


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
डडेल्धुरा,२५ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरिएको छ । डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार बिहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णयका आधारमा उम्मेदवारका लागि देउवाको एकल नाम सिफारिस गरेको हो । देउवाले पार्टीका जिल्ला नेताहरुसँग यसअघि नै आसन्न निर्वाचनमा अन्तिमपटक निर्वाचन लड्ने बताएका थिए। २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा उम्मेदवार हुँदै आएका देउवाको निरन्तर विजय यात्रा तय गर्दै आएका छन् । साउँदका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाबाट दुईजनाको नाम सिफारिस भएको छ। यस्तै समानुपातिकमा नरभान कामी र…
काठमाडौं, २५ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उक्त प्रकरणमा बिहीवार सात जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। भिजिट भिसामा विभिन्न मुलुक जाने व्यक्तिहरुबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान भएको थियो। अख्तियारले अनुसन्धानका लागि गत जेठ ७ गते विमानस्थलबाट सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो।
काठमाडौं, २५ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन करकाप पूर्ण सहमतिको प्रयास नहुने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले सकेसम्म सहमतिबाट नेतृत्व चयन गरिने नभए स्वच्छ प्रतिस्पर्धा हुने बताए । ‘म थपिनेवालामा पर्दिनँ, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन’, उनले भने, ‘त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ’,। एमालेविरुद्ध करौँती जस्तो नीति बनाइएको बताउँदै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने र…
भैरहवा, २४ मंसिर। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । रुपन्देहीको पूर्वजिल्ला सभापति रहेका रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य हुन्। क्षेत्रीय कार्यसमिति बैठकले रज्जाकसहित हिरा बहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम उम्मेदवारका लागि सिफारिस गरेको रुपन्देही–१ का क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले बताए। उनका अनुसार समानुपातिकतर्फ गंगा शाही, मणि प्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ।
काठमाडौं,२४ मंसिर। निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ। आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरवलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराएको जनाएको छ। आयोगले पुनरवलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ। सो कार्यक्रम आगामी मङ्सिर २६ गतेसम्म चल्नेछ। नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ । मतदाताले सम्बन्धित…
भैरहवा, २४ मंसिर। भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ। केही समयअघि संसद्बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ। योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन्। महासंघले भन्सार ऐनमा भएका अव्यावहारिक व्यवस्थाहरु, सर्भरमा देखिएको निरन्तरको समस्या र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए। खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर…
काठमाडौं,२४ मंसिर। नागढुंगा–नौबिसे(मलेखु सडकखण्ड आजदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ। नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो। सो क्षेत्रमा आजदेखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो। उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ। अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन…
भैरहवा, २४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ। क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले जानकारी दिए। त्यस्तै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) लाई सिफारिस गरिएको छ। उनका अनुसार यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिम प्रसाद न्यौपाने (खस…
काठमाडौंं,२१ मंसिर।। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ। हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा सहभागिता जनाउने योजना बनाएका छन्। ती दलमध्ये १२ दलका पाँच समूहले संयुक्त रुपमा एकल निर्वाचन चिह्न लिएर चुनाव लड्ने भएका छन् भने १०२ दलले स्वतन्त्र रूपमा आफ्ना छुट्टाछुट्टै चुनाव चिन्ह प्रयोग गर्नेछन्। जसअनुसार, कुल एक सय सात फरक निर्वाचन चिन्ह आगामी निर्वाचनमा प्रयोग हुनेछन्।
काठमाडौं,२१मंसिर। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा (कारागार) पठाउन आदेश भएको छ। विशेष अदालतको न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला संयुक्त इजलासले अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ।