


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, १९ साउन। नेपाल प्रहरी ऐन २०१२ संशोधन गरिएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको हो। उक्त दफा १५ को खण्ड (ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र ‘स्वास्नी मानिस’ र केटाकेटीहरुसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रता साथ व्यवहार गर्ने’ उल्लेख रहेको स्थानमा ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ। त्यस्तै ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा रहेको ‘क्षेत्रीय’ भन्ने शब्दको सट्टा ‘प्रदेश’ भन्ने शब्द राखिएको छ । खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत…
परासी, १९ साउन। नवलपरासीमा ३ सय ५० जना भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) उपलब्ध गराइएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासीले ६ महिनाको अवधिमा उक्त पूर्जा उपलब्ध गराएको हो। आयोगको जिल्ला समिति नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङका अनुसार सुनवल नगरपालिका वडा नम्बर १, ४, ५ र १० का २१५ जना अव्यवस्थित बसोबासी र बर्दघाट नगरपालिका वडा नम्बर ५ का १३५ जना भूमिहीन दलित र सुकुम्वासीलाई पूर्जा उपलब्ध गराइएको छ। उनले पूर्जा प्राप्तीका लागि जिल्लामा कुल २७ हजार २ सय जनाले निवेदन दिएका छन्। उनले ०८२ भित्र करिब ५ हजार पूर्जा वितरण गर्ने लक्ष्यका साथ कार्य अघि बढाइएको बताए।
भैरहवा, १८ साउन। भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी अभियोगमा पक्राउ परेका संचालन समितिका सदस्य रामहरी सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पर्पूक्षको बहस पछि सिलवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए। धरौटीमा रिहा भएका सिलवाल चितवनको नेकपा एमालेको राजनीतिमा सक्रिय छन् भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का उपाध्यक्ष समेत हुन्। यस अघि शुक्रवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सहकारीका अध्यक्ष अशोक केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको…
तनहुँ,१८ साउन। मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा भएको छ । गोरखाबाट चितवन जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा दुर्घटना हुँदा पाँचजना घाइते भएको वडाअध्यक्ष दिनेश केसीले जानकारी दिए । बस सडकबाट १५ मिटर तल खसेको छ। उनका अनुसार गोरखाको सहिदलखन गाउँपालिका-६ की ४० वर्षीया सोनु थापा, ४३ वर्षीया सीता थापा, २८ वर्षीया मीना थापा मगर, गोरखा नगरपालिका-९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका ८ वर्षीय खुशी राम रामदाम घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी सोनुलाई उपचारका लागि भरतपुर पठाइएको छ।
पर्सा,१८ साउन। प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहरका जितन माझी रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिवार साँझ वादविवादको क्रममा श्रीमान माझीले कुटपिट गर्दा श्रीमती अस्पतलिया देवीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले श्रीमान माझीलाई नियन्त्रणमा राखेर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ।
बुटवल,१८ साउन। रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रामनगरको एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-८ का ३१ वर्षीय सुवास गौतम रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार अस्पतालका कर्मचारी गौतमले अस्पतालमा एक्सरे गर्ने बेलामा १७ वर्षीय एक किशोरीलाई यौन दुर्व्यहार गरेको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो। ‘एक्सरे गरी सकेपछि किशोरीले कपडा लगाउने बेलामा गौतमले संवेदनशिल अंगमा छुनेजस्ता दुर्व्यवहार गरेका प्रारम्भिक अनुसन्धानमा पाइएको छ’,उनले भने,‘ घटनाका सम्बन्धमा उजुरी प्राप्त भएपछि गौतमलाई पक्राउ परेर अनुसन्धान अघि बढाएका छौं।’ उनले पक्राउ परेका गौतमविरुद्ध बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा…
काठमाडौं, १८ साउन। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन ३ हजार ४ सयले बढेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्यले ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्यसँगै चाँदीको मूलय पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी गत शुक्रबार २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
सप्तरी, १८ साउन। प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेको छन्। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्नका लागि दुई राउन्ड हवाई फायर गरिएको छ। पक्राउ परेकाहरुका साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए ।
काठमाडौं,१८ साउन। अब एक पटकका लागि व्यक्तिगत घटना विवरण सच्चयाउन पाइने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्दै जन्मदर्ता, विवाहदर्ता, बसाईसराई दर्ता, मृत्युदर्ता र सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण एक पटकका लागि सच्चयाउन पाइने भएको हो। राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन पाइने व्यवस्था गरेको थियो। तर, उक्त व्यवस्था २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरुका हकमा मात्रै कायम थियो। जसकारण जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइएकाहरु समस्यामा थिए। त्यही समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो। जसअनुसार अब एकपटकका…
भैरहवा, १८ साउन। रुपन्देहीको सियारी गाउँपालिकामा सवारी दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रहरीका अनुसार सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रुपन्देही मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। राममिलनका छोरा विनोद धवल गम्भीर घाइते छन्। टाउको, हात र खुट्टामा चोट लागेर घाइते भएका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।