Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ७ बैशाख। समाजमा बढ्दो अपराध न्यूनीकरणका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का स्थानियहरु एकजुट भएका छन् । टोलमा चोरी लगायतका घटना बढेपछि रोक्नका लागि स्थानीयहरुले राजेश धवलको अध्यक्षतामा गोनहिया टोल सुरक्षा समिति गठन गरेका छन् । समितिको उपाध्यक्षमा देव सिंह गुरुङ्ग, सचिव राधेश्याम विश्वकर्मा, कोषाध्यक्ष मोहम्मद शमसेर रहेका छन् । यस्तै सदस्यहरुमा मोहन गुरुङ्ग, रमेश गुप्ता, बाबुराम कहार, धनिराम चौधरी, अजय राजभर, दुर्गा बहादुर थापा र झिनक चौधरी छन् । सल्लाहकारमा विवेक पौडेल, बसन्त प्रसाद भट्टराई, सन्तोष रायमाझी, राममिलन यादव, बुद्धिसागर तेली, फणिन्द्र पौडेल र भिम नारायण चौधरी रहेका छन्। पछिल्लो समय गोनहियामा रहेको अटोभिलेज र गोनहिया गाउँमा…

Read More

भैरहवा, ६ बैशाख । रुपन्देहीको बुटवलमा एक युवतीमाथी गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। उनका अनुसार खाजा घर चलाउने विष्टको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने युवक फरार रहेको प्रहरीले जनाएको छ। युवक र युवतीबीच विगत देखि नै परिचय थियो। युवकले युवती समक्ष राखेको ‘प्रेम’ प्रस्तावको विषयमा झैझगडा हुँदा गोली प्रहार भएको बताइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

Read More

काठमाडौ,५बैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन्। काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दासमेत दर्ता नगरेको बताए। नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ। फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको उनले खुलाए। सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ।

Read More

भारत। उत्तर प्रदेशको मेरठ जिल्लामा एउटा अनौठौ अपराधिक घटना घटेको छ। जहाँ श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न प्रेमीसँग मिलेर योजना बनाएकी थिइन् । २५ वर्षीय अमित कश्यप (मिक्की) कामबाट घर फर्केर सुतिरहेका बेला उनकी पत्नी रविता र प्रेमी अमरदीपले मिलेर घाँटी थिचेर उनको हत्या गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ। हत्या पछि प्रमाण लुकाउनको लागि उनीहरुले मिक्कीको शव नजिक विषालु सर्प छाडे र सर्पले १० पटक डसेको देखाए। प्रहरीका अनुसार मृत्यु सर्पको टोकाइका कारण मृत्यु भएको भनी देखाउनु उनीहरुको उद्देश्य थियो। मृत फेला परेका अमितको शव पोस्टमार्टम गर्दा घाँटी थिचिएर मृत्यु भएको पुष्टि भयो। जसपछि रविता र अमरदीपलाई प्रहरीले नियन्त्रणमा लियो।…

Read More

काठमाडौं,५बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ। सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको उल्लेखित पत्रसहित अफवाह फैलिएपछि बोर्डले विज्ञप्ति जारी गर्दै परिक्षा स्थगित नभएको जनाएको हो । बोर्डले बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान गरी हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ। ‘२०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ, बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको…

Read More

काठमाडौं,५ बैशाख। नेपाली सेनाले सिरियामा संयुक्त राष्ट्रसंघको ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ अन्तर्गत खटिएको टोलीउपर छानबिन सुरु गरेको छ। गत ०८१ मंसिर २२ मा सिरियाको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूहले हमला गरी केही अत्याधुनिक हतियार लुटेका थिए । घटनापछि संयुक्त राष्ट्रसंघले छानबिन गरी हतियार फिर्ता गरेपनि नेपाली सेनाले आन्तरिक कमजोरीको मूल्यांकन गर्न छानबिन थालेको हो। सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित चार जना अधिकारीलाई सैनिक प्रहरी गणको नियन्त्रणमा अनुसन्धान सुरु गरेको छ। सैनिक प्रहरी गण सेनाका अधिकारीहरुले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो। उक्त समयमै हतियार फिर्ता भएपनि मिसनमा रहेको टोलीबाट कुनै कमजोरी…

Read More

काठमाडौं,४ बैशाख। गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ को उपनियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई एआइजी पदका लागि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । हेर्नुहोस् सूचीः

Read More

वीरगंज,४ बैशाख। सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाण्मा लागुऔषध चरेस बरामद गरेको छ । पर्सामा खानेतेलको ग्यालेनमा चरेस भरेर लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले चरेस बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको पोखरिया नगरपालिका-२ मननपुरस्थित बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद भएको हो। सूचनाका आधारमा बरामद ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट पोलिथिन प्लास्टिकमा राखिएको चरेस बरामद भएको उनले बताए । बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,४बैशाख । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । लेखा समितिले विमानस्थल निर्माणबारे अध्ययनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिका संयोजक एवं सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषीलाई काराबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको उनले बताए। उनले अध्ययनका क्रममा कर छुट दिएर आर्थिक…

Read More

काठमाडौं, ४ बैशाख। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि (शुक्रबार) सम्म देशका विभिन्न भू-भागहरुमा पानीसहित चट्याङ पर्न सक्ने सम्भावना रहेकोले मुसुरो, गहुँ लगायतका बाली नकाट्न आग्रह गरेको छ । मौसमविद् बिनु महर्जनका अनुसार भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। यी स्थानहरुमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरिन्। भोलिसम्म वर्षाको सम्भावना देखिएकाले ती स्थानमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका…

Read More