


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
नवलपुर,१२ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा सालनालसहितको नवजात शिशुको शवफेला परेको छ । पालिकाको वडा नं.१ स्थित देवी गैरा सामुदायिक वनमा तन्नामा पोको पारेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृत फेला परेको शिशु छोरा हो। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रजहरले अनुसन्धान सुरु गरेको छ।
सिन्धुली, १२ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ मा एकै परिवारका १६ जना हराएका छन्। भण्डास बिप्पर कटेरीका उर्मिला हायुका १६ जना परिवारका सदस्य सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ। उनीहरु सोमबार बिहान देखि सम्पर्कबिहिन छन्। घरमा पालिएका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार घटनाबारे जानकारी पश्चात परिवारको खोजतलास सुरु गरिएको छ। ‘घटनाको जानकारी पाएपछि घरमा पुगेर अनुसन्धान सुरु गरेका छौं’,उनले भने, ‘घरमा परिवारका कोही सदस्य छैनन् र अहिलेसम्म सम्पर्कमा पनि आएका छैनन्, हामी अनुसन्धान गर्दैछौं ।’
काठमाडौं, ११ साउन। नेपाल प्रहरीमा गत आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने २ हजार ७३ जना कर्मचारीलाई कारवाही गरिएको छ। आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले उत्कृष्ट कार्य गर्नेलाई संगठनले पुरस्कृत र प्रहरी आचरण विपरीत कार्य गर्नेलाई कारवाही गर्ने नीतिअनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत/कारवाही गरिएको बताए। पुरस्कृत हुनेहरुमा तीन एआईजी, १६ डीआईजी, ३५ एसएसपी, १०६ एसपी, २२९ डीएसपी, ७४० इन्स्पेक्टर रहेका छन् । त्यस्तै वरिष्ठ सई ४७०, सई ७४५, असई १ हजार ४८०, वरिष्ठ हवल्दार ८३०, हवल्दार १ हजार ८३०, सहायक हवल्दार २ हजार २४२, जवान…
भैरहवा, ११ साउन। रुपन्देहीमा तीव्र गतिमा सवारी साधन चलाउने चालक/धनीहरुलाई कारवाही गरिएको छ । गत आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला (बुटवल क्षेत्र बाहेक) मा तीव्र गतिमा सवारीसाधन चलाउने ६ हजार १ सय १४ चालक/धनीहरुलाई जरिवाना कारवाही गरिएको छ। जसबाट तीन लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। वर्षमा ६ करोड बढी राजस्व त्यस्तै एक वर्षमा सवारी नियम विपरित सवारी चलाउने ५० हजार ४ सय ४१ जना चालक तथा धनीहरुलाई कारवाही गरिएको छ। जसबाट ६ करोड ८ लाख ४९ हजार बढी रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालयका अनुसार २५८…
भैरहवा,११ साउन। लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेय मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने बताईएको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीका अनुसार पाण्डेयलाई मन्त्री नियुक्त गरिएको जानकारी इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराईएको छ। प्रदेशम तीन सांसद रहेको लोसपामा पाण्डेय संसदीय दलका नेता थिए ।
बुटवल,११ साउन। रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन समारोह सकिएको छ। क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका छन्। पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष गौतमको अध्यक्षतामा भएको थियो। पदस्थापन समारोहमा वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २५/२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्याम्मर हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई रोटरीको कल्लर लगाइिदएका थिए। कल्लर ग्रहण पश्चात क्लवका अध्यक्ष गौतमले क्लबको नियमित ६१७ ओ बैठक आह्वान गर्दै सञ्चालन…
काठमाडौ,११ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथी छानबिन गरी कारवाही गर्न अख्तियारमै उजुरी परेको छ। अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न युवराज पौडेल (सफल) ले उजुरी दर्ता गराएका हुन्। ‘मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ। त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान…
काठमाडौं,११ साउन। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोरङ र उदयपुरमा भएको जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका हुन् । मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोकका ३७ वर्षीय खगेन्द्र विक रहेका छन्। विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। त्यस्तै उदयपुरमा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चौदण्डीगढी नगरपालिका-९ हडियाका ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई…
काठमाडौं,११ साउन। नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका प्रहरीलाई स्पष्टिकरण सहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विभिन्न पदमा कार्यरत प्रहरी आफुखुशी गैरहाजिर भएको र खोजतलास गर्नुका साथै प्रक्रिया अनुसार सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकोले उपस्थित हुनका लागि प्रधान कार्यालयले आइतबार सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले जारी गरेको सूचना अनुसार ०८१ चैत देखि ०८२ असारसम्म कार्यालय सहयोगी देखि लिएर प्रहरी सहायक निरीक्षक तहसम्मका कर्मचारीहरु सगँठनको सम्पर्कमा छैनन्। सबैभन्दा बढी प्रहरी जवान सम्पर्कबिहिन छन्। प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २२ जना कर्मचारीहको नामसहितको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र उपस्थित हुन…
सुर्खेत, ११ साउन। सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। हत्याको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाका ४५ वर्षीय दानसिंह ठाडा मगरलाई पक्राउ गरेको छ। बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंहले ४१ वर्षीया श्रीमती रविना थापा सुतेपछि खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका प्राराम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं प्रवक्ता मोहनजंग बुढाथापाले बताए। हत्यापश्चात विदेशमा रहेका छोराछोरीहरुलाई फोन गरेर घटनाबारे सुनाएका थिए । उनको एउटा छोरा दुबईमा र एउटी छोरी जापानमा छन्। अर्की एउटी छोरी सुर्खेतमै छिन्। त्यसपछि उनले प्रहरीको फोन माग्न वडाध्यक्षलाई फोन गरेका थिए। आफैले घटनाबारे जानकारी गराएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी…