Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

विराटनगर,२१ साउन। प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमाननगर कंकालिनी नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेको प्रहरीले जनाएको छ। भारतबाट लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा नक्कली नोट लिएर नेपाल आउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीको टोलीले कोशी गाउँपालिका–८ भीमनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी योगराज खतिवडाले बताए। उनका अनुसार मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

Read More

भैरहवा, २० साउन। संघीय लोकतान्त्रिक मोर्चाले बुधबार (भोली) रुपन्देहीमा ‘जनजागरण अभियान’ आयोजना गर्ने भएको छ। मोर्चाले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष तुल्सी प्रसाद चौधरीले बुधबार सियारी गाउँपालिका कार्यालयको सभाहलमा कार्यक्रम हुने जनाए। उनका अनुसार कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष लालवीर चौधरी, महासचिव गंगा चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, जनता समाजवादी पार्टी (जसपा), नेपालका महासचिव रामकुमार शर्मा, लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन्। लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले…

Read More

भैरहवा, २० साउन। राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय उपाध्यक्षमा पूर्वकृषि राज्यमन्त्री ओम प्रकाश यादव (गुल्जारी) चयन भएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार अध्यक्ष राजेन्द्र महतोले रुपन्देहीका यादवलाई केन्द्रीय उपाध्यक्ष पदमा चयन गरेका हुन्। पार्टीले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ। पार्टीले ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, १ कोषाध्यक्ष र सह–कोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव चयन गरेको छ । त्यस्तै केन्द्रीय अनुशासन, निर्वाचन, लेखा परिक्षण र विज्ञ समितिको अध्यक्ष, सदस्य सचिव र सदस्य पनि चयन गरिएको पार्टीले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

Read More

काठमाडौं,२० साउन। प्रहरीले अवैध अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीका २१ वर्षीय सुशान्त दाहाल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दाहालले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए । दाहाल विरुद्ध अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२० साउन। सशस्त्र प्रहरी बल, नेपालका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको बैठकले साधारण समूहतर्फ २२ जना डीएसपीहरुलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो। हेर्नुहोस सूचीः

Read More

काठमाडौं, २० साउन। सशस्त्र प्रहरी बल, नेपालका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ। हेर्नुहोस् सूचीः

Read More

काठमाडौं,२० साउन। सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले रिक्त ६ पदमा एसपी ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐरलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने बताइएको छ। हेर्नुहोस् सूचीः

Read More

नवलपुर, २० साउन। पटक पटक म्याद थप्दै निर्माण भइरहेको बुटवल–नारायणघाट सडकखण्डको फेरी अन्तिम पटक भन्दै चौथो पटक म्याद थप गरिएको छ। उक्त सडकखण्ड समयमै निर्माण नहुँदा नागरिकहरुले वर्षौ देखि सास्ती खेप्नु परेको छ। पश्चिम नेपालको लाइफलाइनको रुपमा रहेको यो सडकखण्डको निर्माण कार्य अन्तिम पटक थपिएको म्यादमा सकिने बताइएको छ। चौथो पटक थपिएको एक वर्षको म्यादभित्र काम सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सडक विभाग अन्तर्गत एसियाली विकास बैंक (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए। उनका अनुसार पश्चिमखण्डमा २०८३ साउन ५ र पूर्वीखण्डमा साउन ७ सम्म म्याद थप भएको छ। बुटवल–नारायणघाटको दुरी १ सय १३ किलोमिटर छ । बुटवलदेखि दाउन्नेसम्मको…

Read More

विराटनगर, २०साउन। मोरङमा धानखेतमा दुई जना शव भेटिएको छ। दुवै जनाको छुट्टाछुट्टै स्थानमा शव भेटिएको हो । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू र बेलबारी नगरपालिका–७ का ४१ वर्षीय डमरु ऋषिदेव छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन्। घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा लिम्बुको शव फेला परेको हो भने धानखेतमा युरिया मल छर्नका लागि घरबाट हिँडेका ऋषिदेवको शव आफ्नै धानखेतमा फेला परेको प्रहरीले जनाएको छ। दुवै शवको पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Read More

भैरहवा, २० साउन । रुपन्देही प्रहरीले बुटवलबाट ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ। रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार नियन्त्रण्मा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ। साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले…

Read More