Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

नवलपुर,१६असार। पूर्वी नवलपरासीको दुम्कीवासस्थित बिनयी खोलामा नवनिर्मित पक्की पुलमा अगामी शनिबारदेखि सवारीसाधन सञ्चालनमा आउने भएको छ। ५२ वर्षअघि बिनयी खोलामाथीको फलामे पुलमा ओभरलोड मालबहाक गाडी गुड्दा गत पुस २६ गते भाँच्चिएको थियो। नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालले पुल निर्माण कार्य सकिएको र शानिबार साँझदेखि पुलबाट यातायात संचालन गर्न सकिने गरी काम भइरहेको बताए।

Read More

भैरहवा,१६ असार । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पश्चात रुपन्देही-३ को संसदीय क्षेत्र रिक्त छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

Read More

काठमाडौं,१५असार। वर्षायाम सुरु भएसँगै विभिन्न रोगहरुको जोखिम बढ्छ । यस मौसममा पानी र खाना सजिलै दूषित र संक्रमित हुन सक्छ। यही कारणले गर्दा यस मौसममा झाडापखाला वा हैजा जस्ता रोगको जोखिम हुन्छ। यस्तो अवस्थामा यस मौसममा सावधानी अपनाउनु आवश्यक छ। चिक्तिसकहरुले यस मौसममा झाडापखाला वा हैजा जस्ता रोगको मुख्य कारण फोहोर हुने बताएका छन्। यस्तो अवस्थामा यस मौसममा सरसफाइको उचित ख्याल राख्नुपर्छ। मनसुनमा झाडापखाला वा हैजा जस्ता रोगहरुबाट कसरी बच्ने ? हात राम्ररी धुनुहोस् रोगबाट बच्नको लागि हात राम्ररी धुनु सबैभन्दा महत्त्वपूर्ण छ। यसका लागि खाना खानु अघि कम्तीमा २० सेकेन्डसम्म साबुन र पानीले हात धुनु पर्छ। हात धुँदा झाडापखाला…

Read More

काठमाडौं,१५असार । भारतको अनुसन्धान तथा विश्लेषण विङ (रअ) को प्रमुख पराग जैन नियुक्त भएका छन्। भारत सरकारको मन्त्रिपरिषद् नियुक्ति समितिले एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख जैनलाई रअ प्रमुखमा नियुक्त गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।उनले अगामी जुलाई १ बाट कार्यभार सम्हाल्ने छन्। पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) का जैनले पदभार ग्रहण गरेपछि दुई वर्षसम्म यो जिम्मेवारी सम्हाल्नेछन् वा अर्को आदेश नआएसम्म कार्यकाल जारी रहनेछ। उनले भारतको आन्तरिक र बाह्य गुप्तचर संस्था, आईबी र रअ दुवैमा लामो समय बिताएका छन्।

Read More

काठमाडौं,१५ असार। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरुबारे छलफल जारी छ। समितिको बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् भने अन्य सदस्यहरुले ती प्रस्तावमाथि टिप्पणी गर्दै छन्। उक्त विधेयकले नेपाल प्रहरीको संगठन संरचना, नेतृत्व चयन प्रक्रिया, पदस्थापन प्रणाली, सेवा तथा सुविधा लगायतका विषयमा महत्वपूर्ण सुधार र परिवर्तनको प्रस्ताव गरेको छ।

Read More

काठमाडौं,१५ असार । विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरुले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिमा यस्तो सहमति जुटेको हो । बैठकले अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था समेत गरेको छ । शिक्षा संकाय बाहेककाले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति पनि भएको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमति पत्र लिन पाउने सहमति समितिले गरेको छ । विधेयकमा शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ । सभापति अम्मरबहादुर थापाले शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने र अध्ययन अनुमति पत्रको…

Read More

काठमाडौं, १५ असार। नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब निक्षेप खिच्ने भएको छ। निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले ६३ दिनका लागि ३० अर्ब निक्षेप खिच्न लागेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ। अहिले कुल निक्षेप ७० खर्ब २० अर्ब माथि पुगेको छ। निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने रकम न्यूनतम् १०…

Read More

भैरहवा, १५ असार। आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) ११ अर्ब ४४ करोड ९८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो वर्षको ११ महिनामा उक्त रकम २३ प्रतिशतले बढी अर्थात २ अर्ब १४ करोड ३० लाख ८५ हजार रुपैयाँ बढी संकलन भएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए। आर्थिक गतिविधिमा वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, अर्थतन्त्रका सूचकहरुमा देखिएको सुधार, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारीता, परिणाममुखी करदाता शिक्षा, नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गर्नेहरुमाथिको अनुसन्धान जस्ता कारणले राजस्व…

Read More

भैरहवा,१४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार जिल्लाको ३२ वटा विद्यालयका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । जिल्लामा कुल १७ हजार ७ सय चार जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए। कार्यालयका अनुसार नियमित (साधरण) तर्फ १७ हजार दुई सय ८४ जना परिक्षार्थी रहेकोमा १२ हजार २ सय ८७ जना (७१.१ प्रतिशत) वर्गीकृत (ग्रेड) भएका छन् भने ४ हजार ९ सय ९७ जना (२८.९ प्रतिशत) अवर्गीकृत (नन ग्रेड)भएका छन् । त्यस्तै नियमित (प्राविधिक) तर्फ ४ सय २० जना परिक्षामा सहभागी भएका…

Read More

भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा पाँच हजार बढी विद्याथी अवर्गीकृत (नन ग्रेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार एसईईको नतिजामा जिल्लामा साधारण र प्राविधिकतर्फ गरी कुल पाँच हजार एक ५४ विद्यार्थी नन ग्रेड भएका छन् । कार्यालयका अनुसार नियमित (साधरण) तर्फ १७ हजार दुई सय ८४ जना परिक्षार्थी रहेकोमा १२ हजार २ सय ८७ जना (७१.१ प्रतिशत) वर्गीकृत (ग्रेडेड) भएका छन् भने ४ हजार ९ सय ९७ जना (२८.९ प्रतिशत) अवर्गीकृत भएका छन् । त्यस्तै नियमित (प्राविधिक) तर्फ ४ सय २० जना परिक्षामा सहभागी भएका थिए । जस अनुसार २६३…

Read More