Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

झापा,२२असार। झापाको बुद्धशान्तिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेर घाइते भएका थिए। घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

पाल्पा,२२असार। पाल्पा प्रहरीले युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका-१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लका अनुसार पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा पक्राउ परेका कार्कीमाथी गत असार २० गते पाल्पाका २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ। जबरजस्ती करणीमा मुद्दा दर्ता गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

दाङ,२२असार। प्रहरीले पाटे बाघको छाला (ओखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–१, गुरुङखोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका–४, पदनाहका ३३ वर्षीय अनिल थारु र गढवा गाउँपालिका–६,खवरीका ४१ वर्षीय बिक्रम बुढामगर रहेको प्रहरीले जनाएको छ। दाङको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ परेका बुढामगरको घरमा लुकाएर राखिएको बाघको छाला बरामद गरेको हो। बरामद छालाको लम्बाइ शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च र चौडाइ ३ फिट २ इञ्च रहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More

काठमाडौं,२२असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ६ किलो लागुऔषधसहित एक पर्यटक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण व्यूरोको टोलीले बैंककबाट थाई एयरवेजको फ्लाइट नम्बर टिजि ३०९ मार्फत आएका भारतका नागरिक ६५ वर्षीय राकेश वहाबलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका वहाबको लगेज चेकजाँच गर्दा लुकाई राखिएको अवस्थामा साढे किलोग्राम स्मैक (सेतो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

Read More

काठमाडौं, २२ असार। देशभर आंशिकदेखि साधारणतया बदली रही सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेशको धेरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं,२१असार। वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रुपमा अवरुद्ध भएका हुन्। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। यस्तै, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका…

Read More

काठमाडौं,२१असार। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हो। साथै, पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने उनले जानकारी दिइन् । केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो। सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज संघ सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको…

Read More

काठमाडौं,२१ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका नभएको भए नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नआउने बताएका छन्। काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्। उनले कोइरालासँग आफ्नो राजनीतिक सम्बन्ध उतारचढावपूर्ण रहेको स्मरण गर्दै पार्टीभित्रको मतभेदका कारण आफूलाई निष्कासन गरेपछि नयाँ पार्टी खोल्नुपरेको प्रसंग पनि उल्लेख गरे। देउवाले आफूलाई पार्टीबाट निकालिएपछि र प्रधानमन्त्री पदबाट हटाइएका बेला गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको तीतो अनुभव पनि बाँडे। स्व. कोइरालालाई एक लडाकु र दृढ व्यक्तित्वका रुपमा स्मरण गर्दै देउवाले उनी नभएको भए गणतन्त्र ल्याउनेबारे कसैले सोच्न…

Read More

भैरहवा,२१ असार। भैरहवामा क्रियाशील सामाजिक संस्था जगर्स ग्रुपले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षारोपण गरेको छ। संस्थाका सदस्य स्व. प्रदीप अग्रवालको सम्झनामा शनिबार ओशो ध्यान केन्द्रको क्षेत्रभित्र वृक्षारोपण गरिएको जगर्स ग्रुपका सचिव अनिल केसीले बताए। अग्रवालको चार वर्षअघि निधन भएको थियो। जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपानेका अनुसार १३ प्रजातीका विरुवा वृक्षारोपण गरिएको हो । ‘हामीले हाम्रा सदस्य प्रदीपजीको सम्झना र सामाजिक कार्य अन्तर्गत वृक्षारोपण गरेका हौं’,उनले भने, ‘ओशोको आश्रम क्षेत्र भएकाले उत्पादनमूलक र फलफूलका विरुवा रोपिएको छ।’ उनले जगर्श सधैं सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताए । संस्थाले गरिब तथा विपन्नलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, दैविप्रकोपबाट क्षति व्यहोरेका परिवारलाई आर्थिक तथा खाद्यान्न…

Read More

भैरहवा, २१ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल उपलब्ध गराएको छ। गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार २०८१ सालको एसईई परीक्षामा पालिकाका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन्। उनले आगामी दिनमा पनि साईकल उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने बताए। ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल उपलब्ध गराइएको हो’, उनले भने । अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उनले बताए । शैक्षिक गुणस्तर…

Read More