Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१२ साउन । गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारी (सीडिओ) हरुको सरुवा गरेको छ। मन्त्रालयले रुपन्देहीका सीडिओ बासुदेव घिमिरे र सिन्धुपाल्चोकका सीडिओ किरण थापालाई मन्त्रालयमा तानेको हो। घिमिरेको स्थानमा मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई सीडिओ बनाइएको छ भने थापाको स्थानमा बन्धु बास्तोलालाई पठाइएको छ। मन्त्रालय तानिएका घिमिरे र थापाले कुन विभागको जिम्मेवारी सम्हालने अझै स्पष्ट निर्णय सार्वजनिक भइसकेको छैन।

Read More

भैरहवा, १२ साउन । नेपाल विद्युत प्राधिकरणको रुपन्देहीस्थित नयाँमिल वितरण केन्द्र, मणिग्रामले महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ। काउन्टरमा विद्युत महसुल भुक्तानी गर्न आउनेको संख्या घट्दै गएको र भुक्तानी सम्बन्धी सेवालाई डिजिटल भुक्तानी प्रणाली बनाउने नीति अनुसार पनि महसुल संकलन काउन्टर सेवा बन्द गर्न लागिएको नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले जानकारी दिए। उनका अनुसार केन्द्रका करिब ४१ हजार ग्राहक मध्ये ८१ प्रतिशत ग्राहकले अनलाइन माध्यमले महसुलको भुक्तानी गर्ने गरेका छन् । विगतका दिनहरु भन्दा अनलाइन माध्यमले महसुल भुक्तानी गर्नेको संख्या बढ्दै गएको छ। उनका अनुसार डिजिटल भुक्तानीका विषयमा सेवाग्राहीहरुलाई हाल शिक्षा प्रदान गरिने र भदौ २ गते…

Read More

भैरहवा,१२ साउन। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको छ। विगतका आर्थिक बर्षहरुको तुलनामा आर्थिक बर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको हो। मन्त्रालयले शिक्षाको गुणस्तर सुधारमा पनि लागेको देखिएको छ। मन्त्री जन्मजय तिमिल्सिनाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको एसईई परीक्षाको नतिजामा उपलब्धि हासिल गर्न सकिएकोमा खुसी व्यक्त गरे। उनले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मिहिनेती बनाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रम र योजनाहरु ल्याइएको बताए। विगतका अनुभवलाई आधार मानेर भविष्यका लागि परिपक्व योजना बनाइएको र बजेटको दुरुपयोग नियन्त्रण गरी योजनाहरुलाई मितव्ययी र पारदर्शी बनाइने उनको भनाई…

Read More

काठमाडौं,१२ साउन। अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले नेपालमा निरन्तरता पाउने भएको छ। अर्थ मन्त्रालयका अनुसार एमसीसीको गत ८ गतेको पत्र अनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाउने भएको हो। ‘नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो’, अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ।’

Read More

नवलपुर,१२ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा सालनालसहितको नवजात शिशुको शवफेला परेको छ । पालिकाको वडा नं.१ स्थित देवी गैरा सामुदायिक वनमा तन्नामा पोको पारेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृत फेला परेको शिशु छोरा हो। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रजहरले अनुसन्धान सुरु गरेको छ।

Read More

सिन्धुली, १२ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ मा एकै परिवारका १६ जना हराएका छन्। भण्डास बिप्पर कटेरीका उर्मिला हायुका १६ जना परिवारका सदस्य सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ। उनीहरु सोमबार बिहान देखि सम्पर्कबिहिन छन्। घरमा पालिएका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार घटनाबारे जानकारी पश्चात परिवारको खोजतलास सुरु गरिएको छ। ‘घटनाको जानकारी पाएपछि घरमा पुगेर अनुसन्धान सुरु गरेका छौं’,उनले भने, ‘घरमा परिवारका कोही सदस्य छैनन् र अहिलेसम्म सम्पर्कमा पनि आएका छैनन्, हामी अनुसन्धान गर्दैछौं ।’

Read More

काठमाडौं, ११ साउन। नेपाल प्रहरीमा गत आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने २ हजार ७३ जना कर्मचारीलाई कारवाही गरिएको छ। आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले उत्कृष्ट कार्य गर्नेलाई संगठनले पुरस्कृत र प्रहरी आचरण विपरीत कार्य गर्नेलाई कारवाही गर्ने नीतिअनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत/कारवाही गरिएको बताए। पुरस्कृत हुनेहरुमा तीन एआईजी, १६ डीआईजी, ३५ एसएसपी, १०६ एसपी, २२९ डीएसपी, ७४० इन्स्पेक्टर रहेका छन् । त्यस्तै वरिष्ठ सई ४७०, सई ७४५, असई १ हजार ४८०, वरिष्ठ हवल्दार ८३०, हवल्दार १ हजार ८३०, सहायक हवल्दार २ हजार २४२, जवान…

Read More

भैरहवा, ११ साउन। रुपन्देहीमा तीव्र गतिमा सवारी साधन चलाउने चालक/धनीहरुलाई कारवाही गरिएको छ । गत आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला (बुटवल क्षेत्र बाहेक) मा तीव्र गतिमा सवारीसाधन चलाउने ६ हजार १ सय १४ चालक/धनीहरुलाई जरिवाना कारवाही गरिएको छ। जसबाट तीन लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। वर्षमा ६ करोड बढी राजस्व त्यस्तै एक वर्षमा सवारी नियम विपरित सवारी चलाउने ५० हजार ४ सय ४१ जना चालक तथा धनीहरुलाई कारवाही गरिएको छ। जसबाट ६ करोड ८ लाख ४९ हजार बढी रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालयका अनुसार २५८…

Read More

भैरहवा,११ साउन। लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेय मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने बताईएको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीका अनुसार पाण्डेयलाई मन्त्री नियुक्त गरिएको जानकारी इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराईएको छ। प्रदेशम तीन सांसद रहेको लोसपामा पाण्डेय संसदीय दलका नेता थिए ।

Read More

बुटवल,११ साउन। रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन समारोह सकिएको छ। क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका छन्। पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष गौतमको अध्यक्षतामा भएको थियो। पदस्थापन समारोहमा वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २५/२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्याम्मर हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई रोटरीको कल्लर लगाइिदएका थिए। कल्लर ग्रहण पश्चात क्लवका अध्यक्ष गौतमले क्लबको नियमित ६१७ ओ बैठक आह्वान गर्दै सञ्चालन…

Read More