Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ४ कार्तिक। राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ सही भएको बताएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका छन्। ‘‍सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ’, केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ।’ सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथी अनुसन्धान हुनुपर्ने राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्त आवाज उठाउँदै आएपनि तत्कालीन माओवादी-एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै…

Read More

पोखरा, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रास्वपाले पोखरामा लगाइएको निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरिरहेको छ। जसकारण स्थिती तनावग्रस्त बनेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेका छन् ।निषेधित क्षेत्रबाट प्रर्दशनीकारीहरुलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच ठेलमठेलको अवस्था छ। रास्वपाका नेता, कार्यकर्ताहरु अदालतअघि भेला भएका छन्। प्रहरीको बाक्लो उपस्थित छ। साथै, रवि लामिछानेलाई कारवाहीको मागसहित सहकारी पीडितहरुले पनि आजै प्रदर्शनको तयारी गरेका छन् । दुई पक्षीय प्रदर्शनले निम्तिन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिएर उच्च सतर्कता…

Read More

पोखरा, ४ कार्तिक। जिल्ला प्रशासन कार्यालय पोखराले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। रास्वपाका नेता, कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरुले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको रवि लामिछानेलाई आज अदालतमा पेश गरिदैँछ । रास्वपाले पोखरामा विरोध…

Read More

भैरहवा, ४ कार्तिक। भारतको राजस्थानमा सवारी दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ। राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति जयपुर जाँदै गरेको बस र अटो ठोक्किदाँ सवारी दुर्घटना भएको थियो। जसमा आठ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ। मृतकहरु सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ।

Read More

भैरहवा, ४ कार्तिक। नेपालको बजारमा आईतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा मूल्य बढ्दै गइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आइतबार प्रतितोला चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको…

Read More

काठमाडौ, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएपछि पार्टीले विरोध प्रर्दशनका लागि प्रत्येक जिल्लाबाट एक सय जनाको दरले नेता कार्यकर्ताहरुलाई पोखरा पुग्न सर्कुलर जारी गरेको छ। शनिबार मध्यरातमा पार्टीका नेता-कार्यकर्ताहरुलाई म्यासेज गरेर जति सक्दो कम्तीमा एक सय जनाको दरले पोखरा पुग्न भनिएको छ । पार्टीले आफ्ना नेता कार्यकर्तालाई मध्यरातमा पठाएको सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११ः३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’ केन्द्रीय सचिवालयको निर्देशनअनुसार प्रदेश…

Read More

जलेश्वर,४ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ऋृण थोपार्नु मात्र रहेको दावी गर्दै उनीहरु विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए । जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा.सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष…

Read More

भैरहवा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा पार्टीले भैरहवामा विरोध प्रर्दशन गरेको छ। रुपन्देही रास्वपाले राजनीतिक प्रतिशोध राखेर सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध प्रर्दशन गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शुक्रवार लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो। सहकारी पीडितलाई न्याय देउ, अधिनायकवादी सरकार मुर्दाबाद, तिमीले गर्ने छल छाम हामी युवालाई बदनाम लगायत लिखित प्लेकार्ड नारासहित नेता,कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्। रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवाको बुद्धचोकमा विरोध सभामा नेताहरुले वास्तविक सहकारी ठगलाई कारवाहीको नभएको तर, राजनीतिक…

Read More

भैरहवा,३ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार देखि संचालन भएको बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही-११ ले श्रीलंकाको श्रीलंका स्टेट सर्विसलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको श्रीलंकाको टोलीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ८६ रनको बनाएको थियो। जसका लागि श्रीलंकाका राजबिरा र समिरा परेराले समान १६/१६ रन बनाए । यस्तै नानी वासुपल्लीले १५ रन र समन कुमाराले १४ रनको योगदान दिए । बलिङ्ग तर्फ नेक्सस नेपालका सहाब आलमले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिन सफल भए । यस्तै दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २/२ विकेट लिए…

Read More

भैरहवा, २ कार्तिक। नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रका खेलाडीको सहभागितामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेक्सस क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमी १८ दशमलव १ ओभरमै समेटिन पुग्यो। उक्त ओभरमा पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो। जसका लागि ३१ बलको सहयोगमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै अर्का खेलाडी अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो…

Read More