


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
चितवन,२४ असार। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ। बाढीमा बेपत्ता भएका श्रेष्ठको शव मंगलबार साँझ भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए। उनी रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। नेपाल प्रहरीका अनुसार २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधरण गरी १९ जना बेपत्ता छन् । त्यस्तै ९ जनाको शव फेला परेको छ भने ५७ जनाको उद्दार गरिएको छ।
काठमाडौं,२४असार। प्रहरीले १ करोड ४४ लाख रुपैयाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाङ जिएन रहेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेर रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ।
काठमाडौं,२३असार। आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरुलाई नेताका घरमा घरेलु कामदारका रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरुलाई नेताहरु तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरुको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन्। उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने तपाईंको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे। उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताए।
काठमाडौं,२३असार। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं,२३असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन पूरा समय टिक्ने भन्दै आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्। केन्द्रिय समितिको बैठकमा समापन मन्तव्य दिने क्रममा सञ्चारकर्मीसँग उनले गठबन्धनबारे बाहिर आए जस्तो केही पनि नभएको बताए। दुई ठूला पार्टी मिलेर गठबन्धन बनाउँदा स–साना समस्या आउनु स्वाभाविक भएको उनको भनाइ छ। सबै समस्या छलफल गरेर समाधान गर्न सकिने बताउँदै उनले संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको बताए।
काठमाडौं,२३असार। नेपाली सेनाका १ सय ५८ जना प्रमुख सेनानीहरुको सरुवा भएको छ। आगामी साउन १ गतेदेखी लागु हुने गरी कमाण्ड तथा सरुवा गरिएको नेपाली सेनाले जनाएको छ । कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची:
भैरहवा,२३ असार। नेपाल एसबिआई बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय, भैरहवाले ह्वील चेयर वितरण र रक्तदान र कार्यक्रम गरेको छ। बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा सोमबार भैरहवा शाखा कार्यालयले बैंक परिसरमा उक्त कार्यक्रम गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी तथा व्यवसायी दुधनाथ जयसवालले एसबिआई बैंकले राम्रो कार्यक्रम गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे। बैंकको लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले ३२ औं वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका सम्पूर्ण शाखा र प्रदेश कार्यालयहरुमा कार्यक्रम गरेको जनाए। उनले ह्वील चेयर वितरण संस्थागत सामाजिक उत्तरदायित्वको एउटा सानो प्रयास भएको बताए। बैंकको लुम्बिनी सीड प्रमुख सुवास उपाध्यायले यस्ता कार्यक्रमले बैंक र समाजबीचको सम्बन्धलाई अझ…
भैरहवा,२३असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जर्नादन यादव र भैरहवास्थित श्री गणेश ट्रेडिंगका संचालक विपिन कुमार पाण्डेयलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले क्लिक लुम्बिनीलाई जानकारी दिइन् । उनले वडाअध्यक्ष यादवले वडामा संचालित विभिन्न योजनाको रकम भुक्तानी सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको घुसरकम संचालक पाण्डेयले बुझेपछि घुससहित दुवै जनालाई नियन्त्रणमा लिइएको बताइन् ।
विराटनगर,२२असार। प्रहरीले मोरङको रंगेलीबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५४ वर्षीय कृत्यानन्द ठाकुर, ३० वर्षीय सुशील बुढाथोकी र भारत अररिया जिल्लाको कुर्शाकट्टाको ५० वर्षीय हसिना भन्ने बिजली खातुन रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ठाकुर सोही वडाका डिल्लीराम श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएका थिए। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंसहितको टोलीले १ राउण्ड हवाई फायर गरेर रंगेली नगरपालिका-८ मा स्थित डिल्लीराम श्रेष्ठको घरबाट ३ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेका ठाकुरको डेराबाट ४ सय २५ ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु, नगद १ लाख २१ हजार र ४ वटा आइफोन…
झापा,२२असार। झापाको बुद्धशान्तिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेर घाइते भएका थिए। घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।