Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२७बैशाख। रुपन्देही प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएर कारवाही गराएको छ। गत बैशाख १८ गते इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले सैनामैना नगरपालिका ८ बाट अवैध रुपमा (विना कागजात) नदीजन्य पदार्थ ओसारपसार गरिरहेकोे अवस्थामा लु२ख ३९४२, रा१ख १३३१ र रा१ख १२५१ नम्बरको तीन वटा टिप्पर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार नियन्त्रणका लिइएको उक्त टिप्पर आवश्यक कारवाहीका लागि सैनामैना नगरपालिकाको कार्यालयमा पठाइएको कार्यालयले बिहीवार ७५ हजार जरिवाना कारवाही गरेको छ ।

Read More

भैरहवा,२६बैशाख। रुपन्देहीको ओमसतिया गाउँपालिकाको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले उचालेको छ। शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर २ को टोलीले वडा नम्बर ३ को टोलीलाई २ –० को सेटले पराजित गर्दै उपाधी उचालेको हो । खेलको पहिलो सेट १७–२५ अंकले जितेको वडाले दोश्रो सेट १७–२५ अंकले जित निकालेको हो। उपाधिसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफि र पदक प्राप्त गरेको छ। उपबिजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफि र पदक प्राप्त गर्यो। शुक्रवार भएको तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ बी टिमले गाउँपालिका कार्यालयको टिमलाई पराजित…

Read More

काभ्रे,२६ बैशाख । सुन तस्करी प्रकरणको मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्ते मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काभ्रे न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले चिनियाँ मुलका बेल्जियम नागरिक दावाले झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएको ठहर गरेको हो। सुन तस्करीको आरोपमा पूर्पक्षका लागि हाल उनी कारागारमा छन् । बेल्जियमको समेत नागरिकता रहेका दावाले काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङको नामबाट नागरिकता बनाएका थिए। न्यायाधिश आचार्यको इजलासले नागरिकता सम्बन्धी मुद्दामा ५ वर्ष कैद र १ लाख जरिवाना, राहदानी सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालत काभ्रे का श्रेस्तेदार कर्णबहादुर राईले बताए।…

Read More

काठमाडौं,२६बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारमा कार्यरत एक इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा करारमा कार्यरत इन्जिनियर सुमन खनालले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले बिई र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्‍कली पेश गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ। खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेडमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन बीई सिभिल इन्जिनियरिङ एकेडेमिक ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङ बाट जारी भएको क्यारेक्टर सर्टिफिकेट नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक…

Read More

काठमाडौं,२६ बैशाख। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र अमेरिकाका राजदूत डिन आर.थोम्पसनबीच भेटवार्ता भएको छ ।उनीहरुबीच प्रहरी प्रधान कार्यालय नक्सालमा शिष्टाचार भेटवार्ता भएको हो । भेटको क्रममा दुवै पक्षबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध विस्तार तथा अपराध नियन्त्रणमा सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ । नेपाल प्रहरी र अमेरिकी दूतावासबीच लामो समयदेखि विभिन्न तालिम, प्रविधि तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य हुँदै आएको छ।

Read More

जनकपुरधाम,२६ बैशाख। प्रहरीले अनलाइन ठगीको आरोपमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ पार्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नीतेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, सोही स्थानका २१ सुधीरकुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही स्थानका २० वर्षीय रामकुमार महरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर र ठगी गर्ने गरेका थिए। उनले अनलाइनको दुरुपयोग गरी उनीहरुले दुई करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ठगी गरेको उनले बताए।…

Read More

काठमाडौं,२६बैशाख। वर्षाका कारण नेपाल र हङकङबीचको क्रिकेट खेल रद्द भएको छ। आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्। क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्। आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ। नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ। समूह ‘ए’मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन्। समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ।…

Read More

काठमाडौं,२६ बैशाख। प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौँडा–१५, रातोमाटेबाट पक्राउ परेका अधिकारीको साथबाट नेपाली ५०० दरका १८६ थान नक्कली नोट बरामद भएको छ। महोत्तरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा३३प ९९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद भएको हो । जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ ।

Read More

भैरहवा,२६बैशाख। शुक्रवार नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य बढेको छ। चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

भैरहवा, २६बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित स्वर्गद्धारी घाटमा रहेको विद्युतीय शवदाहगृहको जिर्णोउद्धारको काम तिव्र पारिएको छ। शवदाहगृहमा जडित मेसिनरी उपकरणमा समस्या उत्पन्न भएपछि विद्युतीय माध्यमबाट शवको अन्त्येष्टि गर्न समस्या भएको थियो। उक्त समस्या निराकरण गर्न पालिकाले गत शुक्रवार मर्मत सम्भारका लागि युरोटेक नेपाल प्रालि नामक कम्पन्नीसगं सम्झौता गरेको छ। सम्झौता पश्चात मर्मत सम्भारको कार्य सुरु भएकोले छिट्टै शवदाहगृह सचांलनमा आउने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए। उनले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन।

Read More