्राजिलको २१ वर्षीया एमिली मिकेल सान्टोस फरेरालाई पक्राउ गरेपछि तस्करीको लागि अपनाइएको नयाँ जुक्ति पत्ता लागेको हो। ब्यूरोले ब्राजिलबाट दोहा हुँदै गत साउन २१ गते नेपाल आएको र नेपालबाट भुटान जान लागेको अवस्थामा ती युवतीलाई लागुऔषधसहित पक्राउ गरेको थियो । भुटान जान लागेको बेला शंका लागेर चेकजाँच गर्दा उनले लगाएको…

Read More