Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

नेपालगञ्ज,३१ असार। प्रहरीले लागुऔषध र नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालका अनुसार १ हजारका ५१ वटा नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेका आरोपीलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,३१असार। नेपाल सरकारले ११ जना उपसचिवको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती उपसचिवहरुको सरुवा गरेको हो। सरुवा भएका उपसचिवहरुमा प्रशासन सेवा, विविध, इन्जिनियरिङ, शिक्षा र वन सेवाका कर्मचारीहरु रहेका छन्। हेर्नुहोस् सूची:

Read More

काठमाडौं,३०असार। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन भएको छ। अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको बताइएको छ। उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।

Read More

काठमाडौं,३०असार। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकका व्यक्तिहरुको सहभागिताका विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यस विषयमा छानबिन गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को-को गए ? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमणमा गए ? जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ।’  यस विषयको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछन्। गृहमन्त्री लेखकले दोषी देखिएकाहरुलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली गत असार १४…

Read More

काठमाडौं,३०असार। रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पाँच जना नेपाली युवालाई सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईको समन्वयमा उद्दार गरी सोमबार नेपाल फर्काइएको छ। उद्दार गरिएका युवाहरुमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। उनीहरुमध्ये चार जना तीन महिनाअघि सान एबी इन्टरनेशनल र एक जना लिंक इन्टरनेशनल नामक म्यानपावर कम्पनीमार्फत मार्फत एक महिनाअघि दुबई पुगेका थिए। जनही १ लाख ८० हजार रुपैयाँ तिरेर लेबर भिसामा दुबई पुगेका उनीहरुले सम्झौता अनुसारको तलब तथा सेवा सुविधा नपाएको विषयमा गुनासो गरेपछि कुटपिट गरी कामबाट निकालिएको पीडितहरुले बताएका छन्। कामविहीन भएपछि उनीहरु सडकमा…

Read More

भैरहवा,३०असार। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्मित बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमति दिएको छ। यस सहमतिसँगै अब तिलोत्तमा नगरपालिकालाई भ्यु टावरमा आफ्नै लगानीमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ। सुरुमा लागत साझेदारीमा निर्माण गर्ने सहमति भए पनि मन्त्रालयबाट बजेट उपलब्ध नभएपछि काम रोकिएको थियो। लागत साझेदारी भएको परियोजनामा नगरपालिकाले एक्लै लगानी गर्दा कानुनी समस्या आउन सक्ने भएकाले नगरपालिकाले मन्त्रालयको सहमति खोजेको थियो। मन्त्रालयले असार २९ गते सचिवस्तरीय निर्णयबाट सहमति दिएपछि टावरमा पर्यटकीय पूर्वाधार बनाउने बाटो खुलेको हो। नगर प्रमुख रामकृष्ण खाँणका अनुसार,…

Read More

भैरहवा,३०असार। रुपन्देही प्रहरीले मानव बेचबिखन गर्न खोजेको आरोपमा आठ वर्षदेखि फरार रहेको एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ न्यू दुर्गानगरको ४६ वर्षीय बिष्णु माया शर्मा परियार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेकी परियारले ०७४ बैशाख ७ गते तीन जना महिलाहरुलाई बेचबिखन गर्न भारत हुदै कुवेत तर्फ लैजान लागेको आरोपसहित उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो। घटना पश्चात उनी फरार थिइन्। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले परियारलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,३०असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको हो। उनका अनुसार प्रदेशगत रुपमा ९ लाख ३५ हजारको सङ्ख्यामा हस्ताक्षर संकलन भएको छ। गण्डकीमा २ लाख ६० हजार, बागमतीमा २ लाख १३ हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कोशीमा १ लाख ६६ हजार, कर्णालीमा ३८ हजार, मधेसमा ३६ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर संकलन भएको छ भने बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा संकलन भएका हुन्। यस्तै अहिलेसम्म चन्दा स्वरुप ४४ लाख रुपैयाँ संकलन भएको बताइएको छ।

Read More

काठमाडौँ,२९असार। सरकारी कार्यालयहरुले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको छ। गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले यस सम्बन्धि मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन । त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

Read More

भैरहवा,२९ असार। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनमा उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। आईतबार बिहान बसेको जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको राप्रपाका केन्द्रिय सदस्य बसन्त विक्रम शाहीले बताए। उनका अनुसार राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एंव अधिवक्ता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरिएको छ। ‘बैठकले एक नम्बर,…

Read More